Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

गुलाफ बोकेर चुनावी मैदानमा नेकपा (माओवादी) — मकवानपुरबाट तीन उम्मेदवार प्रतिस्पर्धामा

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
माघ १२, २०८२
140 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
गुलाफ बोकेर चुनावी मैदानमा नेकपा (माओवादी) — मकवानपुरबाट तीन उम्मेदवार प्रतिस्पर्धामा
0 मिनेट पढ्ने
अपडेट: माघ १२, २०८२
Advertisement

हेटौंडा, माघ १२ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गुलाफ चुनाव चिह्नसहित नेकपा (माओवादी) मकवानपुर चुनावी प्रतिस्पर्धामा उत्रिएको छ । पार्टीको केन्द्रीय निर्णयअनुसार मकवानपुर जिल्लाबाट प्रत्यक्षतर्फ दुई जना र समानुपातिकतर्फ एक गरी तीन जनाको उम्मेदवारी दर्ता गरिएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ बाट महेश नेपाली (आरोह) र क्षेत्र नम्बर २ बाट राम घलान (वाटर) ले उम्मेदवारी दिएका छन् । त्यस्तै, समानुपातिक तर्फ सुशीला सिंतान उम्मेदवार बनेकी छन् ।

लामो समयसम्म संसदीय व्यवस्थाको विरोध गर्दै निर्वाचन बहिष्कार गर्दै आएको नेकपा विप्लव समूहले यसपटक नेकपा (माओवादी) नाम दर्ता गरी गुलाफ चुनाव चिह्नसहित चुनावी राजनीतिमा प्रवेश गरेको हो । जनसत्ताको निर्माण र समाजवादी व्यवस्थाको स्थापनाका लागि संघर्ष गर्दै आएको पार्टीले अब परिवर्तनको अभियानलाई संसदमार्फत अघि बढाउने लक्ष्य लिएको जनाएको छ ।

मकवानपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य राम घलानले संघर्षको मोर्चाबाट मात्रै नभई अब चुनावी मोर्चाबाट पनि परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरेका छन् । विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका उनले भ्रष्टाचारको अन्त्य, समाजवादको स्थापना र जनताको जीवनस्तर उकास्न गुलाफ चुनाव चिह्न लिएर मैदानमा आएको बताए ।

त्यसैगरी मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार महेश नेपाली (आरोह) लामो समयदेखि कलासंस्कृति र राजनीतिक आन्दोलनमा सक्रिय छन् । एकीकृत जनक्रान्तिका घाइतेसमेत रहेका आरोहले पूर्वी मकवानपुरको उज्यालो भविष्य निर्माणका लागि गुलाफ चिह्नसहित चुनावी प्रतिस्पर्धामा उत्रिएको बताएका छन् ।

समानुपातिक उम्मेदवार सुशीला सिंतान पनि विगतदेखि नै राजनीतिक आन्दोलन र समाजसेवामा क्रियाशील रहँदै आएकी छन् । उनले जनताको वास्तविक समस्या, विशेषतः महिलामाथि हुने अन्याय र पीडाको अन्त्य गर्दै मकवानपुरको समग्र विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिन् ।

हेटौंडा–११, थानाभर्‍याङस्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ताका क्रममा नेकपा (माओवादी) मकवानपुर र्‍यालीसहित उपस्थित भएको थियो । उम्मेदवारी दर्तापछि पार्टी नेता–कार्यकर्ता र स्थानीय जनसमुदायले उम्मेदवारहरूलाई गुलाफको फूल, माला र अबिर लगाएर स्वागत गर्दै जितको अग्रिम शुभकामना व्यक्त गरेका थिए ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6103 लेख
व्यू
आजको मिति
03
May 2026
Sunday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2459 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1092 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 900 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 847 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 769 views

नयाँ समाचार

राप्रपा छाडेपछि रवि किरण हमालको नयाँ राजनीतिक शक्ति…
5 minutes पहिले
हेटौंडा बजार फराकिलो बनाउँदा ‘निकास’ बेवास्ता : वडाध्यक्ष…
48 minutes पहिले
मकवानपुरमा सुकुम्बासी आन्दोलनलाई सात दलको ऐक्यबद्धता, सरकारलाई दमन…
1 hour पहिले
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि राष्ट्रपतिबाट फिर्ता
2 hours पहिले
“विकासका लागि कठोर निर्णय आवश्यक: सुकुमबासी व्यवस्थापनसहित संरचित…
3 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

राप्रपा छाडेपछि रवि किरण हमालको नयाँ राजनीतिक शक्ति घोषणा, “पुरानो व्यवस्था अन्त्य, नयाँ संस्कृति सुरु”

5 minutes पहिले 0 views

हेटौंडा बजार फराकिलो बनाउँदा ‘निकास’ बेवास्ता : वडाध्यक्ष सिग्देलको असन्तुष्टि

48 minutes पहिले 48 views

मकवानपुरमा सुकुम्बासी आन्दोलनलाई सात दलको ऐक्यबद्धता, सरकारलाई दमन नगर्न चेतावनी

1 hour पहिले 50 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya