Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

निजामती सेवामा पार्टीको नाम दुरुपयोगप्रति रास्वपाको आपत्ति, तटस्थता र मेरिटोक्रेसीमा जोड

रेडियो भरोसा अनलाईन
रिपोर्टर: रेडियो भरोसा अनलाईन
चैत्र १३, २०८२
87 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
निजामती सेवामा पार्टीको नाम दुरुपयोगप्रति रास्वपाको आपत्ति, तटस्थता र मेरिटोक्रेसीमा जोड
0 मिनेट पढ्ने
अपडेट: चैत्र १३, २०८२
Advertisement

काठमाडौं, चैत १३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निजामती सेवाभित्र आफ्नो पार्टी र नेतृत्वको नाम जोडेर भ्रम सिर्जना गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्ता कुनै पनि समूह, अभियान वा युनियन शैलीका संयन्त्रहरूसँग आफ्नो कुनै सम्बन्ध, समर्थन वा संलग्नता नरहेको स्पष्ट पारेको हो।

विज्ञप्तिमा रास्वपाले स्थापना कालदेखि नै सार्वजनिक प्रशासनलाई राजनीतिक हस्तक्षेपमुक्त, व्यावसायिक र जनउत्तरदायी बनाउनुपर्ने मान्यता राख्दै आएको उल्लेख गरिएको छ। हालै सम्पन्न आम निर्वाचनमा समेत निजामती सेवालाई तटस्थ, निष्पक्ष र व्यवसायिक बनाउँदै सार्वजनिक सेवा प्रवाह तथा विकास व्यवस्थापनलाई प्रभावकारी बनाउने प्रतिबद्धता गरिएको पार्टीले जनाएको छ।

पछिल्लो समय निजामती सेवाभित्र विभिन्न नाममा समूह गठन गरी पार्टी र नेतृत्वको नाम जोडेर भ्रम फैलाउने प्रयास भइरहेको सूचनाप्रति पार्टीले चिन्ता व्यक्त गरेको छ। यस्तो गतिविधिबाट सचेत रहन कर्मचारी तथा सरोकारवालाहरूलाई आग्रह गर्दै रास्वपाले कसैले आफ्नो स्वार्थ पूरा गर्न पार्टीको नाम दुरुपयोग गरेमा त्यसमा नफस्न अपिल गरेको छ।

पार्टीले कर्मचारीको प्रमुख धर्म ‘जनसेवा’ र पहिचान ‘व्यावसायिकता’ हुनुपर्ने धारणा पुनः दोहोर्‍याउँदै कुनै पनि राजनीतिक दल वा शक्ति केन्द्रको प्रभावमा प्रशासनिक संयन्त्र चल्नु नहुने स्पष्ट पारेको छ। साथै, निजामती सेवामा ‘मेरिटोक्रेसी’ अर्थात् योग्यता प्रणालीका आधारमा सञ्चालन हुनुपर्नेमा जोड दिँदै कर्मचारीहरू राज्य र जनताप्रति मात्र उत्तरदायी हुनुपर्ने बताइएको छ।

रास्वपाले विगतमा देखिएका दलीय हस्तक्षेप, त्रास सिर्जना गर्ने प्रवृत्ति तथा राजनीतिक आडमा काम गर्ने संस्कृतिको अन्त्य हुनुपर्नेमा जोड दिँदै सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई पूर्ण तटस्थ, निष्पक्ष र जिम्मेवार भई जनताको सेवामा समर्पित हुन आग्रह गरेको छ।

उक्त विज्ञप्तिमा पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीको हस्ताक्षर रहेको छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाईन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6054 लेख
व्यू
आजको मिति
23
April 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2444 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1079 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 888 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 832 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 758 views

नयाँ समाचार

पर्शा राष्ट्रिय निकुञ्जलाई पर्यटन गन्तव्य बनाउने पहल, चार…
4 hours पहिले
हर्क साम्पाङको फेसबुक आइडी पुनः सञ्चालनमा, ‘विरोधीहरूलाई धन्यवाद’
5 hours पहिले
अपाङ्गता भएका महिलाको सशक्तीकरणका लागि २० दिने झोला…
21 hours पहिले
राइड सेयरिङ चालकद्वारा अपशब्दसहितका भिडियो पोष्ट नगर्न प्रहरीको…
21 hours पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

पर्शा राष्ट्रिय निकुञ्जलाई पर्यटन गन्तव्य बनाउने पहल, चार स्थानीय तहबीच समन्वय बैठक सम्पन्न

4 hours पहिले 25 views

हर्क साम्पाङको फेसबुक आइडी पुनः सञ्चालनमा, ‘विरोधीहरूलाई धन्यवाद’

5 hours पहिले 27 views

अपाङ्गता भएका महिलाको सशक्तीकरणका लागि २० दिने झोला तथा ब्याग बनाउने तालिम सम्पन्न

21 hours पहिले 45 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya