Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

रौतहटमा भाेजपुरी कलाकार यादव संगै रचना शिवाकोटीको बेजोड प्रस्तुति

आरजे सागर सँगम ठाकुर
रिपोर्टर: आरजे सागर सँगम ठाकुर
मंसिर २०, २०८१
133 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
रौतहटमा भाेजपुरी कलाकार यादव संगै रचना शिवाकोटीको बेजोड प्रस्तुति
0 मिनेट पढ्ने
अपडेट: मंसिर २०, २०८१
Advertisement

रौतहट। रौतहटमा भारतीय भोजपुरी सिनेमाका सुपर स्टार तथा गायक कलाकार खेसारीलाल यादवकाे गायनमा नेपालका चर्चित कलाकार रचना शिवाकोटीको बेजोड प्रस्तुतिले हजारौं दर्शक झुम्मिएका छन् ।

जिल्लाको गढीमाई नगरपालिका ४ मा आयाेजित पञ्चवर्षीय गढीमाई मेला महोत्सवमा विहीवार चर्चित कलाकार शिवाकोटीले खेसारीलाल यादव संग ठुमका लगाउदा दर्शकहरु निकै मनपराउनु भएको थियो । चर्चित गायक तथा नायक यादवले गाएका दर्जनौँ गीतमा नेपाली कलाकार शिवाकोटीले नृत्य गरिरहदा दर्शकहरूकाे माजबाट तालीकाे गरगराहट बजेको थियो ।त्यस्तै कलाकार यादव र शिवाकोटीको नृत्यले सबैलाई नाचन बाध्य बनाएको थियोे ।

कलाकार यादवले बेलाबेलामा प्रस्तुत गरेका हास्यव्यंग्यले पनि दर्शकलाई निकै मनोरंजन गराएको थियोे ।भोजपुरी गायन तथा सिनेमाको कारण यादव विश्वमै चर्चित छन् भने शिवाकोटीले रौतहटका साथै मधेश प्रदेशमा राम्रो कलाकारको पहिचान बनाइसकेकी छिन् ।कलाकार यादवको प्रस्तुति हुने भएपछि रौतहटका साथै बारा र सर्लाहीबाट हजारौँ दर्शक सुन्दरपुर पुगेका थिए । यसै गरी भारतको बिहारबाट पनि हजारौँदर्शक र दर्जनौँ कलाकारहरु सुन्दरपुर पुगेका थिए ।गत मंसिर १८ गते नेपाल सरकारका उपप्रधानमन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेको गढीमाई मेला २६ गतेसम्म लाग्ने आयोजकले जनाएका छन् ।

गढीमाईका नगर प्रमुख श्यामप्रसाद यादव कलाकार यादवको घरसम्मै पुगेर निमन्त्रणा दिएको र आफू आउन बाध्य भएको कलाकार यादवले सार्वजनिक गरेका छन् ।कलाकार यादवसँगै शिवाकोटीको पनि निकै प्रशंसा भएको छ ।कलाकारको माध्यमले पनि गढीमाई नगरपालिकाको धार्मिक तथा पर्यटकीय प्रवर्धन भइरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्रप्रसाद यादवले प्रतिक्रिया दिएका छन् ।

नेपालको विभिन्न जिल्लाका साथै भारतको विभिन्नजिल्लाबाट पनि श्रद्धालु दर्शकहरु लाखौँको संख्यामा आउनुले पालिकाको पर्यटकीय क्षेत्रको प्रवद्र्धन भएको विश्वास पालिकाले लिएको यादवको भनाइ छ ।रौतहटको दर्जनभन्दा बढी ठाउँमा गढीमाई मेला लागिरहेको भए पनि सबैभन्दा पुरानो सुन्दरमा रहेको मेलालाई मानिएको छ । सुन्दरपुरमा १३औँ पटक मेला लागेको नगर प्रमुख यादवको भनाइ छ ।

यस वर्षको मेलामा दश लाखभन्दा बढी श्रद्धालु दर्शक मेला भर्न आउने विश्वास आयोजक लिएको मंच व्यवस्थापन समितिका संयोजक महेश साहले जानकारी गराएका छन् । कलाकारहरुको प्रस्तुति हेर्न लाखौँ मानिस आएपछि निकै धेरै संख्यामा सुरक्षाकर्मी परिचालित गरिएको थियो ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

आरजे सागर सँगम ठाकुर

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6047 लेख
व्यू
आजको मिति
22
April 2026
Wednesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2441 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 886 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 757 views

नयाँ समाचार

हेटौंडालाई ‘वास्तविक राजधानी’ बनाउनुपर्नेमा वडाध्यक्ष नवीन सिग्देलको जोड
10 hours पहिले
मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय: धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति…
10 hours पहिले
एक्सेस प्लानेटको आयोजनामा पुस्तक अध्ययन तालिम सुरु
10 hours पहिले
संसद् बैठकमा मोबाइल प्रयोगमा कडाइ गर्ने प्रस्ताव, नियमावली…
12 hours पहिले
टेक पाइला इनोभेसनमा चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टर नियुक्त,…
12 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौंडालाई ‘वास्तविक राजधानी’ बनाउनुपर्नेमा वडाध्यक्ष नवीन सिग्देलको जोड

10 hours पहिले 83 views

मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय: धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठनदेखि तीन विधेयक संसद्मा पेश गर्ने स्वीकृति

10 hours पहिले 39 views

एक्सेस प्लानेटको आयोजनामा पुस्तक अध्ययन तालिम सुरु

10 hours पहिले 68 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya