Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

रेडियो भरोसा अनलाईन
रिपोर्टर: रेडियो भरोसा अनलाईन
बैशाख १६, २०८३
49 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम
0 मिनेट पढ्ने
अपडेट: बैशाख १६, २०८३
Advertisement

चितवन,बैशाख १६ गते । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले मध्यवर्ती क्षेत्रभित्र रहेका अतिक्रमित वन क्षेत्र खाली गर्न १५ दिने सार्वजनिक सूचना जारी गरेको छ। निकुञ्ज अन्तर्गतका मध्यवर्ती सामुदायिक वन, कबुलियत वन तथा सडक, खोला र नदी किनार आसपासका वन क्षेत्रमा अनाधिकृत रूपमा अतिक्रमण गरी बसोबास तथा विभिन्न संरचना निर्माण गरिएको पाइएपछि यस्तो कदम चालिएको हो।

कार्यालयका अनुसार अतिक्रमण गरेर स्थायी तथा अस्थायी प्रकृतिका घर, टहरा, छाप्रो, पिकनिक स्पोर्ट मञ्च लगायतका संरचना निर्माण गर्नुका साथै खेतीपाती समेत गरिएको भेटिएको छ। यस्ता गतिविधि प्रचलित कानुन विपरीत भएको जनाउँदै निकुञ्जले आफ्नो हक नपुग्ने वन क्षेत्र कब्जा गर्न, रुख काट्न वा वन फडानी गर्न नपाइने स्पष्ट पारेको छ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली, २०५२ को नियम १७ (क) अनुसार यस्तो कार्य कसुर मानिने भएकाले अतिक्रमण गरी बनाइएका सबै संरचना तथा खेतीपाती १५ दिनभित्र हटाउन निर्देशन दिइएको छ।

तोकिएको समयसीमाभित्र अटेर गरेमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ को उपदफा (६) अनुसार कारबाही हुने चेतावनी दिइएको छ। जसअन्तर्गत बिगो कायम भएमा दोब्बर जरिवाना र एक वर्षसम्म कैद सजाय हुन सक्नेछ भने बिगो कायम नभए पनि कसुरको प्रकृति अनुसार २० हजार रुपैयाँसम्म जरिवाना, ६ महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने उल्लेख गरिएको छ।

निकुञ्ज कार्यालयले सबै सरोकारवालालाई समयमै अतिक्रमण हटाई कानुनी प्रक्रियामा सहयोग गर्न अनुरोध गरेको छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाईन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6092 लेख
व्यू
आजको मिति
01
May 2026
Friday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2452 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1090 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 896 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 844 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 766 views

नयाँ समाचार

भीमेश्वरमा अपाङ्गमैत्री पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न, पहुँचयुक्त पर्यटकीय…
12 hours पहिले
मनहरी गाउँपालिकामा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि…
13 hours पहिले
पेट्रोलियम पदार्थमा मूल्य समायोजन: पेट्रोल–डिजेल सस्तो, ग्यास महँगो
14 hours पहिले
सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन गृह मन्त्रालयको…
14 hours पहिले
बज्रबाराही अजिमा जात्राको अवसरमा थाहा नगरपालिकामा वैशाख २१…
14 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

भीमेश्वरमा अपाङ्गमैत्री पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न, पहुँचयुक्त पर्यटकीय स्थल निर्माणमा जोड

12 hours पहिले 40 views

मनहरी गाउँपालिकामा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि कार्यक्रम सञ्चालन हुँदै

13 hours पहिले 54 views

पेट्रोलियम पदार्थमा मूल्य समायोजन: पेट्रोल–डिजेल सस्तो, ग्यास महँगो

14 hours पहिले 47 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya