Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

अब राहदानी घरमै: हेटौडामा हुलाकमार्फत ‘डोर–टु–डोर’ सेवा सुरु

रेडियो भरोसा अनलाईन
रिपोर्टर: रेडियो भरोसा अनलाईन
बैशाख २, २०८३
54 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
अब राहदानी घरमै: हेटौडामा हुलाकमार्फत ‘डोर–टु–डोर’ सेवा सुरु
0 मिनेट पढ्ने
अपडेट: बैशाख २, २०८३
Advertisement

हेटौडा,बैशाख २ गते । हेटौडाका सेवाग्राहीहरूका लागि राहदानी लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने झन्झट अब हटेको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले बुधबारदेखि हुलाक कार्यालय मकवानपुरसँगको समन्वयमा राहदानी घर–घरमै पुर्‍याउने सेवा सुरु गरेको हो।

नयाँ व्यवस्थाअनुसार राहदानी तयार भइसकेपछि सेवाग्राहीले कार्यालय पुग्नुपर्दैन; हुलाक मार्फत सिधै घरमै पुगेर हस्तान्तरण गरिन्छ। सेवा सुरु भएको पहिलो दिनमै हेटौडा उपमहानगरपालिका–४ का २२ वर्षीय निश्चल मानन्धरको घरमै राहदानी पुर्‍याएर कार्यक्रमको औपचारिक थालनी गरिएको थियो। सो क्रममा हुलाकका कर्मचारी, कार्यालय प्रमुख र प्रशासनका प्रतिनिधि स्वयं घरमै पुगेर राहदानी हस्तान्तरण गरेका थिए।

घरमै सेवा पाउँदा उत्साहित मानन्धरले सरकारले यस्तो सुविधा अन्य क्षेत्रहरूमा पनि विस्तार गर्नुपर्ने सुझाव दिएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार पहिलो दिनमै ५० वटा राहदानी हुलाकमार्फत पठाइएको छ र सोही दिन वितरण गर्ने लक्ष्य राखिएको छ।

यो पहल सरकारद्वारा घोषणा गरिएको ‘घरदैलोमै सेवा’ भन्ने शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु गरिएको हो। सेवाले नागरिकको समय र खर्च दुवै बचाउने अपेक्षा गरिएको छ।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार प्रारम्भिक चरणमा सेवा हेटौडा उपमहानगरपालिका भित्र मात्र सञ्चालन गरिनेछ। हाल कार्यालयमा थन्किएका करिब ५०० राहदानीलाई पहिलो चरणमै वितरण गर्ने योजना बनाइएको छ।

दीर्घकालीन रूपमा भने नागरिकता, राष्ट्रिय परिचयपत्र तथा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जस्ता सेवाहरू समेत घरमै उपलब्ध गराउने लक्ष्य प्रशासनले राखेको छ। स्रोत–साधन र सुरक्षाका कारण तत्काल अन्य पालिकामा सेवा विस्तार गर्न नसकिए पनि उपमहानगरभित्र भने सहज रूपमा सञ्चालन भइरहेको बताइएको छ।

हुलाक कार्यालयका अनुसार नजिकका क्षेत्रमा सोही दिन र टाढाका वडामा बढीमा भोलिपल्टसम्म राहदानी पुर्‍याउने व्यवस्था मिलाइएको छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाईन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6022 लेख
व्यू
आजको मिति
17
April 2026
Friday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2434 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1073 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 881 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 824 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 751 views

नयाँ समाचार

हेटौंडा–१८ भक्तिचोकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, ४ जना…
6 hours पहिले
मकवानपुरमा ६५० भन्दा बढी राहदानी अलपत्र, सेवाग्राहीलाई छिटो…
11 hours पहिले
निजगढमा दृष्टिविहीन क्रिकेट प्रशिक्षण सम्पन्न
1 day पहिले
मकवानपुरमा फोन मार्फत ज्यान मार्ने धम्कीको आरोप, सुरक्षाको…
1 day पहिले
हेटौडा–१३ मा सामाजिक सुरक्षा भत्ता वितरण सुरु, तोकिएको…
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौंडा–१८ भक्तिचोकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, ४ जना घाइते

6 hours पहिले 5 views

मकवानपुरमा ६५० भन्दा बढी राहदानी अलपत्र, सेवाग्राहीलाई छिटो बुझ्न प्रशासनको आग्रह

11 hours पहिले 51 views

निजगढमा दृष्टिविहीन क्रिकेट प्रशिक्षण सम्पन्न

1 day पहिले 67 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya