Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

‘जेन–जि विद्रोहपछि देश पूर्णरूपमा निर्वाचनमय बनेको छ’ : महेश नेपाली (आरोह)

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
माघ २२, २०८२
193 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
‘जेन–जि विद्रोहपछि देश पूर्णरूपमा निर्वाचनमय बनेको छ’ : महेश नेपाली (आरोह)
0 मिनेट पढ्ने
अपडेट: माघ २२, २०८२
Advertisement

हेटौँडा, माघ २३ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार महेश नेपाली (आरोह) ले जेन–जि विद्रोहपछिको राजनीतिक परिवेशले मुलुकलाई पूर्णरूपमा निर्वाचनमय बनाएको बताएका छन्।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रेडियो भरोसा युट्युब च्यानलले सञ्चालन गरेको ‘निर्वाचन विशेष संवाद’ कार्यक्रमको दोस्रो अङ्कमा सहभागी हुँदै उनले अहिले गाउँघरदेखि गल्ली, चोकचोकसम्म निर्वाचन केन्द्रित बहस र चासो व्यापक रूपमा चलेको बताए।

उनका अनुसार देश कुन दिशामा जाने, कुन राजनीतिक दल जनताको मन जित्न सफल हुन्छ, बहुमत कसले हासिल गर्छ भन्ने जिज्ञासाबीच नेपाली समाज अहिले गम्भीर छलफलको चरणमा गुज्रिरहेको छ। सोही सन्दर्भमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का उम्मेदवारका रूपमा आफू पछिल्लो समय घरदैलो तथा खुला कार्यक्रमहरूमा सहभागी हुँदै जनतासँग प्रत्यक्ष संवादमा रहेको उनले बताए।

“अहिले जनता नयाँ ढङ्गले आफ्नो मत प्रयोग गर्ने विषयमा उभिएको महसुस भइरहेको छ,” उनले भने, “पुरानो राजनीतिक प्रणाली र पुराना दलहरूले गरेका कमजोरी तथा खराब अभ्यासबाट देश मुक्त हुनुपर्छ भन्ने भावना समाजका विभिन्न तहमा व्यक्त भइरहेका छन्।”

मकवानपुर क्षेत्र नम्बर १ मा पनि यस्तै भावनाहरू व्यापक रूपमा देखिएको उल्लेख गर्दै उनले ‘नयाँ’ खोज्ने चाहना त बलियो भए पनि ‘नयाँ भनेको को हो ?’ भन्ने विषयमा मतदातामा केही भ्रम देखिएको बताए। “हावा हुन्डरी जस्तै नयाँको नाममा केही मतदाताहरू बहकिएको अवस्था पनि देखिन्छ,” उनले भने।

उनले आफ्नो पार्टीको तर्फबाट स्पष्ट सन्देश दिँदै नयाँ भन्ने नाममा होइन, विचार, राजनीतिक प्रतिबद्धता र देशभक्तिपूर्ण योगदानका आधारमा विकल्प छान्नुपर्नेमा जोड दिए। “नयाँ नेपाल निर्माणका लागि लामो समयदेखि संघर्ष गरेका, योगदान दिएका पार्टी र नेताहरूलाई रोज्नुपर्छ,” उनको भनाइ थियो।

चुनावी अभियानको सन्दर्भमा बोल्दै महेश नेपालीले संसाधनको सीमितताका कारण आफूले मुख्य रूपमा सामाजिक सञ्जाललाई प्रचारको माध्यम बनाएको बताए। “चुनाव भनेको खर्चिलो र कठिन प्रक्रिया हो। हामीसँग संसाधन सीमित छन्, त्यसैले सामाजिक सञ्जालमार्फत विचार सम्प्रेषणमा केन्द्रित छौं,” उनले भने। हालसम्म दुई–तीन स्थानमा मात्रै कोणसभा गरिएको उनले जानकारी दिए।

कार्यक्रमको अन्त्यमा मतदातालाई अपिल गर्दै उनले रूपचन्द्र बिष्टको भनाइ उद्धृत गर्दै चेतनाको महत्व औँल्याए। “सप्रेको देश थाहा पाएर सप्रिन्छ, बिग्रेको देश भ्रममा परेर बिग्रिन्छ,” भन्दै उनले अब देश बिगार्ने को हुन् र भ्रम फैलाउने को हुन् भन्ने चिन्नु जरुरी रहेको बताए।

उनले मतदातालाई पुराना शक्तिहरू र ‘नयाँ’ को नाममा फैलिएको भ्रमबाट मुक्त भएर नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का उम्मेदवारलाई गुलाफ चिन्हमा मतदान गरी साथ दिन आग्रह गरे।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6115 लेख
व्यू
आजको मिति
05
May 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2459 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1092 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 901 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 847 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 769 views

नयाँ समाचार

हावाहुरीले उडायो विद्यालयको छाना, मकवानपुरको लिक्चेमा पठनपाठन प्रभावित
2 hours पहिले
शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने प्रधानमन्त्री बालेन्द्र…
2 hours पहिले
सुकुम्बासी बस्तीमा डोजर चलाएकोप्रति एमाले मकवानपुरको आपत्ति, ‘राज्य…
15 hours पहिले
इन्द्र बानियामाथि छापामारीप्रति कांग्रेस मकवानपुरको आपत्ति, राजनीतिक पूर्वाग्रहको…
15 hours पहिले
साइबर ब्युरोको नाम दुरुपयोग गरी अनलाइन ठगी गर्ने…
15 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हावाहुरीले उडायो विद्यालयको छाना, मकवानपुरको लिक्चेमा पठनपाठन प्रभावित

2 hours पहिले 30 views

शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा

2 hours पहिले 43 views

सुकुम्बासी बस्तीमा डोजर चलाएकोप्रति एमाले मकवानपुरको आपत्ति, ‘राज्य आतंक’ को आरोप

15 hours पहिले 47 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya