Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

सीमा अतिक्रमणमा मौनता तोड्न अध्यक्ष विशाल राज महतको आह्वान: ‘यो भोट नेपालको हो’

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
माघ ११, २०८२
83 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
सीमा अतिक्रमणमा मौनता तोड्न अध्यक्ष विशाल राज महतको आह्वान: ‘यो भोट नेपालको हो’
0 मिनेट पढ्ने
अपडेट: माघ ११, २०८२
Advertisement

हेटौंडा, माघ ११ गते । सेवा सहयोग र आवाज अभियानका अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले नेपाल–भारत सीमा अतिक्रमणको विषयमा राज्य र राजनीतिक नेतृत्वको मौनता प्रति गम्भीर प्रश्न उठाउँदै नागरिक सचेतनाको आह्वान गरेको छ।

आफ्नो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको धारणा मार्फत उनले निर्वाचनको समयमा राष्ट्रियताको नारा चर्को रूपमा सुनिए पनि व्यवहारमा सीमा मिचिँदा मौनता देखिनु चिन्ताजनक भएको बताएको छ। उनका अनुसार नेपाल–भारत सीमा जोडिएका २६ जिल्ला मध्ये २३ जिल्लामा सीमा अतिक्रमण भइसकेको छ भने ७१ स्थानमा करिब ६० हजार ६ सय ६८ हेक्टर नेपाली भूमि अतिक्रमणमा परेको छ।

दार्चुलादेखि झापासम्म, कञ्चनपुरका ९ स्थान, झापाका ८, सप्तरीका ७, पर्साका ६ र ताप्लेजुङका ४ स्थानमा सीमा समस्या देखिएको उल्लेख गर्दै महतले यसलाई केवल तथ्याङ्क नभई नेपालको इतिहास, स्वाभिमान र भावी पुस्ता माथिको अन्यायका रूपमा चित्रण गरेको छ।

“राष्ट्र बनाउने राजनीति चाहिन्छ भन्नेहरू राष्ट्रकै जग भूमि हराउँदा किन चुप लाग्छन्?” भन्दै उनले प्रश्न गरेको छ। सीमा अतिक्रमणमा बोल्न नसक्ने नेतृत्वले सत्ता पाएपछि राष्ट्र जोगाउँछ भन्ने विश्वास गर्न नसकिने उनको भनाइ छ।

आगामी निर्वाचन केवल प्रतिनिधि छान्ने प्रक्रिया नभई राष्ट्रको पक्षमा उभिने कि मौनताको साझेदार बन्ने भन्ने निर्णय गर्ने समय भएको उल्लेख गर्दै महतले नागरिकलाई भावनामा होइन, चेतनामा आधारित भएर मतदान गर्न आग्रह गरेको छ।

“यो भोट कुनै पार्टीको होइन, नेपालको हो,” भन्दै उनले भूमि जोगाउने, स्वाभिमानका पक्षमा बोल्न सक्ने र राष्ट्रियतालाई नाराबाट कर्ममा बदल्ने नेतृत्वलाई मतदान गर्नु पर्ने स्पष्ट धारणा राखेको छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6115 लेख
व्यू
आजको मिति
05
May 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2459 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1092 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 901 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 847 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 769 views

नयाँ समाचार

हावाहुरीले उडायो विद्यालयको छाना, मकवानपुरको लिक्चेमा पठनपाठन प्रभावित
2 hours पहिले
शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने प्रधानमन्त्री बालेन्द्र…
2 hours पहिले
सुकुम्बासी बस्तीमा डोजर चलाएकोप्रति एमाले मकवानपुरको आपत्ति, ‘राज्य…
14 hours पहिले
इन्द्र बानियामाथि छापामारीप्रति कांग्रेस मकवानपुरको आपत्ति, राजनीतिक पूर्वाग्रहको…
15 hours पहिले
साइबर ब्युरोको नाम दुरुपयोग गरी अनलाइन ठगी गर्ने…
15 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हावाहुरीले उडायो विद्यालयको छाना, मकवानपुरको लिक्चेमा पठनपाठन प्रभावित

2 hours पहिले 30 views

शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा

2 hours पहिले 43 views

सुकुम्बासी बस्तीमा डोजर चलाएकोप्रति एमाले मकवानपुरको आपत्ति, ‘राज्य आतंक’ को आरोप

14 hours पहिले 47 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya