Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तालमेल भद्रगोल अवस्था

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
फाल्गुन २८, २०७९
71 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तालमेल भद्रगोल अवस्था
0 मिनेट पढ्ने
अपडेट: फाल्गुन २८, २०७९
Advertisement

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सत्ता गठबन्धन निकट विद्यार्थी संगठनबीचको तालमेलमा भद्रगोल देखिएको छ । काठमाडौँ उपत्यकाका २२ आंगिक र ६ सामुदायिक क्याम्मसमा कांग्रेस निकट नेविसंघ, माओवादी निकट अखिल क्रान्तिकारी र नेकपा एकीकृत समाजवादी अनेरास्ववियूबीच भएको तालमेल कार्यान्वयनमा समस्या देखिएको हो । त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनका लागि तीन संगठनबीच तालमेल भएको छ । उपत्यकाका २८ वटा क्याम्पसमा नेविसंघले १५, अनेरास्ववियु क्रान्तिकारी १० र अनेरास्ववियूले तीन वटामा नेतृत्व भागबन्डा गरेका छन् ।

नेविसंघले त्रिवि केन्द्रीय क्याम्पस, नेपाल कमर्स क्याम्पस, त्रिचन्द्र क्याम्पस, पद्मकन्या बहुमुखी क्याम्पस, शङ्करदेव क्याम्पस, महाराजगन्ज क्याम्पस, महाराजगन्ज नर्सिङ क्याम्पस, आयुर्वेद क्याम्पस, पशुपति बहुमुखी क्याम्पस, पाटन संयुक्त क्याम्पस, जनप्रशासन क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस, ग्रामीण आदर्श क्याम्पस, कोटेश्वर बहुमुखी क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, शिक्षा क्याम्पस थलीको सभापति पद पाउने सहमति थियो ।

यस्तै, अखिल (क्रान्तिकारी)ले थापाथली इन्जिनियरिङ क्याम्पस, सानो ठिमी बहुमुखी क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस, नेपाल ल क्याम्पस, पब्लिक यूथ क्याम्पस, विश्व भाषा क्याम्पस, नेसनल इन्जिनियरिङ र हिमालयन इन्जिनियरिङको नेतृत्व पाउने सहमति थियो ।
अनेरास्ववियूले आरआर क्याम्पस, महेन्द्ररत्न बहुमुखी क्याम्पस, बानेश्वर बहुमुखी क्याम्पसमा स्ववियु सभापति पाउने गरी सहमति भएको थियो । तर, शनिवार उपत्यकाका अधिकांश क्याम्पसमा गठबन्धन सम्बद्ध विद्यार्थीको तालमेल कार्यान्वयन नहुने गरी उम्मेदवारी दर्ता भएको पाइएको छ । उपत्यका बाहिर पनि सत्ता गठबन्धन निकट विद्यार्थी संगठन विभाजित भएको छन् ।

नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले आफू अनुकूल एमाले निकट अनेरास्ववियुसँग समेत तालमेल गरेका छन् । काठमाडौँ उपत्यकाको हकमा अनेरास्ववियु र सत्ता गठबन्धन सम्बद्ध विद्यार्थी संगठनबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । तर केन्द्रीय क्याम्पस कीर्तिपुर र जनप्रशासन क्याम्पस, शङ्करदेव, पद्मकन्या लगायतमा गठबन्धनभित्रै बागी उम्मेदवारी परेको छ । गठबन्धनबाहेक नेविसंघभित्रै पनि उपत्यका अधिकांश क्याम्पसमा बागी उम्मेदवारी परेको छ । नेविसंघले सभापति पाएको त्रिवि, जनप्रशासन, शङ्करदेव, पब्लिक यूथ लगायतका क्याम्पसमा बागी उम्मेदवार परेको छ ।

केही क्याम्पसमा निर्वाचन अनिश्चित

शनिवार समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी नामावली दाखिला र प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशन गर्ने काम भएको थियो । तर, उपत्यका र उपत्यका बाहिर ७–७ वटा क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ । उपत्यकाभित्र पाटन, नेपाल कमर्स, त्रिचन्द्र, सरस्वती, आयुर्वेद, आरआर, विश्व भाषा क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ । त्रिचन्द्र र आयुर्वेद क्याम्पसमा भर्नाको समय सकेपछि नयाँ भर्ना लिएको भन्दै एक सातादेखि विवाद छ । विवादका कारण निर्वाचनको कुनै पनि काम अघि बढ्न सकेको छैन । सरस्वती, आरआर, पाटनमा विद्यार्थी संगठनबीच आपसी द्वन्द्वको कारण समस्या देखिएको छ ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय प्रमुख प्रा. डा. पशुपति अधिकारीका अनुसार देशैरभका ६२ आंगिकमध्ये ५० भन्दा बढी क्याम्पसमा उम्मेदवारी दर्ता प्रक्रिया पूरा भएको छ । उपत्यका बाहिर पृथ्वीनारायण पोखरा, पाल्पा, चितवन, वीरगन्जको ठाकुरराम, सिराहा, धौलागिरि क्याम्पस वागलुङगलगायत केही क्याम्पसमा निर्वाचन अनिश्चित भएको छ । ती क्याम्पसहरूमा कहिले निर्वाचन हुन्छ भन्ने विषयमा टुङ्गो नलागेको उनको भनाइ छ । स्ववियु निर्वाचन निर्देशिकामा निर्वाचन स्थगित भए त्यसको ३० दिनभित्र निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । ३० दिनभित्र निर्वाचनको दिन तोक्ने अधिकार क्याम्पस प्रमुखलाई दिइएको छ ।

अधिकारीले केही क्याम्पस बाहेक निर्वाचनको कार्यतालिका अनुसार निर्वाचनको प्रक्रिया अघि बढेको बताए । अधिकारीकाले भने, ‘निर्वाचन रोकिएको क्याम्पसबाट के माग आउँछ ? त्यही अनुसार हामी बैठक बसेर निर्णय गर्छौँ ।’ कुनै कारणवश निर्धारित मितिमा निर्वाचन हुन नसकेमा ६–६ महिनामा समय थप गर्न सक्ने छ । ६२ वटा आंगिक क्याम्पस मध्ये गोरखा क्याम्पस र धनकुटा क्याम्पसमा निर्विरोध स्ववियु नेतृत्व चयन भएको छ । यस्तै सामुदायिक क्याम्पसतर्फ ५० भन्दा बढीमा निर्विरोध नेतृत्व चयन भएको अधिकारीले रातोपाटीलाई बताए ।

विधानतः प्रत्येक वर्ष हुनुपर्ने र व्यवहारमा दुई दुई वर्षमा हुने गरेको स्ववियु निर्वाचन लामो समयपछि हुँदै छ । त्रिविमा २०१८–१९ सालदेखि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुरु भएको हो । सुरुका वर्षमा प्रत्येक वर्ष हुने गरेकोमा २०३६ सालपछि प्रत्येक दुई वर्षको अन्तरालमा निर्वाचन हुँदै आएको छ । पछिल्लो पटक ०६५ चैत ६ गते स्ववियु निर्वाचन भएको थियो ।

दुई सयसम्म विद्यार्थी रहेको क्याम्पसमा पदाधिकारीसहित ११ जना, दुई सयभन्दा बढी एक हजारसम्म विद्यार्थी सङ्ख्या भएमा १५, एक हजारभन्दा बढी तीन हजारसम्म विद्यार्थी भएमा १९ र तीन हजारभन्दा बढी विद्यार्थी भएका क्याम्पसमा २१ जनाको स्ववियु कार्यसमिति हुने व्यवस्था छ । त्रिविले २०७३ सालदेखि मिश्रित प्रणालीमा निर्वाचन सुरु गरेको हो । जसअनुसार सभापति, सचिव तथा कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ भने उपसभापति र उपसचिव समानुपातिक एवं ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुनेछन् ।

एमाले–अखिल भर्सेस गठबन्धन विद्यार्थी संगठन

एमालेनिकट अनेरास्ववियु

त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुर–प्रकाश विष्ट

महेन्द्र रत्न क्याम्पस ताहाचल–ईश्वर थापा

पाटन संयुक्त क्याम्पस पाटन–सुरेश जिसी

नेपाल ल क्याम्पस–कैलाश तामाङ

शङ्करदेव क्याम्पस–सुना तिवारी

विश्व भाषा क्याम्पस–जोन रम्तेल

अमृत साइन्स क्याम्पस–कमल जोशी

आइओएम मेडिकल कलेज–आनन्दकुमार सिंह

महाराजगन्ज नर्सिङ क्याम्पस–नविना बस्नेत

पद्मकन्या क्याम्पस–सुनेना श्रेष्ठ

ललितकला क्याम्पस–सुजन श्रेष्ठ

सानो ठिमी शिक्षा क्याम्पस–उमेश सापकोटा

जनप्रशासन क्याम्पस–अग्र शाही

पब्लिक यूथ क्याम्पस–लक्ष्मण दुलाल

भक्तपुर बहुमुखी क्याम्पस–यादव दुलाल

पुल्चोक इन्जिनियरिङ कलेज–विराण अर्याल

थापाथली इन्जिनियरिङ क्याम्पस–प्रवीन थापा

केइसी कलेज–सक्रिय सुवेदी

एनआर क्याम्पस–अर्जुन खड्का

पशुपति क्याम्पस–प्रकाश अधिकारी

कान्तिपुर क्याम्पस–सुवास तामाङ

पिपुल्स क्याम्पस–राज्यात भण्डारी

हिमालयन इन्जिनियरिङ कलेज–माधव गौतम

कान्तिपुर इन्जिनियरिङ कलेज–राज महर्जन

क्याथफोर्ड इन्जिनियरिङ कलेज–सुनिलसिंह ठकुरी

एडभान्स कलेज–निर्माण कुँवर

वाल्मीकि संस्कृत क्याम्पस–राजेश घिमिरे

गठबन्धन–नेविसंघ

त्रिवि केन्द्रीय क्याम्पस–श्यामराज ओझा

बागी–विष्णु बडेला

जनप्रशासन क्याम्पस–श्याम पाण्डे

बागी–शिशिर पाण्डे

पब्लिक युथ क्याम्पस–नवीन पाण्डे

बागी–शोभा बस्ताकोटी

शङ्करदेव क्याम्पस–सुशान्त सिंह बस्नेत

बागी– सुशील धामी

पद्मकन्या क्याम्पस–ज्योति पनेरू

अमृत साइन्स क्याम्पस–प्रकाश अर्याल

विश्व भाषा क्याम्पस–नवीन जोशी

पिपुल्स क्याम्पस–प्रदीपजंग शाह

एनआर कलेज–सुशान्त सिटौला

महाराजगन्ज नर्सिङ क्याम्पस–धनुष विक

हिमालयन इन्जिनियरिङ कलेज–रियाज पुडासैनी

कान्तिपुर इन्जिनियर कलेज–अभिषेक पाण्डे

गठबन्धन – अखिल क्रान्तिकारी

त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुर–विपिन विक

पद्मकन्या बहुमुखी–तिर्सना आले मगर

शङ्करदेव क्याम्पस–वीरेन्द्र जिसी

पाटन संयुक्त क्याम्पस–वीरेन्द्र मगर

अमृत साइन्स (अस्कल)–विश्राम शर्मा

आईओएम महाराजगन्ज–अशोक जिएम

जनप्रशासन क्याम्पस–अभिषेक ठाकुर

थापाथली क्याम्पस–सुशील क्षेत्री

सानो ठिमी क्याम्पस–रेशम श्रेष्ठ

पुल्चोक इन्जिनियरिङ–अजय मण्डल

नेपाल ल क्याम्पस–विष्णु ढुङ्गेल

पब्लिक यूथ क्याम्पस–गौरव सेडाई

विश्व भाषा क्याम्पस–दीपक थापा

महेन्द्ररत्न क्याम्पस –लक्ष्मी रातेल

एनआर क्याम्पस–सन्तोष घिमिरे

नेसनल इन्जिनियरिङ कलेज–सन्देश भण्डारी

हिमालयन इन्जिनियरिङ कलेज–अभिषेक थापा

बानेश्वर बहुमुखी क्याम्पस–नवीन शाही

गठबन्धन– अनेरास्ववियू

केन्द्रीय क्याम्पस कीर्तिपुर–समीर गौतम

प्रशासन क्याम्पस–हिमा थापा क्षेत्री

मनहेन्द्ररत्न क्याम्पस–पूर्ण संगम जेठारा

फोर्ड इन्जिनियरिङ कलेज–वासुदेव सुवेदी

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6042 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2440 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

सरकारी विज्ञापनमा विभेदको विरोध गर्दै नेपाल पत्रकार महासङ्घको…
5 minutes पहिले
हेटौडा–१५, १६ र १७ मा ४०० केभी ढल्केवर–दुहबी…
23 minutes पहिले
महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
21 hours पहिले
“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री…
21 hours पहिले
“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन”…
21 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

सरकारी विज्ञापनमा विभेदको विरोध गर्दै नेपाल पत्रकार महासङ्घको देशव्यापी दबाब कार्यक्रम घोषणा

5 minutes पहिले 0 views

हेटौडा–१५, १६ र १७ मा ४०० केभी ढल्केवर–दुहबी प्रसारण लाइन विस्तार: स्थानीयमा त्रास, कानुनी संघर्षको तयारी

23 minutes पहिले 0 views

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली गर्न अन्तिम चेतावनी, अटेर गरे कानुनी कारबाही हुने

21 hours पहिले 97 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya