Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

शिवम सिमेन्टको प्रदूषणविरुद्ध चुप लाग्दैनौं : लिखित प्रतिबद्धता बिना भोट नदिने अभियान चलाउन आह्वान

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
माघ १३, २०८२
117 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
शिवम सिमेन्टको प्रदूषणविरुद्ध चुप लाग्दैनौं : लिखित प्रतिबद्धता बिना भोट नदिने अभियान चलाउन आह्वान
0 मिनेट पढ्ने
अपडेट: माघ १३, २०८२
Advertisement

हेटौंडा, माघ १३ गते । हेउँनपा–१६ र १७ मा अवस्थित शिवम सिमेन्ट उद्योगबाट उत्पन्न ध्वनि प्रदूषण, धुलो र धुवाँका कारण स्थानीय बासिन्दा तथा नजिकै रहेको लक्ष्मी आधारभूत विद्यालयमा अध्ययनरत कलिला बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको भन्दै सामाजिक अभियान्ता तथा सेवा, सहयोग र आवाजका अध्यक्ष विशाल राज महतले कडा आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आफ्नो स्टाटसमा अध्यक्ष महतले यस विषयमा आफूहरू चुप नलागेको र निरन्तर खबरदारी गर्दै आएको स्पष्ट पारेका छन्। उनका अनुसार यसअघि शिवम सिमेन्ट उद्योगका प्रतिनिधिसँग दुई पटक छलफल भए पनि पीडित स्थानीय, जनप्रतिनिधि र पत्रकारहरूको उपस्थितिमा लाइभ बार्ता गर्ने सहमति कार्यान्वयन हुन सकेको छैन। हालसम्म पनि छलफलको मिति र औपचारिक जानकारी नआएको उनले बताएका छन्।

महतले उद्योगले राज्य सत्तासमेत आफ्नो अनुकूल बनाउँदै आएको आरोप लगाउँदै हेउँनपा, जिल्ला प्रशासन, सम्बन्धित मन्त्रालय र जनप्रतिनिधिहरूको मौनता माथि प्रश्न उठाएका छन्। “यदि यस्तो होइन भने, समस्याबारे किन कसैले चुइँक्क बोल्दैन ?” उनले स्टाटसमा उल्लेख गरेका छन्।

उनका अनुसार सेवा, सहयोग र आवाजले प्रक्रियागत रूपमा सम्बन्धित निकायमा निरन्तर दबाब दिँदै आएको छ र पूँजीपति वर्गसँगको वर्ग संघर्षमा कुनै सम्झौता नगर्ने अडान कायमै रहनेछ।

आगामी निर्वाचनलाई सन्दर्भ जोड्दै अध्यक्ष महतले हिजो निर्वाचित भएका प्रतिनिधिहरू पुनः उम्मेदवार बनेको र नयाँ उम्मेदवारहरू पनि मैदानमा आएको उल्लेख गर्दै पीडित वडाबासीले सबै उम्मेदवारलाई “समस्याको सम्बोधन किन भएन ?” भनेर प्रश्न गर्नुपर्ने बताए। अब लिखित प्रतिबद्धता नदिने उम्मेदवारलाई भोट नदिने अभियान चलाउनु सबैको साझा जिम्मेवारी भएको उनको भनाइ छ।

अन्त्यमा उनले जनतालाई एकजुट भएर लड्न आह्वान गर्दै सेवा, सहयोग र आवाज सधैं साथ र सहयोगका लागि तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6103 लेख
व्यू
आजको मिति
03
May 2026
Sunday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2459 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1092 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 900 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 847 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 769 views

नयाँ समाचार

राप्रपा छाडेपछि रवि किरण हमालको नयाँ राजनीतिक शक्ति…
8 minutes पहिले
हेटौंडा बजार फराकिलो बनाउँदा ‘निकास’ बेवास्ता : वडाध्यक्ष…
51 minutes पहिले
मकवानपुरमा सुकुम्बासी आन्दोलनलाई सात दलको ऐक्यबद्धता, सरकारलाई दमन…
1 hour पहिले
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि राष्ट्रपतिबाट फिर्ता
2 hours पहिले
“विकासका लागि कठोर निर्णय आवश्यक: सुकुमबासी व्यवस्थापनसहित संरचित…
3 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

राप्रपा छाडेपछि रवि किरण हमालको नयाँ राजनीतिक शक्ति घोषणा, “पुरानो व्यवस्था अन्त्य, नयाँ संस्कृति सुरु”

8 minutes पहिले 0 views

हेटौंडा बजार फराकिलो बनाउँदा ‘निकास’ बेवास्ता : वडाध्यक्ष सिग्देलको असन्तुष्टि

51 minutes पहिले 48 views

मकवानपुरमा सुकुम्बासी आन्दोलनलाई सात दलको ऐक्यबद्धता, सरकारलाई दमन नगर्न चेतावनी

1 hour पहिले 50 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya