Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

“भाषण होइन, निरन्तर संघर्ष र जनसेवामै माओवादी” : घरदैलो अभियानमा रामबहादुर घलान (वाटर)

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
माघ २०, २०८२
112 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
“भाषण होइन, निरन्तर संघर्ष र जनसेवामै माओवादी” : घरदैलो अभियानमा रामबहादुर घलान (वाटर)
0 मिनेट पढ्ने
अपडेट: माघ २०, २०८२
Advertisement

हेटौँडा, माघ २० गते । मकवानपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामबहादुर घलान (वाटर) ले चुनाव जित्नु वा हार्नु भन्दा पनि जनताका मुद्दा निरन्तर उठाइरहने प्रतिबद्धता व्यक्त गरेका छन्। रेडियो भरोसाको युट्युब च्यानलमार्फत प्रसारित निर्वाचन विशेष संवाद कार्यक्रममा बोल्दै उनले आफू नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को तर्फबाट गुलाब चिन्ह लिएर घरदैलो अभियानमा रहेको जानकारी गराएका हुन्।

घरदैलो अभियानलाई तीव्र बनाइरहेका घलानले अभियानका क्रममा जनताबाट अपार माया र विश्वास पाएको बताए। उनका अनुसार जनताले माओवादी पार्टीलाई देश बचाउने, किसान, सुकुम्बासी, श्रमिक तथा जेन–जि पुस्ताको आवाज उठाउने वास्तविक पार्टीको रूपमा लिएका छन्। विशेषतः मध्यवर्ती क्षेत्र, उत्तरी भेगका जनताको जीविकोपार्जन, गाँजा खेतीलाई वैकल्पिक आयआर्जनको रूपमा कानुनी मान्यता दिनुपर्ने विषय, र चुनाव लक्षित महँगीविरुद्ध माओवादीले सशक्त आवाज उठाउँदै आएको उनले स्पष्ट पारे।

घलानले माओवादी पार्टी सत्तामा हुँदा मात्र होइन, सत्ताबाहिर रहँदा पनि जनतासँगै रहेर संघर्ष गर्दै आएको दाबी गरे। प्रतिनिधिसभामा पुगे संविधान पुनर्लेखन, कानुन संशोधन, जनतामुखी नीति निर्माण र जनजीविकासँग जोडिएका मुद्दामा पार्टीले निर्णायक भूमिका खेल्ने उनको भनाइ थियो।

कार्यक्रम प्रस्तोताले ‘चुनावी एजेन्डा जितेपछि भुल्ने प्रवृत्ति’ सम्बन्धी प्रश्न उठाउँदा घलानले सुकुम्बासी समस्या, लघुवित्त पीडित, हेटौंडा सरकारी अस्पताल जोगाउने विषय, सडक विस्तारका कारण प्रभावित नागरिकको मुआब्जा, सार्वजनिक जग्गा संरक्षण, आरक्षण क्षेत्रका मुद्दा तथा एमसीसीविरुद्धको आन्दोलन जस्ता विषयहरू चुनावअघि र चुनावपछि पनि निरन्तर उठाइरहने बताए।

हालसम्म आठ–नौ वटा वडामा घरदैलो अभियान सम्पन्न भइसकेको जानकारी दिँदै उनले सबै ठाउँमा सकारात्मक प्रतिक्रिया पाएको बताए। क्षेत्र नम्बर २ मा २१ जना उम्मेदवार प्रतिस्पर्धामा रहे पनि जनताको भरोसा माओवादीप्रति बढ्दो रहेको उनको दाबी छ।

हार–जित दुवै स्वीकार्य हुने उल्लेख गर्दै घलानले जनताले मत नदिए पनि आफू जनताको सेवामा निरन्तर रहने प्रतिबद्धता जनाए। अन्त्यमा उनले मकवानपुर क्षेत्र नम्बर २ का आमाबुवा, दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण जेन–जि पुस्तालाई गुलाब चिन्हमा अत्याधिक मत दिएर विजयी गराउन हार्दिक अपिल गरे।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6115 लेख
व्यू
आजको मिति
05
May 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2459 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1092 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 901 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 847 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 769 views

नयाँ समाचार

हावाहुरीले उडायो विद्यालयको छाना, मकवानपुरको लिक्चेमा पठनपाठन प्रभावित
2 hours पहिले
शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने प्रधानमन्त्री बालेन्द्र…
2 hours पहिले
सुकुम्बासी बस्तीमा डोजर चलाएकोप्रति एमाले मकवानपुरको आपत्ति, ‘राज्य…
15 hours पहिले
इन्द्र बानियामाथि छापामारीप्रति कांग्रेस मकवानपुरको आपत्ति, राजनीतिक पूर्वाग्रहको…
15 hours पहिले
साइबर ब्युरोको नाम दुरुपयोग गरी अनलाइन ठगी गर्ने…
15 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हावाहुरीले उडायो विद्यालयको छाना, मकवानपुरको लिक्चेमा पठनपाठन प्रभावित

2 hours पहिले 30 views

शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा

2 hours पहिले 43 views

सुकुम्बासी बस्तीमा डोजर चलाएकोप्रति एमाले मकवानपुरको आपत्ति, ‘राज्य आतंक’ को आरोप

15 hours पहिले 47 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya