Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

लुम्बिनी पिस हाफ म्याराथन प्रतियोगितामा दीपक अधिकारी र राजपुरा पछाइले प्रथम स्थान हासिल

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
चैत्र २४, २०७९
75 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
लुम्बिनी पिस हाफ म्याराथन प्रतियोगितामा दीपक अधिकारी र राजपुरा पछाइले प्रथम स्थान हासिल
1 मिनेट पढ्ने
अपडेट: चैत्र २४, २०७९
Advertisement

बुटवल – बुद्धको जन्मस्थल लुम्बिनीमा ‘शान्ति र समृद्धिका लागि खेलकुद भन्ने’ मूल नारासहित आयोजित लुम्बिनी पिस हाफ म्याराथन प्रतियोगितामा दीपक अधिकारी र राजपुरा पछाइले प्रथम स्थान हासिल गर्नुभएको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीले अन्तर्राष्ट्रिय खेलकुद दिवसका अवसरमा आज २१ किलोमिटरको हाफ म्याराथन प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका अधिकारीले एक घण्टा ६ मिनेट दुई सेकेण्डमा लुम्बिनी वरपरको २१ किलोमिटरको दूरी पूरा गर्नुभएको थियो । प्रतियोगिताको पुरुषतर्फ प्रथम हुनुभएका अधिकारीले एक लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नुभएको छ । यस्तै, महिलातर्फ २१ किमी दूरी नेपाल प्रहरीकी पछाइले एक घण्टा २४ मिनेट दुई सेकेण्डमा पूरा गर्नुभयो । प्रतियोगितामा महिलातर्फ प्रथम हुनुभएकी पछाइले एक लाख ५१ हजार नगद शिल्ड तथा प्रमाणपत्र पाउनुभयो ।

प्रतियोगितामा पुरुषतर्फ एपिएफका गोपीचन्द्र पार्की एक घण्टा ६ मिनेट ४६ सेकेण्डमा दूरी पूरा गर्दै द्वितीय हुनुभएको छ । यस्तै, त्रिभुवन आर्मीका मुकेश पाल एक घण्टा सात मिनेट १५ सेकेण्डमा दूरी पार गर्दै तृतीय र त्रिभुवन आर्मीकै नरेन्द्र रावल एक घण्टा सात मिनेट १५ सेकेण्डमा दूरी पार गर्दै चौथो स्थान हासिल गर्न सफल हुनुभयो । महिलातर्फ एपिएफका विन्द्रा धान्के श्रेष्ठ एक घण्टा २६ मिनेट सात सेकेण्डमा दूरी पूरा गर्दै द्वितीय हुनुभयो ।

नेपाल प्रहरीका रेखा विष्ट एक घण्टा २६ मिनेट ११ सेकेण्डमा दूरी पार गर्दै तृतीय र त्रिभुवन आर्मीका पूर्णलक्ष्मी एक घण्टा २८ मिनेट ३३ सेकेण्डमा दूरी पार गर्दै चौथो हुनुभयो । दुवै विधामा द्वितीयले ७५ हजार र तृतीयले ५० हजार र तृतीयले ३० हजार नगद पुरस्कार प्राप्त गर्नुभएको छ । पुरुषतर्फ त्रिभुवन आर्मीका गजेन्द्र राई पाँचौँ र महिनदेव जोशी छैटौँ, एपिएफका राजेन्द्र तामाङ सातौँ एवं त्रिभुवन आर्मीका जितेन्द्र दनुवार आठौँ, प्रेमबहादुर बस्नेत नवौँ र टंक कामी १०औँ स्थान प्राप्त गर्न सफल हुनुभएको छ ।

महिलातर्फ नेपाल प्रहरीका राममाया बुढा चौथो र एपिएफका आशा रावल, त्रिभुवन आर्मी क्लबकी निर्मला केसी सातौँ एवं खुलाबाट आठौँ सुर्खेतकी विन्दु हमाल, त्रिभुवन आर्मीकी निर्मला पुन नवौँ र शारदा शाहीले १०औँ स्थान प्राप्त गर्न सफल हुनुभएको छ । प्रतियोगितामा दुवै विधाका पाँचौँले २० हजार, छैटौँले १० हजार, सातौँले सात हजार, आठौँले पाँच हजार र नवौँ तथा १०औँले पाँच÷पाँच हजार नगद पुरस्कार पाउनुभयो ।

प्रतियोगितामा देशभरका दुई हजार पाँच सय खेलाडी म्याराथनमा उत्रेको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताउनुभयो । प्रतियोगिताको लुम्बिनीस्थित शान्तिदीपमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मसाल बालेर प्रमुख प्रशिक्षकलाई हस्तान्तरण गरेपछि म्याराथन प्रतियोगिता सुरु भएको थियो । मायादेवी प्रवेशद्वारबाट सुरु भएको म्याराथनमा सहभागी खेलाडीहरूले पर्साचोकबाट पुनः महिलबार हुँदै दुई फन्का लगाएर निर्धारित दूरी पार गरेका थिए ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6104 लेख
व्यू
आजको मिति
04
May 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2459 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1092 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 900 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 847 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 769 views

नयाँ समाचार

काठमाडौँका अतिक्रमित क्षेत्र व्यवस्थापनमा सरकार दृढ: भूमिहीनलाई सुरक्षित…
9 hours पहिले
राप्रपा छाडेपछि रवि किरण हमालको नयाँ राजनीतिक शक्ति…
21 hours पहिले
हेटौंडा बजार फराकिलो बनाउँदा ‘निकास’ बेवास्ता : वडाध्यक्ष…
22 hours पहिले
मकवानपुरमा सुकुम्बासी आन्दोलनलाई सात दलको ऐक्यबद्धता, सरकारलाई दमन…
22 hours पहिले
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि राष्ट्रपतिबाट फिर्ता
23 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

काठमाडौँका अतिक्रमित क्षेत्र व्यवस्थापनमा सरकार दृढ: भूमिहीनलाई सुरक्षित आवास सुनिश्चित गरिने

9 hours पहिले 53 views

राप्रपा छाडेपछि रवि किरण हमालको नयाँ राजनीतिक शक्ति घोषणा, “पुरानो व्यवस्था अन्त्य, नयाँ संस्कृति सुरु”

21 hours पहिले 52 views

हेटौंडा बजार फराकिलो बनाउँदा ‘निकास’ बेवास्ता : वडाध्यक्ष सिग्देलको असन्तुष्टि

22 hours पहिले 82 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya