Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

चितवनका राजनीतिक दलहरूको संयुक्त आवाज: “सुकुम्बासी बस्तीमा डोजर चलाउनु राज्य आतंक”

रेडियो भरोसा अनलाईन
रिपोर्टर: रेडियो भरोसा अनलाईन
बैशाख २२, २०८३
51 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
चितवनका राजनीतिक दलहरूको संयुक्त आवाज: “सुकुम्बासी बस्तीमा डोजर चलाउनु राज्य आतंक”
0 मिनेट पढ्ने
अपडेट: बैशाख २२, २०८३
Advertisement

चितवन,बैशाख २२ गते । चितवनस्थित विभिन्न राजनीतिक दलहरूले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीमाथि गरिएको पछिल्लो सरकारी कदमप्रति गम्भीर आपत्ति जनाउँदै संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्।

विज्ञप्तिमा सरकारलाई “नागरिकको अभिभावक” को रूपमा प्रस्तुत गर्दै वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकलाई कुनै वैकल्पिक व्यवस्था नगरी विस्थापित गर्नु राज्य आतंक सरह भएको ठहर गरिएको छ। दलहरूले सत्ताको आडमा गरिएको यस्तो कार्यले जनताको जीवन असुरक्षित र अनिश्चित बनाएको आरोप लगाएका छन्।

उनीहरूले गरिबी हटाउने नाममा गरिब नै हटाउने प्रवृत्ति बढ्दै गएको भन्दै सरकारको नियतमाथि गम्भीर प्रश्न उठाएका छन्। “सहर सफा गर्ने नाममा हजारौं सुरक्षाकर्मी परिचालन गरी बालबालिका, वृद्ध, बिरामी तथा परीक्षा दिइरहेका विद्यार्थीसमेतलाई बेवास्ता गर्दै बस्तीमा एक्कासी डोजर चलाउनु अस्वीकार्य छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

दलहरूले यस प्रकारको कार्यले नागरिकको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य तथा बाँच्न पाउने संवैधानिक मौलिक अधिकारमाथि गम्भीर प्रहार भएको बताएका छन्। वैकल्पिक व्यवस्थाविना गरिएको जबरजस्ती हटाउने कार्यप्रति नागरिक समाज मात्र नभई अन्तर्राष्ट्रिय समुदायसमेत चकित बनेको दाबी गरिएको छ।

उनीहरूले सुकुम्बासी समस्या राज्यको उत्पादन सम्बन्ध र संरचनासँग जोडिएको विषय भएको भन्दै यसको समाधान दमनबाट नभई पहिचान र व्यवस्थापनमार्फत गर्नुपर्ने बताएका छन्।

“रुल अफ ल अर्थात् कानुनको शासनको आधारमा जनताको जिउधन र बासस्थानको ग्यारेन्टी हुनुपर्छ,” विज्ञप्तिमा भनिएको छ, “सुकुम्बासीमाथि भएको दमन तत्काल बन्द गरी उनीहरूलाई शान्तिपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरियोस्।”

संयुक्त विज्ञप्तिमा नेपाली कांग्रेस, नेकपा एमाले, विभिन्न कम्युनिस्ट तथा अन्य दलका जिल्ला तथा केन्द्रीय नेताहरूले हस्ताक्षर गरेका छन्।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाईन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6121 लेख
व्यू
आजको मिति
06
May 2026
Wednesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2460 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1092 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 904 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 848 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 770 views

नयाँ समाचार

सुकुम्बासी व्यवस्थापन अभियानप्रति श्रम संस्कृति पार्टीको आपत्ति, “संविधानविपरीत…
50 minutes पहिले
शिवम् सिमेन्ट उद्योगविरुद्ध स्थानीय आक्रोश: जनस्वास्थ्यमा खेलवाड गरेको…
1 hour पहिले
कैलास गाउँपालिकाद्वारा हावाहुरी–चट्याङबाट भएको क्षतिको विवरण ३ दिनभित्र…
15 hours पहिले
निर्माण कार्य तीव्र बनाउन मन्त्रालयको कडाइ : प्रगति,…
16 hours पहिले
चितवनका राजनीतिक दलहरूको संयुक्त आवाज: “सुकुम्बासी बस्तीमा डोजर…
16 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

सुकुम्बासी व्यवस्थापन अभियानप्रति श्रम संस्कृति पार्टीको आपत्ति, “संविधानविपरीत कदम तत्काल रोक्नुपर्ने”

50 minutes पहिले 54 views

शिवम् सिमेन्ट उद्योगविरुद्ध स्थानीय आक्रोश: जनस्वास्थ्यमा खेलवाड गरेको आरोप, सार्वजनिक सुनुवाइको घोषणा

1 hour पहिले 36 views

कैलास गाउँपालिकाद्वारा हावाहुरी–चट्याङबाट भएको क्षतिको विवरण ३ दिनभित्र पेश गर्न आग्रह

15 hours पहिले 52 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya