Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

मकवानपुर–१ मा इन्जिनियर सुरेन्द्र लामाको जनमुखी अभियान, पूर्वाधार र बाढी नियन्त्रण पहिलो प्राथमिकता

रेडियो भरोसा अनलाईन
रिपोर्टर: रेडियो भरोसा अनलाईन
माघ ११, २०८२
82 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
मकवानपुर–१ मा इन्जिनियर सुरेन्द्र लामाको जनमुखी अभियान, पूर्वाधार र बाढी नियन्त्रण पहिलो प्राथमिकता
0 मिनेट पढ्ने
अपडेट: माघ ११, २०८२
Advertisement

हेटौंडा, माघ ११ गते । निर्वाचन क्षेत्र नं. १ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार इन्जिनियर सुरेन्द्र लामा (योञ्जन) ले स्थानीय समस्यालाई केन्द्रमा राख्दै आफ्नो निर्वाचन अभियानलाई तीव्र बनाएका छन्। गाउँ–बस्तीमै पुगेर स्थानीय वासीसँग प्रत्यक्ष संवाद गरिरहेका लामा दीर्घकालीन समाधान सहित समृद्धिको बाटो खोल्ने प्रतिबद्धता सहित मैदानमा उत्रिएका छन्।

अभियानका क्रममा उनले बागमती–२ लगायतका क्षेत्रहरूमा रहेको कमजोर सडक सञ्जाल, पुलको अभाव र वर्षायाममा दोहोरिने बाढी समस्यालाई गम्भीर चुनौतीका रूपमा औँल्याए। उनका अनुसार यी समस्याले न केवल आवागमनमा अवरोध सिर्जना गरेको छ, स्थानीयको कृषि, रोजगारी र दैनिक जनजीवन नै प्रभावित बनाएको छ।

स्थानीयवासीले बागमती–२ क्षेत्रमा पुल र व्यवस्थित सडक नहुँदा यातायात असहज बनेको गुनासो गरेका छन्। वर्षात्को समयमा आउने बाढीले खेतबारी र घरसमेत जोखिममा परेको बताउँदै उनीहरूले तत्काल दीर्घकालीन समाधानको माग गरेका छन्। गुहिये, लामकाना र चौरावा क्षेत्रमा रहेका तीन खहरे वर्षासँगै उग्र बन्दा “दोस्रो कर्णाली” जस्तो अवस्था सिर्जना भएको स्थानीयको भनाइ छ।

त्यस्तै, डोटे रोड निर्माणलाई तत्काल प्राथमिकतामा राख्नुपर्ने साझा माग पनि स्थानीयले अघि सारेका छन्। उम्मेदवार लामा (योञ्जन) ले स्थानीय आवाजलाई राज्यको नीति र कार्यक्रमसम्म पुर्‍याउने आफ्नो जिम्मेवारी रहेको उल्लेख गर्दै भने, “समस्या नबुझे समाधान सम्भव हुँदैन, त्यसैले म जनताकै बीचमा छु।”

उनले स्थानीयसँगको छलफलबाट प्राप्त सुझावका आधारमा विकास योजना तयार पारिने र ती योजनाले क्षेत्रको समग्र विकासलाई गति दिने विश्वास व्यक्त गरे। “अब पछि परेको क्षेत्रलाई विकास र समृद्धिको मूलधारमा जोड्ने समय आएको छ,” उनको भनाइ छ। निर्वाचन अभियानमा इन्जिनियर लामा सुशासन, समावेशी विकास र आधारभूत सेवामा सबैको सहज पहुँच सुनिश्चित गर्ने लक्ष्यका साथ अघि बढिरहेका छन्। स्थानीयसँग विश्वास र सहकार्यको सम्बन्ध निर्माण गर्दै उनले मकवानपुर–१ लाई दीर्घकालीन रूपमा सुरक्षित र समृद्ध बनाउने प्रतिवद्धता दोहोर्‍याएका छन्।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाईन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6124 लेख
व्यू
आजको मिति
07
May 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2462 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1093 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 905 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 849 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 771 views

नयाँ समाचार

भाषिक विविधताको सम्मान गर्दै बागमतीमा भाषा दिवस मनाइँदै,…
20 minutes पहिले
मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुईन खोला क्षेत्रमा ढुंगा…
46 minutes पहिले
हेटौंडा–४ मा धमाधम पूर्वाधार विकास : सडक, विद्यालय…
1 hour पहिले
सुकुम्बासी व्यवस्थापन अभियानप्रति श्रम संस्कृति पार्टीको आपत्ति, “संविधानविपरीत…
1 day पहिले
शिवम् सिमेन्ट उद्योगविरुद्ध स्थानीय आक्रोश: जनस्वास्थ्यमा खेलवाड गरेको…
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

भाषिक विविधताको सम्मान गर्दै बागमतीमा भाषा दिवस मनाइँदै, मुख्यमन्त्री बानियाद्वारा शुभकामना व्यक्त

20 minutes पहिले 17 views

मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुईन खोला क्षेत्रमा ढुंगा झरेपछि अवरुद्ध सडक पुनः दुवैतर्फ सञ्चालन

46 minutes पहिले 36 views

हेटौंडा–४ मा धमाधम पूर्वाधार विकास : सडक, विद्यालय भवनदेखि जेष्ठ नागरिक आश्रय कक्षसम्मका योजना अघि बढ्दै

1 hour पहिले 29 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya