Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

यातायात बीमामा देखिएका चुनौती समाधान गर्न विराटनगरमा सरोकारवालाबीच अन्तरक्रिया

रेडियो भरोसा अनलाईन
रिपोर्टर: रेडियो भरोसा अनलाईन
चैत्र १२, २०८२
88 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
यातायात बीमामा देखिएका चुनौती समाधान गर्न विराटनगरमा सरोकारवालाबीच अन्तरक्रिया
0 मिनेट पढ्ने
अपडेट: चैत्र १२, २०८२
Advertisement

विराटनगर, चैत १२ गते । विराटनगरमा कोशी प्रदेशको यातायात क्षेत्रमा बीमा सम्बन्धी नीति, समस्या र समाधानका उपायबारे केन्द्रित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले आयोजना गरेको हो।

कार्यक्रममा हाल लागू भइरहेका बीमा नीतिहरू, मोटर बीमाको अवस्था तथा अनिवार्य तेस्रो पक्ष मोटर बीमाको कार्यान्वयनबारे विस्तृत छलफल गरिएको थियो। साथै, बीमा दाबी प्रक्रियामा देखिएका जटिलता र सुधारका सम्भावनाबारे सरोकारवालाबीच गहन विचार आदान–प्रदान भएको थियो। कार्यक्रमको सञ्चालन सहायक निर्देशक सचिन राईले गरेका थिए।

छलफलका क्रममा प्राधिकरण, प्रदेश सरकार, प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवस्था कार्यालय तथा बीमा कम्पनीहरूबीच समन्वय थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याइएको थियो। सहभागीहरूले बीमा नगरी सवारी साधनको विलबुक नवीकरण नहुने व्यवस्था सकारात्मक भए पनि दाबी प्रक्रिया अझै ढिलो र झन्झटिलो रहेको गुनासो गरे। यस्तो अवस्थाले बीमा प्रणालीप्रति विश्वास कमजोर बनाउने उनीहरूको भनाइ थियो।

कोशी बस व्यवसायी संघका प्रतिनिधिले केही बीमा कम्पनीहरूले मात्र ‘नो क्लेम डिस्काउन्ट’ दिने र सवारी नामसारीपछि उक्त सुविधा नपाइने समस्या रहेको उल्लेख गरे। साथै, उपचारका क्रममा सक्कल बिल हराएमा प्रमाणित कागजात हुँदाहुँदै पनि दाबी नपाइने जस्ता समस्या रहेको बताइएको छ।

त्यसैगरी, नक्कली तथा किर्ते बीमा अभ्यास नियन्त्रण गर्न प्रभावकारी अनुगमन र छानबिन आवश्यक रहेकोमा जोड दिइएको थियो। ट्यांकर व्यवसायी संघका अध्यक्षले पनि दाबी प्रक्रियामा देखिएका कठिनाइबारे जानकारी गराउँदै समाधानका लागि प्राधिकरणसँग सहयोगको अपेक्षा व्यक्त गरे।

यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका प्रमुखले यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए। उनले आर्थिक जोखिम न्यूनीकरणका लागि सबै व्यवसायी तथा सेवाग्राहीलाई बीमा प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गरे।

कार्यक्रममा उठेका जिज्ञासाहरूको जवाफ दिँदै प्राधिकरणका प्रदेश प्रमुखले समस्या समाधानका लागि आवश्यक पहल गरिने बताउँदै समयमै बीमा नवीकरण गर्न र दाबी प्रक्रिया राम्रोसँग बुझ्न सबैलाई आग्रह गरे।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाईन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6054 लेख
व्यू
आजको मिति
23
April 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2444 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1079 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 888 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 832 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 758 views

नयाँ समाचार

पर्शा राष्ट्रिय निकुञ्जलाई पर्यटन गन्तव्य बनाउने पहल, चार…
4 hours पहिले
हर्क साम्पाङको फेसबुक आइडी पुनः सञ्चालनमा, ‘विरोधीहरूलाई धन्यवाद’
5 hours पहिले
अपाङ्गता भएका महिलाको सशक्तीकरणका लागि २० दिने झोला…
21 hours पहिले
राइड सेयरिङ चालकद्वारा अपशब्दसहितका भिडियो पोष्ट नगर्न प्रहरीको…
21 hours पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

पर्शा राष्ट्रिय निकुञ्जलाई पर्यटन गन्तव्य बनाउने पहल, चार स्थानीय तहबीच समन्वय बैठक सम्पन्न

4 hours पहिले 25 views

हर्क साम्पाङको फेसबुक आइडी पुनः सञ्चालनमा, ‘विरोधीहरूलाई धन्यवाद’

5 hours पहिले 27 views

अपाङ्गता भएका महिलाको सशक्तीकरणका लागि २० दिने झोला तथा ब्याग बनाउने तालिम सम्पन्न

21 hours पहिले 45 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya