Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

धरान मेयर हर्क साम्पाङले दर्ता गरे राष्ट्रिय श्रम संस्कृति पार्टी, झण्डा नबनाउने घोषणा

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
अशोज १३, २०८२
136 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
धरान मेयर हर्क साम्पाङले दर्ता गरे राष्ट्रिय श्रम संस्कृति पार्टी, झण्डा नबनाउने घोषणा
0 मिनेट पढ्ने
अपडेट: अशोज १३, २०८२
Advertisement

धरान, अशोज १३ गते । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निर्वाचन आयोगमा राष्ट्रिय श्रम संस्कृति पार्टी दर्ता गर्न निवेदन दिएका छन् । पार्टी दर्तापछि उनले आफ्नो दलको छुट्टै झण्डा नबनाउने घोषणा समेत गरेका छन्।

उनका अनुसार पार्टीको झण्डा नबनाउनुका पछाडि दुई प्रमुख कारण छन्। पहिलो, करोडौँ लुगा च्यातेर झण्डा बनाउनुभन्दा दुःखी र असहायलाई लुगा सिलाइ दिनु आवश्यक छ। दोस्रो, पार्टीको झण्डा बोकेर हिँड्दा राष्ट्रिय झण्डाको अस्तित्व ओझेलमा पर्ने भएकाले आफ्नै दलको झण्डा नबनाउने उनले स्पष्ट पारे।

साम्पाङले पार्टीमा आबद्ध हुने सदस्यहरूलाई पूर्ण स्वतन्त्र अभिव्यक्ति अधिकार रहने बताए। उनका अनुसार यस दलमा हुइप जारी गरिने छैन। “हुइप भन्नुको अर्थ नै कोर्रा हो, हाम्रो पार्टीमा कोही कसैलाई कोर्रा हानिँदैन,” साम्पाङले भने।

उनले पार्टी सदस्यता लिने सबैलाई ‘श्रमदाता’ का रूपमा पहिचान गरिने उल्लेख गरे। कार्यकर्ता भन्ने शब्द प्रयोग नगरी ‘श्रमदाता’ भन्नु नै यस दलको विशेषता रहेको उनले बताए। साथै, सदस्यता लिन चाहनेले माटो छुनुपर्ने अनिवार्य रहेको, माटोसँग अपनत्व नभएका व्यक्तिलाई सदस्यता नदिइने पनि उनले स्पष्ट पारे।

साम्पाङको भनाइमा नयाँ पार्टीको मुख्य उद्देश्य पुराना सोचले चलाइएका दलीय प्रवृत्तिलाई अन्त्य गर्दै देशका लागि कार्यकारी प्रधानमन्त्री चयन गर्ने हो। पार्टीमा स्वतन्त्र व्यक्तिले उम्मेदवारी दिन पाउने र विजयी भए कार्यकारी प्रमुख (प्रधानमन्त्री) बन्न सक्ने व्यवस्था रहने बताइएको छ।

उनले भने, “हाम्रो पार्टीको लक्ष्य पुराना दलहरूको गफ र भाषणबाजी होइन, श्रम र माटोसँग जोडिएका कार्यमार्फत देश परिवर्तन गर्नु हो।”

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6104 लेख
व्यू
आजको मिति
04
May 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2459 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1092 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 900 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 847 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 769 views

नयाँ समाचार

काठमाडौँका अतिक्रमित क्षेत्र व्यवस्थापनमा सरकार दृढ: भूमिहीनलाई सुरक्षित…
6 hours पहिले
राप्रपा छाडेपछि रवि किरण हमालको नयाँ राजनीतिक शक्ति…
18 hours पहिले
हेटौंडा बजार फराकिलो बनाउँदा ‘निकास’ बेवास्ता : वडाध्यक्ष…
19 hours पहिले
मकवानपुरमा सुकुम्बासी आन्दोलनलाई सात दलको ऐक्यबद्धता, सरकारलाई दमन…
19 hours पहिले
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि राष्ट्रपतिबाट फिर्ता
20 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

काठमाडौँका अतिक्रमित क्षेत्र व्यवस्थापनमा सरकार दृढ: भूमिहीनलाई सुरक्षित आवास सुनिश्चित गरिने

6 hours पहिले 52 views

राप्रपा छाडेपछि रवि किरण हमालको नयाँ राजनीतिक शक्ति घोषणा, “पुरानो व्यवस्था अन्त्य, नयाँ संस्कृति सुरु”

18 hours पहिले 51 views

हेटौंडा बजार फराकिलो बनाउँदा ‘निकास’ बेवास्ता : वडाध्यक्ष सिग्देलको असन्तुष्टि

19 hours पहिले 79 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya