Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिक खेल मैदान नबनाउन वडाध्यक्ष सिग्देलको आग्रह

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
फाल्गुन ३०, २०८२
249 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिक खेल मैदान नबनाउन वडाध्यक्ष सिग्देलको आग्रह
0 मिनेट पढ्ने
अपडेट: फाल्गुन ३०, २०८२
Advertisement

हेटौँडा, फागुन ३० गते । हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिक खेल मैदान नबनाउन आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले स्वास्थ्य क्षेत्र संवेदनशील भएको उल्लेख गर्दै प्रतिष्ठानमा भएको प्रगति र परिवर्तनलाई स्वीकार गर्न सबैलाई आग्रह गरेका छन्।

उनले आजभन्दा करिब ६ वर्षअघि हेटौंडा अस्पतालको अवस्था निकै कमजोर रहेको स्मरण गराउँदै दैनिक करिब दुई सय बिरामी आउने, ५० शय्याको अस्पतालमा सीमित डाक्टर र नर्सको दरबन्दी मात्र रहेको तथा अस्पताल मुख्यतः बिरामी रिफर गर्ने केन्द्रजस्तै बनेको बताएका छन्।

त्यसपछि तत्कालीन बागमती प्रदेश सरकारको पहलमा २०७६ सालमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको र हेटौंडा अस्पताललाई प्रतिष्ठानसँग गाभेर उपचार, अध्यापन र अनुसन्धानका तीन मुख्य कार्य अघि बढाइएको उनले उल्लेख गरेका छन्।

सिग्देलका अनुसार हाल प्रतिष्ठानअन्तर्गत ५ सय शय्याको अस्पताल सञ्चालनमा रहेको छ भने दैनिक हजारभन्दा बढी बिरामीले सेवा लिइरहेका छन्। अस्पतालमा ६० जना विशेषज्ञसहित करिब १५० जना डाक्टर तथा प्राध्यापक कार्यरत रहेका छन्।

अस्पतालमा तीन वटा अक्सिजन प्लान्ट, सुविधा सम्पन्न मातृशिशु कक्ष, दैनिक करिब ३० जनालाई डायलासिस सेवा, सिटी स्क्यान, एमआरआई, इको कार्डियोग्राम, टिएमटी, हल्टर, आईसियू, एचडियू तथा भिडियो एक्स–रेजस्ता अत्याधुनिक सेवा उपलब्ध रहेको उनले बताएका छन्। विशिष्ट प्रकृतिका केही अपरेशन बाहेक अधिकांश शल्यक्रिया यहीँ हुने अवस्था पुगेको पनि उनले जनाएका छन्।

अध्यापनतर्फ प्रतिष्ठानमा हाल बीएससी नर्सिङ, ल्याब टेक्निसियन, पब्लिक हेल्थ, फार्मेसी, एमबीबीएस तथा एमडी कार्यक्रम सञ्चालनमा रहेको र सयौं विद्यार्थी अध्ययनरत रहेको जानकारी उनले दिएका छन्।

अनुसन्धान क्षेत्रमा पनि ड्रग्स तथा टक्सिकोलोजी लगायत विभिन्न स्वास्थ्य समस्यासम्बन्धी अध्ययन भइरहेको र हालसम्म प्रतिष्ठानबाट ५५ वटा अनुसन्धान सम्पन्न भइसकेको उनले बताएका छन्।

वडाध्यक्ष सिग्देलले अस्पतालमा भएका उपलब्धि र सुधारलाई बेवास्ता गर्दै केवल कमी कमजोरी मात्र देख्ने प्रवृत्ति उचित नभएको उल्लेख गरेका छन्। अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारी प्रतिस्पर्धात्मक प्रक्रिया बिना भर्ना नभएको दाबी गर्दै उनले अनावश्यक आरोप र अफवाह फैलाएर स्वास्थ्यकर्मीलाई निरुत्साहित पार्ने काम नगर्न आग्रह गरेका छन्।

साथै अस्पतालभित्र विभिन्न समूहले प्रवेश गरी स्वास्थ्यकर्मी तथा कर्मचारीलाई निर्देशन दिने जस्ता गतिविधि अराजकता भएको उल्लेख गर्दै उनले सम्बन्धित निकायले नियमित अनुगमन गरी सेवा अझ प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

“स्वास्थ्य क्षेत्र खेलवाड गर्ने ठाउँ होइन, यसलाई कसैले पनि राजनीतिक खेल मैदान बनाउने प्रयास गर्नु हुँदैन,” सिग्देलले भनेका छन्।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6092 लेख
व्यू
आजको मिति
01
May 2026
Friday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2452 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1090 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 896 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 844 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 766 views

नयाँ समाचार

भीमेश्वरमा अपाङ्गमैत्री पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न, पहुँचयुक्त पर्यटकीय…
14 hours पहिले
मनहरी गाउँपालिकामा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि…
15 hours पहिले
पेट्रोलियम पदार्थमा मूल्य समायोजन: पेट्रोल–डिजेल सस्तो, ग्यास महँगो
16 hours पहिले
सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन गृह मन्त्रालयको…
16 hours पहिले
बज्रबाराही अजिमा जात्राको अवसरमा थाहा नगरपालिकामा वैशाख २१…
16 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

भीमेश्वरमा अपाङ्गमैत्री पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न, पहुँचयुक्त पर्यटकीय स्थल निर्माणमा जोड

14 hours पहिले 40 views

मनहरी गाउँपालिकामा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि कार्यक्रम सञ्चालन हुँदै

15 hours पहिले 54 views

पेट्रोलियम पदार्थमा मूल्य समायोजन: पेट्रोल–डिजेल सस्तो, ग्यास महँगो

16 hours पहिले 47 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya