Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

जसपा नेपालका उपाध्यक्ष बज्राचार्य : “जेन जि आन्दोलन सहिदहरूलाई श्रद्धाञ्जली, भ्रष्ट सरकारको असंवेदनशीलताले देश संकटमा”

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
अशोज ४, २०८२
256 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
जसपा नेपालका उपाध्यक्ष बज्राचार्य : “जेन जि आन्दोलन सहिदहरूलाई श्रद्धाञ्जली, भ्रष्ट सरकारको असंवेदनशीलताले देश संकटमा”
0 मिनेट पढ्ने
अपडेट: अशोज ४, २०८२
Advertisement

ललितपुर, अशोज ४ । जनता समाजवादी पार्टी नेपाल (जसपा) को समाजवादी विद्यार्थी युनियन नेपालद्वारा जेन जि आन्दोलनका क्रममा सहादत प्राप्त गरेका वीर सहिदहरूलाई श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सहादत प्राप्त सहिदहरूको सम्झनामा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरिएको हो।

कार्यक्रममा जसपा नेपालका केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्यले आन्दोलनका क्रममा ज्यान गुमाएका वीर युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । साथै, आन्दोलनमा घाइते भएका सबै युवाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले यो आन्दोलन कुनै आकस्मिक घटना नभई भ्रष्ट सरकारविरुद्ध युवाले चलाएको चेतनायुक्त अभियान भएको उल्लेख गरेका छन् ।

उनले भने, “संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भइसके पनि व्यवस्था जनताले पाएका तर अवस्था भने सुधार हुन सकेको छैन। भ्रष्टाचार, नातावाद र कृपावादले राज्यलाई उल्टो दिशातर्फ मोडिदिँदा यो आवाज बाहिर आएको हो।”

बज्राचार्यले जारी संविधानमा संशोधन आवश्यक भएको र यसबारे पार्टीले पटक–पटक आवाज उठाउँदा पनि विद्यमान सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् । उनले हालैको घटनामा सरकारद्वारा विद्यार्थीहरूको शान्तिपूर्ण आन्दोलनलाई गोली प्रहार गरेर दमन गरिएको स्मरण गर्दै भने, “१९ जना विद्यार्थीले ज्यान गुमाउनुपर्‍यो, सयौँ घाइते भए, अस्पतालसम्म पुगेका युवाहरू समेत सुरक्षित भएनन्। यस्तो दृश्यले यो सरकार निरंकुश भएको प्रमाणित गरेको छ।”

उनले नेपाली कांग्रेस र एमालेको संयुक्त सरकारलाई समर्थन गर्दा सुधारको अपेक्षा गरिएको तर धैर्यताको अवधि सकिँदा पनि देशलाई समृद्ध बनाउन कुनै ठोस काम नभएको जिकिर समेत गरे्का छन् । “समाजको सुधार र युवाको भविष्य सुरक्षित गर्ने ठाउँमा सरकार उल्टै सामाजिक सञ्जाल समेत बन्द गर्ने निरंकुश चेष्टा गर्न थालेको छ, जसले देशलाई अझ संकटतर्फ धकेलेको छ,” उनले जोड दिए।

कार्यक्रममा विद्यार्थी नेताहरूले जेन जि आन्दोलनका मागलाई जसपा नेपालले पनि आफ्नो मुद्दासँग समानान्तर ठानेर समर्थन गर्ने बताएका थिए।

बज्राचार्यले अन्त्यमा भने, “यो जेन जि मात्र होइन, सिङ्गो देशका सचेत नागरिकको आवाज हो। हाम्रो पार्टी यस मुद्दालाई अझ बुलन्द बनाउन अग्रसर हुनेछ, सबै विद्यार्थी, युवा र न्यायप्रेमी नागरिकलाई गोलबद्ध हुन आह्वान गर्दछौं।”

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6104 लेख
व्यू
आजको मिति
04
May 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2459 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1092 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 900 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 847 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 769 views

नयाँ समाचार

काठमाडौँका अतिक्रमित क्षेत्र व्यवस्थापनमा सरकार दृढ: भूमिहीनलाई सुरक्षित…
8 hours पहिले
राप्रपा छाडेपछि रवि किरण हमालको नयाँ राजनीतिक शक्ति…
20 hours पहिले
हेटौंडा बजार फराकिलो बनाउँदा ‘निकास’ बेवास्ता : वडाध्यक्ष…
20 hours पहिले
मकवानपुरमा सुकुम्बासी आन्दोलनलाई सात दलको ऐक्यबद्धता, सरकारलाई दमन…
21 hours पहिले
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि राष्ट्रपतिबाट फिर्ता
21 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

काठमाडौँका अतिक्रमित क्षेत्र व्यवस्थापनमा सरकार दृढ: भूमिहीनलाई सुरक्षित आवास सुनिश्चित गरिने

8 hours पहिले 53 views

राप्रपा छाडेपछि रवि किरण हमालको नयाँ राजनीतिक शक्ति घोषणा, “पुरानो व्यवस्था अन्त्य, नयाँ संस्कृति सुरु”

20 hours पहिले 51 views

हेटौंडा बजार फराकिलो बनाउँदा ‘निकास’ बेवास्ता : वडाध्यक्ष सिग्देलको असन्तुष्टि

20 hours पहिले 82 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya