Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

सुकुम्बासी व्यवस्थापन अभियानप्रति श्रम संस्कृति पार्टीको आपत्ति, “संविधानविपरीत कदम तत्काल रोक्नुपर्ने”

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
बैशाख २३, २०८३
55 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
सुकुम्बासी व्यवस्थापन अभियानप्रति श्रम संस्कृति पार्टीको आपत्ति, “संविधानविपरीत कदम तत्काल रोक्नुपर्ने”
0 मिनेट पढ्ने
अपडेट: बैशाख २३, २०८३
Advertisement

काठमाडौं,बैशाख २३ गते । श्रम संस्कृति पार्टीले नेपाल सरकारले सुकुम्बासी व्यवस्थापनका नाममा अघि बढाएको वर्तमान अभियानप्रति गम्भीर आपत्ति जनाउँदै उक्त कदमलाई संविधान विपरीत तथा असंवेदनशील भएको आरोप लगाएको छ।

पार्टीका महासचिव आरेन राईद्वारा जारी प्रेस विज्ञप्तिमा काठमाडौँ उपत्यका लगायत देशभर सञ्चालन भइरहेको अभियान हतारमा पर्याप्त अध्ययन तथा सरोकारवालासँग अर्थपूर्ण परामर्शबिना अघि बढाइएको उल्लेख गरिएको छ। यसले राज्यको संवैधानिक दायित्वमाथि नै प्रश्न उठाएको पार्टीको ठहर छ।

विज्ञप्तिमा नेपालको संविधानको धारा ३७ अनुसार प्रत्येक नागरिकलाई सम्मानजनक आवासको हक सुनिश्चित गरिएको स्मरण गराउँदै सुकुम्बासी समस्या कुनै सामान्य प्रशासनिक विषय नभई ऐतिहासिक रूपमा भूमि वितरणमा रहेको असमानता, आर्थिक बहिष्कार र राज्यका दीर्घकालीन नीतिगत असफलताको परिणाम भएको जनाइएको छ।

पार्टीले यस्तो जटिल र संवेदनशील विषयलाई एकपक्षीय ढंगले समाधान गर्न खोज्दा दीर्घकालीन रूपमा सामाजिक द्वन्द्व, अस्थिरता र जनआक्रोश बढ्ने चेतावनी दिएको छ।

श्रम संस्कृति पार्टीले सरकारसमक्ष विभिन्न मागहरू अघि सारेको छ। जसअनुसार वास्तविक सुकुम्बासीको पहिचान पारदर्शी, समावेशी र वैज्ञानिक आधारमा पुनः निर्धारण गर्नुपर्ने, सम्बन्धित समुदाय, नागरिक समाज तथा स्वतन्त्र विज्ञहरूसँग व्यापक परामर्श प्रक्रिया सञ्चालन गर्नुपर्ने, र आवासको मौलिक हक सुनिश्चित गर्ने दिगो, न्यायपूर्ण तथा मानव केन्द्रित नीति निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ।

साथै, राज्यले विगतका नीतिगत असफलताहरूको आत्मालोचना गर्दै संरचनात्मक सुधारतर्फ अघि बढ्नुपर्ने पनि पार्टीले जोड दिएको छ।

विज्ञप्तिको अन्त्यमा हालको शैलीमा एकपक्षीय, दमनकारी र असंवेदनशील नीति निरन्तर लागू गरिए राज्य र नागरिकबीचको विश्वास कमजोर हुने चेतावनी दिँदै संविधानको मर्मविपरीत गरिने कुनै पनि कदमविरुद्ध नागरिक प्रतिरोध स्वाभाविक र वैध हुने उल्लेख गरिएको छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6121 लेख
व्यू
आजको मिति
06
May 2026
Wednesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2460 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1092 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 904 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 848 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 770 views

नयाँ समाचार

सुकुम्बासी व्यवस्थापन अभियानप्रति श्रम संस्कृति पार्टीको आपत्ति, “संविधानविपरीत…
1 hour पहिले
शिवम् सिमेन्ट उद्योगविरुद्ध स्थानीय आक्रोश: जनस्वास्थ्यमा खेलवाड गरेको…
2 hours पहिले
कैलास गाउँपालिकाद्वारा हावाहुरी–चट्याङबाट भएको क्षतिको विवरण ३ दिनभित्र…
16 hours पहिले
निर्माण कार्य तीव्र बनाउन मन्त्रालयको कडाइ : प्रगति,…
16 hours पहिले
चितवनका राजनीतिक दलहरूको संयुक्त आवाज: “सुकुम्बासी बस्तीमा डोजर…
16 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

शिवम् सिमेन्ट उद्योगविरुद्ध स्थानीय आक्रोश: जनस्वास्थ्यमा खेलवाड गरेको आरोप, सार्वजनिक सुनुवाइको घोषणा

2 hours पहिले 36 views

कैलास गाउँपालिकाद्वारा हावाहुरी–चट्याङबाट भएको क्षतिको विवरण ३ दिनभित्र पेश गर्न आग्रह

16 hours पहिले 52 views

निर्माण कार्य तीव्र बनाउन मन्त्रालयको कडाइ : प्रगति, स्रोत परिचालन र अनुगमनमा विशेष निर्देशन

16 hours पहिले 43 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya