Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

एआई र खोजमूलक पत्रकारिता अपनाउनुपर्नेमा जोड, महिला पत्रकारलाई प्रविधिमैत्री बनाउने पहल

रेडियो भरोसा अनलाईन
रिपोर्टर: रेडियो भरोसा अनलाईन
बैशाख १३, २०८३
63 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
एआई र खोजमूलक पत्रकारिता अपनाउनुपर्नेमा जोड, महिला पत्रकारलाई प्रविधिमैत्री बनाउने पहल
0 मिनेट पढ्ने
अपडेट: बैशाख १३, २०८३
Advertisement

धुलिखेल,बैशाख १३ गते । नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले परम्परागत पत्रकारिता मात्रको भरमा प्रतिस्पर्धी मिडिया क्षेत्रमा टिकिरहन कठिन बन्दै गएको बताएका छन्। उनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता अत्याधुनिक प्रविधिको प्रयोग गर्दै खोजमूलक पत्रकारितामा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याए।

बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशको समन्वयमा धुलिखेलमा सम्पन्न दुई दिने ‘खोजमूलक पत्रकारिता तथा एआईको प्रयोग’ सम्बन्धी अभिमुखीकरण कार्यक्रमको समापन सत्रमा बोल्दै अध्यक्ष मगरले यस्तो धारणा राखेका हुन्।

उनले एआईको प्रयोगले पत्रकारितालाई थप प्रभावकारी, तथ्यपरक र समयानुकूल बनाउन सक्ने उल्लेख गर्दै विशेषगरी महिला पत्रकारहरूलाई प्रविधिमैत्री बनाउने र सामाजिक विकाससँग सम्बन्धित विषयहरू गहिराइबाट उठाउन यस्ता कार्यक्रम उपयोगी हुने बताए।

अध्यक्ष मगरले निजी तथा सामुदायिक सञ्चारमाध्यमले आमसञ्चार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै सरकारी विज्ञापन वितरण प्रणालीमा सुधार आवश्यक रहेको बताए। उनले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्ने व्यवस्था अन्त्य गरी सबै सञ्चारमाध्यमलाई समान अवसर दिनुपर्ने माग गरे। साथै विज्ञापन वितरण प्रक्रियालाई बिचौलिया मुक्त, पारदर्शी र निष्पक्ष बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रमका सभाध्यक्ष तथा सामाजिक विकास मन्त्रालयका सचिव खुविराम अधिकारीले तालिमबाट प्राप्त ज्ञान र सीप व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरे। उनले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी र परिष्कृत बनाउने प्रतिबद्धता व्यक्त गरे।

नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले सामाजिक सञ्जालको बढ्दो प्रभावका बीच महिला पत्रकारहरूको पलायन रोक्न यस्ता क्षमता अभिवृद्धि कार्यक्रम महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

दुई दिने प्रशिक्षणमा सरिता दाहालले महिला पत्रकारको सुरक्षा र लैंगिक समानता, नितु पण्डितले पत्रकार आचारसंहिता तथा फेक न्यूज र अजय शर्माले एआई प्रयोग गरी समाचार सामग्री निर्माणबारे प्रशिक्षण दिएका थिए। कार्यक्रममा बागमती प्रदेशका १३ जिल्लाबाट २१ जना सक्रिय महिला पत्रकारहरूको सहभागिता रहेको थियो।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाईन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6067 लेख
व्यू
आजको मिति
27
April 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2449 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1084 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 893 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 839 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 764 views

नयाँ समाचार

संघीय निजामती सेवा विधेयकको मस्यौदामा ३,५०० भन्दा बढी…
2 hours पहिले
हेटौँडा सहकारी घटनामा गम्भीर प्रश्न: निष्पक्ष छानबिन र…
3 hours पहिले
डेरी उद्योगको ढिलाइमा प्रशासन कडा: किसानको बक्यौता नतिरे…
3 hours पहिले
हेटौंडाका वडाध्यक्ष नवीन सिग्देलको आक्रोश: “भाद्र २३–२४ का…
17 hours पहिले
एआई र खोजमूलक पत्रकारिता अपनाउनुपर्नेमा जोड, महिला पत्रकारलाई…
18 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

संघीय निजामती सेवा विधेयकको मस्यौदामा ३,५०० भन्दा बढी सुझाव, थप राय दिन मन्त्रालयको आह्वान

2 hours पहिले 37 views

हेटौँडा सहकारी घटनामा गम्भीर प्रश्न: निष्पक्ष छानबिन र सत्य सार्वजनिक गर्न माग

3 hours पहिले 73 views

डेरी उद्योगको ढिलाइमा प्रशासन कडा: किसानको बक्यौता नतिरे कानुनी कारबाहीको चेतावनी

3 hours पहिले 41 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya