Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

जेन जि आन्दोलनका अगुवा रवि किरण हमाल पक्राउ, सात घण्टापछि रिहा — ‘संविधान पुनर्लेखन नभएसम्म सङ्घर्ष जारी’

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
कार्तिक १६, २०८२
116 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
जेन जि आन्दोलनका अगुवा रवि किरण हमाल पक्राउ, सात घण्टापछि रिहा — ‘संविधान पुनर्लेखन नभएसम्म सङ्घर्ष जारी’
0 मिनेट पढ्ने
अपडेट: कार्तिक १६, २०८२
Advertisement

काठमाडौँ, कात्तिक १६ गते । जेन जि आन्दोलनका अगुवा रवि किरण हमाल आइतबार काठमाडौँको माइतीघरबाट प्रहरीले नियन्त्रणमा लिएपछि सात घण्टापछि रिहा भएका छन्। सरकारले जेन जि विद्रोहका मागहरू पूरा नगरेको भन्दै हमालले युवाहरू माझ पुनः सडक आन्दोलनको आह्वान गरेका थिए। यही आह्वानका क्रममा उनलाई पक्राउ गरिएको काठमाडौँ प्रहरीले जनाएको छ।

हमाललाई पक्राउपछि काठमाडौँ प्रहरी परिसर हुँदै सिंहदरबार प्रहरी वृत्तमा राखिएको थियो। रिहा भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “हाम्रो आन्दोलनले उठाएका संविधान पुनर्लेखन र सार्वजनिक संस्थाहरूको पुनर्संरचना जस्ता मूल मागहरू अझै सम्बोधन भएका छैनन्। त्यसैले हामी पुनः सडकमा उत्रिएका हौं।”

उनका अनुसार, भाद्र २३ र २४ गतेको जेन जि विद्रोहमा ७६ जनाले ज्यान गुमाएका थिए भने २३०० भन्दा बढी घाइते भएका थिए। “त्यो बलिदानको मूल्य अझै राज्यले बुझ्न सकेको छैन,” उनले थपे।

हमालले हालको राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै भने, “पुराना दलहरूले सुशीला कार्कीलाई चुनावी सरकारको नेतृत्व दिएपछि देश पुनः प्रति गमनतर्फ गएको छ। त्यो हाम्रो बनाएको सरकार होइन। राज्यविहीनताको फाइदा उठाएर सुशीला कार्कीहरूले कु गरे।”

उनले आन्दोलनका माग पूरा नभएसम्म संघर्ष जारी रहने बताएका छन्। “संविधान पुनर्लेखन र संस्थागत पुनर्संरचना नभएसम्म स्थायित्व र सुशासन सम्भव छैन। बलिदानको सम्मान गर्दै हामी अघि बढ्नेछौं,” हमालको भनाइ थियो।

पृष्ठभूमि:

भाद्र २३ र २४ गतेको “जेन जि विद्रोह” मा राजनीतिक रूपान्तरणको मागसहित हजारौं युवा सडकमा उत्रिएका थिए। सो क्रममा धेरैले ज्यान गुमाएका र सम्पत्तिको ठूलो क्षति भएको थियो। तर, आन्दोलनका मागहरू अझै अपूरा रहेको भन्दै त्यसका सहभागीहरूले फेरि नयाँ चरणको संघर्ष सुरू गरेका छन्।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6090 लेख
व्यू
आजको मिति
30
April 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2452 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1089 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 895 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 844 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 766 views

नयाँ समाचार

dndm
3 minutes पहिले
सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन गृह मन्त्रालयको…
4 minutes पहिले
बज्रबाराही अजिमा जात्राको अवसरमा थाहा नगरपालिकामा वैशाख २१…
21 minutes पहिले
सरकारी विज्ञापन सम्बन्धी निर्णयविरुद्ध नेपाल पत्रकार महासंघको दबाब…
34 minutes पहिले
सार्वजनिक बिदाका बीच पनि वैशाख १८ गते देशभरका…
45 minutes पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन गृह मन्त्रालयको निर्देशन, जिल्लाबाट योजना माग

4 minutes पहिले 0 views

बज्रबाराही अजिमा जात्राको अवसरमा थाहा नगरपालिकामा वैशाख २१ गते सार्वजनिक विदा

21 minutes पहिले 0 views

सरकारी विज्ञापन सम्बन्धी निर्णयविरुद्ध नेपाल पत्रकार महासंघको दबाब अभियान तीव्र

34 minutes पहिले 2 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya