Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

चितवनमा गैंडा–सुरक्षाकर्मी भिडन्त: आत्मरक्षाका क्रममा गोली लागेर पोथी गैंडाको मृत्यु, एक सिपाही घाइते

रेडियो भरोसा अनलाईन
रिपोर्टर: रेडियो भरोसा अनलाईन
चैत्र २८, २०८२
82 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
चितवनमा गैंडा–सुरक्षाकर्मी भिडन्त: आत्मरक्षाका क्रममा गोली लागेर पोथी गैंडाको मृत्यु, एक सिपाही घाइते
0 मिनेट पढ्ने
अपडेट: चैत्र २८, २०८२
Advertisement

चितवन,चैत २८ गते । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले हिजो (चैत्र २७ गते) भएको एक गम्भीर घटनाबारे प्रेस विज्ञप्ति जारी गर्दै निकुञ्जको कोर क्षेत्रमा गस्तीका क्रममा गैंडा आक्रमण भएको जनाएको छ।

निकुञ्ज सुरक्षार्थ खटिएको श्री नयाँ गोर्खा गण अन्तर्गत सेरी सुरक्षा पोस्टबाट खटिएको गस्ती टोली दिउँसो करिब १२:५० बजे नियमित गस्तीमा रहेको अवस्थामा बच्चासहितको अर्धवयस्क पोथी एक सिङ्गे गैंडासँग जम्का भेट भएको थियो।

गस्ती टोलीले सुरक्षात्मक उपाय अपनाउँदा अपनाउँदै पनि अचानक उक्त गैंडाले एकजना सिपाही माथि आक्रमण गरेको विज्ञप्तिमा उल्लेख छ। त्यसपछि टोलीका कमाण्डरले गैंडा धपाउन १० राउन्ड हवाई फायर गरे पनि गैंडा नभागेपछि थप ४ राउन्ड हवाई फायर गरिएको थियो।

तत्पश्चात पनि गैंडाले आक्रमण जारी राखेपछि सुरक्षाकर्मीको ज्यान जोगाउन बाध्य भई थप दुई राउन्ड गोली चलाइएको थियो। सो क्रममा चलेको गोली गैंडाको करङ (पेटभन्दा माथिल्लो भाग) मा लागेर करिब २४ वर्षको उक्त पोथी गैंडाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

घटनापछि मृत गैंडाको खाग (खोर) सुरक्षित राखिएको छ भने निकुञ्जका पशु चिकित्सक टोलीले पोस्टमार्टम गर्दा गैंडाको फोक्सोमा प्वाल परेको पुष्टि भएको छ।

आक्रमणमा घाइते भएका सिपाहीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी श्री वीरेन्द्र अस्पताल मा लगेर उपचार भइरहेको बताइएको छ, जहाँ उनको सघन उपचार जारी छ।

निकुञ्ज प्रशासनले घटनाबारे सम्बन्धित सबैलाई जानकारी गराउँदै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि थप सतर्कता अपनाइने जनाएको छ।

यो विज्ञप्ति हेर्नुहोस्।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाईन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6042 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2440 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

सरकारी विज्ञापनमा विभेदको विरोध गर्दै नेपाल पत्रकार महासङ्घको…
7 minutes पहिले
हेटौडा–१५, १६ र १७ मा ४०० केभी ढल्केवर–दुहबी…
25 minutes पहिले
महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
21 hours पहिले
“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री…
21 hours पहिले
“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन”…
21 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

सरकारी विज्ञापनमा विभेदको विरोध गर्दै नेपाल पत्रकार महासङ्घको देशव्यापी दबाब कार्यक्रम घोषणा

7 minutes पहिले 0 views

हेटौडा–१५, १६ र १७ मा ४०० केभी ढल्केवर–दुहबी प्रसारण लाइन विस्तार: स्थानीयमा त्रास, कानुनी संघर्षको तयारी

25 minutes पहिले 0 views

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली गर्न अन्तिम चेतावनी, अटेर गरे कानुनी कारबाही हुने

21 hours पहिले 97 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya