Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

हेटौंडा १३ ले उपमेयर बानियाको हातबाट पानसमा बत्ती बालेर विधिगत रूपमा मेलाको शुभारम्भ गरे

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
फाल्गुन ४, २०८१
227 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
हेटौंडा १३ ले उपमेयर बानियाको हातबाट पानसमा बत्ती बालेर विधिगत रूपमा मेलाको शुभारम्भ गरे
0 मिनेट पढ्ने
अपडेट: फाल्गुन ४, २०८१
Advertisement

हेटौंडा। हेटौडा उपमहानगरपालिका वडा नम्बर १३ को मुख्य आयोजनामा गरिएको “प्रथम पदमपोखरी सांस्कृतिक महोत्सव २०८१” आजबाट उद्घाटन कार्यक्रम सुरु भएको छ।

हेटौडा १३ ले आजबाट सुरु गरेको कार्यक्रमले “संस्कार,संस्कृति,साहित्य र कलाको जगेर्ना गरौँ,स्थानीय व्यापार कृषि उपज उत्पादनमा प्रवर्धन गरौं” भन्ने मूल नाराका साथ प्रथम पदमपोखरी सांस्कृतिक महोत्सव २०८१ सुरु भएको हो।

वडाले आयोजना गरेको सांस्कृतिक महोत्सव मेलामा बोम्बो समूहद्वारा वडाको बुद्धचोकदेखि कार्यक्रम स्थलसम्म कार्यक्रमको प्रमुख अतिथिलाई स्वागत गर्दै विभिन्न झाँक्री प्रदर्शन समेत गरिएका थिए।

हिजोका दिनहरूमा पदमपोखरीको गाउँ बस्ती एरियालाई एउटा खराब चिनारीले जसरी चिनिन्थ्यो अब त्यो पहिचान अहिलेको नयाँ पुस्ताहरूले केही फरक धारले चिनाउन थालेको छ, भन्ने नयाँ अवधारणाका साथ यसपटक हेटौडा १३ नम्बर वडाले प्रथम पदमपोखरी सांस्कृतिक महोत्सव २०८१ बाट सुरु गरिएको आयोजक समितिले जानकारी दिएको छ।

कार्यक्रमलाई शुभकामना मन्तव्य दिने क्रममा हेटौडा १३ का वडा सदस्य उत्तम गोम्जाले आजबाट सुरु गरिएको यस प्रथम सांस्कृतिक मेलामा विभिन्न ठाउँहरूबाट आउने व्यक्तित्वहरूको लागि लक्षित विभिन्न स्थानीय परिकारहरू र स्थानीय उत्पादनको बिक्री वितरण गर्ने उद्देश्यका साथ ८० वटा स्टलहरू राखेको जानकारी गराउँदै अहिले राखिएको जति पनि स्टलहरू छन् यसले खर्च मात्र बढाउँछ भन्ने केही व्यक्तिहरूको फरक विचारहरु आएतापनि यसतर्फ हामीले अहिले आफ्नो क्षेत्रमा भइरहेको अर्थात् पदमपोखरीमा क्षेत्रमा भइरहेको आफ्नो कृषि उत्पादनलाई टेवा पुर्‍याउने उद्देश्यका साथ यहाँ उत्पादन भएका सबै सामग्रीहरु बिक्री वितरण गर्ने मुख्य लक्ष्य हामीले तयार पारेका छौं। यसले पनि केही हदसम्म स्थानीय उत्पादनले बजारीकरण गराउन सक्ने हुने भएकोले यसबाट हुने केही आर्थिक उपलब्धिले यहाँका व्यवसायी किसानहरूलाई केही प्रोत्साहन र हौसला मिल्ने उद्देश्यले यस प्रथम सांस्कृतिक मेलाले सुरु गरेको उनले बताए।

अहिले मेलामा राखेको ८० वटा स्टलहरू जति पनि छन् यसै वडाका २६ ओटा टोल विकास संस्थाले आफ्नो क्षेत्रमा भएका उत्पादनहरु जे जस्ता छन् सबै यस स्टलहरूमा राखेर प्रदर्शन तथा बिक्री वितरण गर्ने एउटा थलो पनि बनाएको उनले शुभकामना मन्तव्य क्रममा जानकारी दिए।

उनी भन्छन्; साँच्चै नै यो एउटा आकर्षण थलो पदनपोखरी प्रथम मेलबाट तपाईँ हाम्रो आर्थिक पाटोलाई एउटा बलियो बनाउनुपर्छ। अब यो व्यवस्थापनलाई राज्यले पनि सोही अनुरूप व्यवस्थापन गर्दै लैजान सक्नुपर्छ। जुन हाम्रो बाउबाजेहरुसित भएका पुराना उत्पादन मुलक सिपलाई अब व्यवस्थापन र बजारीकरण गर्दै लैजान सक्नुपर्छ। भन्दै कार्यक्रमको प्रमुख अतिथिलाई मञ्चबाटै उक्त विषयतर्फ उनले ध्यानाकर्षण गराएका थिए।

हेटौडा १३ का वडाध्यक्षले गरेको यो ऐतिहासिक प्रथम सांस्कृतिक मेला २०८१ यो कार्य एकदमै उत्कृष्ट भएको बताउँदै वडाध्यक्षले गरेको यो आँट र हौसलामा स्थानीयहरूले सोही अनुरुप साथ दिनुपर्ने जसपा नेपालका सचिवालय सदस्य जीवनमान मुक्तानले सुरुदेखि अन्तसम्म तामाङ भाषाबाट नै शुभकामना मन्तव्य क्रममा आफ्नो भनाइ राखेका थिए।

साथै अन्तमा उनले तामाङ भाषाबाट नै साहित्यिक सिर्जना मार्फत केही तामाङ भाषा कला संस्कृतिको अवस्थाबारे बुझाउँदै उक्त मन्तव्यबाट उनी बिदा भएका थिए।

यसैगरी मन्तव्य क्रममा अर्का व्यक्तित्व नेपाल तामाङ घेदुङ समन्वय समिति मकवानपुरका अध्यक्ष कालु घलानले पनि आफ्नो भनाइ यसरी राखे, “यस महोत्सवले यहाँका स्थानीय पदमपोखरीबासीहरूलाई पक्कै पनि एउटा ऊर्जा थप्नेछ। आज गरिएको यस कार्यले भोलिका दिनमा आउने नयाँ पुस्ताहरूको लागि पनि एउटा बाटो देखाउने काम राम्रो भएको छ।”

हेटौडा उपमहानगरपालिका १४ नम्बर वडाका वडाध्यक्ष दीपक खड्काले पनि हेटौडा १३ नम्बर वडाले सुरु गरेको यो प्रयासप्रति एकदमै राम्रो बताउँदै स्थानीय स्तरमा भएका उत्पादन जे जस्ता छन् तपाईहरु नलजाइकन यहाँ ल्याएर बेच्न प्रयास गर्नुहोस्। यसले केही हदमा भएपनि आर्थिक सबलीकरणमा टेवा पुग्न सक्छ उनले आफ्नो शुभ कामना मन्तव्य राख्ने क्रममा बताएका छन्।

मन्तव्य क्रममा कार्यक्रमको विशिष्ट अतिथिको रुपमा रहेका हेटौडा १३ का वडाध्यक्ष पेम्बा लामाले विगतमा हेटौडा १३ पदमपोखरीलाई हेर्ने दृष्टिकोण एउटा खराब ट्यागलाई मेटाउनलाई भएपनि एउटा प्रयास हामीले यो मेलाबाट सुरु गरेका छौ,उनले भने।

वडाले गरेको तीन दिने महोत्सव कार्यक्रमलाई बजारको बीच चोकमा गरेको त्यो स्थितिमा त्यहाँका स्थानीय व्यवसायीहरुलाई लक्षित गर्दै वडा अध्यक्ष लामा भन्छन्; विकास हुनलाई विनाश हुनु जरुरी छ। हामीले यो कुरा बुझ्न जरुरी छ। या हाम्रो आफ्नो पहिचान र अस्तित्वको लागि केही हद भएपनि हामीले सहनशीलता गरिदिनुपर्छ। भन्दै चोक बजारमा रहेका व्यवसायीहरू प्रति पर्न गएको असुविधाप्रति आयोजक टिमको तर्फबाट म क्षमा याचना यहाँहरु समक्ष गर्दछु,उनले भने।

साथसाथै आगामी दिनमा यस्ता किसिमको कार्यक्रमहरू अन्य उपयुक्त ठाउँ जस्तै टुँडिखेल भनेर चिनिने फुर्के चौरमा मिलाएर सभ्य र भव्य रूपमा गर्ने उनले मञ्चबाट नै बताए।

शुभकामना मन्तव्यको अन्तिममा उनले भने “यो आर्थिक मन्दीको समयमा गरिएको यस कार्यक्रमले हाम्रो आफ्नो पहिचान सँगसँगै यस क्षेत्रको आन्तरिक पर्यटन क्षेत्रलाई केही हदसम्म टेवा पुर्‍याउन सकिन्छ कि भन्ने उद्देश्यले यो प्रयास थालिने गरेका हौँ।”

कार्यक्रमको मुख्य अतिथिको रुपमा रहेका हेटौडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाले मेलाको महोत्सवलाई सफलताको शुभकामना दिँदै उनले भने प्रथम भनेको ऐतिहासिक इतिहास हुन्छ। विगतमा पदमपोखरीको एउटा छुट्टै इतिहास रहेको थियो। यस वडाका वडाध्यक्ष पेमा लामाले भने कि अब म बाटोको स्ल्याप एउटा कम गर्छु, तर अब हामी यस वडालाई सांस्कृतिक रूपमा एउटा बलियो वडाको रुपमा परिभाषित गर्न चाहन्छु। तामाङ समुदायको बाहुल्यता रहेको यस वडाको आफ्नो छुट्टै सांस्कृतिक पहिचान रहेको छ। विगतमा के भयो त्यो नराम्रो कुरालाई छाडेर अब वर्तमानमा उहाँ केही गर्छु भनेर आउनुभएको छ यो कार्यप्रति म उहाँलाई धन्यवाद दिन चाहन्छु,उनले भने।

जबसम्म हामी उत्पादनलाई वृद्धि गर्न सक्दैनौं तबसम्म हामीले आर्थिक वृद्धिदर गर्न सक्दैनौँ। अहिले पदमपोखरीलाई एउटा पहिचान दिएको छ। त्यो हो कृषि,अहिले यहाँ उत्पादन हुनेमा खर्बुजा,मेवा र स्टपेरियो यी सबै हाम्रा आमाबुबाले नभएर यहाँका डाइनामिक युवाहरूले उत्पादन गरिरहनुभएको छ। यहाँ भएका उत्पादनहरू सञ्चार माध्यममा प्रचारप्रसार हुँदा हेटौडा उपमहानगरपालिकाको आफ्नो पहिचान पनि छुट्टै भएको हामीले महसुस गरेका छौँ। भन्दै कृषि उपजमा लागेका युवा जनशक्तिलाई मञ्चबाटै कार्यक्रमको प्रमुख अतिथि रूपमा रहेका बानियाले धन्यवाद दिएका छन्।

अब हामीले परम्परागत ढङ्गबाट उत्पादन गरिरहेका कृषि उत्पादनहरूलाई वैज्ञानिक ढङ्गबाट पनि उत्पादन गर्ने सोचतर्फ लाग्नुपर्छ। साथै त्यही अनुसारको माटो परीक्षणलाई पनि सही ध्यान दिनुपर्छ। त्यही कुरालाई मध्यनजर राखेर हामीले प्रत्येक वडामाहरुमा माटो परीक्षण गर्ने व्यवस्था मिलाएका छौं,उनले भने।

हेटौडा उपमहानगरपालिकाले १७ ओटा स्थानीय तहको घरेलु उत्पादनलाई एउटा ब्रान्डिङ गरेर त्यसलाई एउटा लाइसेन्सको रूपमा सम्बन्धित निकायबाट अनुमति लिएर उत्पादनहरूलाई बजार केन्द्रित गरिसकेका कुरा उनले बताए।

हाम्रो स्थानीय स्तरमा उत्पादन हुने गुन्द्रुक अहिले छिमेकी मुलुक चाइनाबाट वार्षिक रूपमा ४ अर्बको रूपमा नेपालमा आयात भइरहेको छ। भनेपछि यस्तो सोचाइबाट हामी कहिले पनि परिवर्तन र रूपान्तर ल्याउन सक्दैनौँ। अहिले चाहिँ यस वडा १३ नम्बरले गरेको समग्र उत्पादनमूलक विषयवस्तुलाई समेटेर कृषितर्फ उन्मुख भएको देख्दा यो राम्रो प्रयास भएको उनले बताए।

प्रमुख अतिथि उपमेयर बानिया भन्छन्; “तपाईँको स्थानीय तहलाई कतिवटा बोरिङ चाहिन्छ एउटा डाटा तयार पारि ल्याउनुहोस्। म त्यसलाई आगामी नीति तथा बजेट निर्माण कार्यक्रममा स्थानीय सरकारको तर्फबाट प्रदेश सरकार समक्ष बजेटको माग म गर्नेछौँ।”

हेटौडा उपमहानगरपालिका अन्तर्गत रहेका १३ नम्बर १४ नम्बर भित्र रहेका विभिन्न गाउँ बस्तीहरूमा एउटा टुरिजम एरिया ट्रेकिङ मार्ग बनाउन सकिएमा यस गाउँ बस्तीमा होमस्टे निर्माण गर्न सकिन्छ। जसले गर्दा यहाँको आफ्नो आन्तरिक पर्यटनलाई बढुवा दिन एउटा राम्रो भूमिका हुन सकिन्छ। अनि मात्र तपाईँहरूले थालिने गरेको कामको उपलब्धि त्यहाँ हुन सकिन्छ भनेर उनले अन्तमा शुभकामना मन्तव्य अन्त्य गरेका थिए।

कार्यक्रममा उपस्थित रहेका सबै अतिथिहरु र कार्यक्रमलाई सफल बनाउन सहयोगी हातहरू दिन सबै व्यक्तित्वहरूलाई प्रमुख अतिथि उपमेयर राजेश बानियाको हातबाट खाँदा लगाएर सम्मान स्वरूप मायाको चिनो र प्रमाणपत्र समेत दिएका थिए।

अन्तमा: प्रथम पदमपोखरी सांस्कृतिक महोत्सव कार्यक्रम २०८१ को सभाध्यक्ष रहेका रन्जु गोम्जाले आजबाट सुरु भएको यस तीन दिने यस महोत्सवलाई एउटा मर्यादित ढङ्गबाट अवलोकन गरेर साथ दिनुहुन उपस्थित सम्पूर्ण व्यक्तिहरूलाई अनुरोध गरेका छन्। साथै यस महोत्सवबाट यस वडाको स्थानीय तहहरूमा उत्पादन भइरहेका कृषि उपज सामग्रीहरूलाई विशेष प्रवर्धन गर्ने उद्देश्यका साथ यस मेला आयोजना गरिएको जानकारी गराउँदै कार्यक्रमको उद्घाटन सत्रलाई उनले समापन गरिएको थियो।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6104 लेख
व्यू
आजको मिति
04
May 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2459 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1092 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 900 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 847 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 769 views

नयाँ समाचार

काठमाडौँका अतिक्रमित क्षेत्र व्यवस्थापनमा सरकार दृढ: भूमिहीनलाई सुरक्षित…
5 hours पहिले
राप्रपा छाडेपछि रवि किरण हमालको नयाँ राजनीतिक शक्ति…
17 hours पहिले
हेटौंडा बजार फराकिलो बनाउँदा ‘निकास’ बेवास्ता : वडाध्यक्ष…
18 hours पहिले
मकवानपुरमा सुकुम्बासी आन्दोलनलाई सात दलको ऐक्यबद्धता, सरकारलाई दमन…
18 hours पहिले
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि राष्ट्रपतिबाट फिर्ता
18 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

काठमाडौँका अतिक्रमित क्षेत्र व्यवस्थापनमा सरकार दृढ: भूमिहीनलाई सुरक्षित आवास सुनिश्चित गरिने

5 hours पहिले 52 views

राप्रपा छाडेपछि रवि किरण हमालको नयाँ राजनीतिक शक्ति घोषणा, “पुरानो व्यवस्था अन्त्य, नयाँ संस्कृति सुरु”

17 hours पहिले 51 views

हेटौंडा बजार फराकिलो बनाउँदा ‘निकास’ बेवास्ता : वडाध्यक्ष सिग्देलको असन्तुष्टि

18 hours पहिले 79 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya