Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा

रेडियो भरोसा अनलाईन
रिपोर्टर: रेडियो भरोसा अनलाईन
बैशाख २२, २०८३
45 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा
0 मिनेट पढ्ने
अपडेट: बैशाख २२, २०८३
Advertisement

काठमाडौँ,बैशाख २२ गते । प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत प्रभावबाट मुक्त गर्ने स्पष्ट नीति सार्वजनिक गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जालमार्फत वर्षौंदेखि उठ्दै आएको “विद्यार्थी र कर्मचारीतन्त्रमा पार्टीकरणले विकृति ल्याएको” गुनासोलाई सम्बोधन गर्दै महत्वपूर्ण निर्णय लिइएको बताएका हुन्।

प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् कि विगतमा विद्यार्थी तथा कर्मचारी संगठनहरू आफ्ना सदस्यहरूको हितभन्दा बढी राजनीतिक दलका “स्लिपर सेल” का रूपमा काम गर्दै आएका थिए। जसका कारण योग्यता र क्षमताभन्दा पहुँच, झोला र झण्डाको मूल्य बढेको र यसले प्रणालीप्रति जनविश्वास कमजोर बनाएको उनको भनाइ छ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी ले शिक्षालय र कर्मचारीतन्त्रमा नयाँ दलगत संगठन विस्तार गर्न नसकेर यस्तो निर्णय नगरेको स्पष्ट पारे। “चाहने हो भने ठूला संगठन बनाउन सकिन्थ्यो, तर थप संगठन बनाउँदा शिक्षा र प्रशासन सुधारिँदैन भन्ने विगतले प्रमाणित गरिसकेको छ,” उनले लेखेका छन्।

यसै सन्दर्भमा सरकारले अध्यादेशमार्फत शिक्षालयमा दलको झण्डा र कर्मचारीतन्त्रमा दलको झोला निषेध गर्ने व्यवस्था लागू गरेको जनाएको छ। प्रधानमन्त्रीका अनुसार यस निर्णयले कसैको अधिकार खोस्ने होइन, बरु पेशागत स्वतन्त्रता र निष्पक्षता बलियो बनाउने लक्ष्य राखिएको छ।

उनले अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता नभई विधि, क्षमता र दक्षता हुनुपर्नेमा जोड दिएका छन्। “विद्यार्थीले राजनीति सिक्नुपर्छ, तर सभ्य, विचारशील र जिम्मेवार राजनीति; कर्मचारीले जनताको सेवा गर्नुपर्छ, कुनै दलको होइन,” उनले उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहले यो कदम कुनै दलविरुद्धको नभई प्रणाली सुधार र भविष्य सुरक्षित गर्ने प्रयास भएको स्पष्ट पारेका छन्। उनले देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा लैजाने उद्देश्यका साथ यो निर्णय गरिएको बताए।

अन्त्यमा उनले आम नागरिकसँग सहयोग र विश्वासको अपील गर्दै भनेका छन्, “परिवर्तन भाषणले होइन, निर्णयले आउँछ। हामी जनताको चाहनाअनुसार सरकारमा आएका हौं र हाम्रो प्रत्येक काम आम नेपालीको हितमा हुनेछ।”

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाईन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6115 लेख
व्यू
आजको मिति
05
May 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2459 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1092 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 901 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 847 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 769 views

नयाँ समाचार

हावाहुरीले उडायो विद्यालयको छाना, मकवानपुरको लिक्चेमा पठनपाठन प्रभावित
3 hours पहिले
शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने प्रधानमन्त्री बालेन्द्र…
3 hours पहिले
सुकुम्बासी बस्तीमा डोजर चलाएकोप्रति एमाले मकवानपुरको आपत्ति, ‘राज्य…
16 hours पहिले
इन्द्र बानियामाथि छापामारीप्रति कांग्रेस मकवानपुरको आपत्ति, राजनीतिक पूर्वाग्रहको…
16 hours पहिले
साइबर ब्युरोको नाम दुरुपयोग गरी अनलाइन ठगी गर्ने…
16 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हावाहुरीले उडायो विद्यालयको छाना, मकवानपुरको लिक्चेमा पठनपाठन प्रभावित

3 hours पहिले 31 views

सुकुम्बासी बस्तीमा डोजर चलाएकोप्रति एमाले मकवानपुरको आपत्ति, ‘राज्य आतंक’ को आरोप

16 hours पहिले 52 views

इन्द्र बानियामाथि छापामारीप्रति कांग्रेस मकवानपुरको आपत्ति, राजनीतिक पूर्वाग्रहको आरोप

16 hours पहिले 41 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya