Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

शिवम् सिमेन्टविरुद्ध आन्दोलनको घोषणा: “जनताको स्वास्थ्यसँग खेलवाड अब सहिन्न” — विशालराज महत

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
बैशाख १८, २०८३
104 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
शिवम् सिमेन्टविरुद्ध आन्दोलनको घोषणा: “जनताको स्वास्थ्यसँग खेलवाड अब सहिन्न” — विशालराज महत
0 मिनेट पढ्ने
अपडेट: बैशाख १८, २०८३
Advertisement

हेटौडा,बैशाख १८ गते । शिवम् सिमेन्ट उद्योगबाट निस्कने धुवाँ–धुलोका कारण स्थानीय बासिन्दाको स्वास्थ्यमा गम्भीर असर परेको भन्दै सामाजिक अभियान्ता तथा सेवा सहयोग र आवाज अभियानका अध्यक्ष विशालराज महतले कडा विरोध जनाउँदै आन्दोलनको घोषणा गरेका छन्।

महतले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको आफ्नो धारणा मार्फत उद्योगको ज्यादती दिनानुदिन बढ्दै गएको आरोप लगाएका छन्। पटक–पटक आवाज उठाउँदा पनि समस्या समाधान हुन नसकेको र जनताको आन्दोलनलाई कमजोर बनाउन विभिन्न बहानाहरू प्रयोग गरिएको उनले उल्लेख गरेका छन्।

१७ नम्बर वडाध्यक्षको संयोजकत्वमा गठन गरिएको समिति पनि समस्या समाधानभन्दा जनतालाई झुक्याउने उद्देश्यले बनाइएको अहिले स्पष्ट भएको महतको दाबी छ। समिति बनेपछि पनि उद्योगबाट निरन्तर धुवाँ–धुलो उडिरहेको भिडियो तथा तस्बिरहरू सार्वजनिक हुँदै आएको उनले बताएका छन्।

केही समय “सुधार हुँदै होला” भन्ने आशामा मौन बसे पनि पछिल्ला प्रमाणहरूले यो अवस्था सुधार नभई जनताको स्वास्थ्यप्रति गम्भीर लापरबाही भएको पुष्टि गरेको उनले उल्लेख गरेका छन्। उनले यस अवस्थालाई “संगठित बेवास्ता” र “जनतामाथिको हेपाहा प्रवृत्ति”को संज्ञा दिएका छन्।

महतका अनुसार अब चुप लागेर बस्ने अवस्था समाप्त भएको छ। “जनताको स्वास्थ्यभन्दा ठूलो कुनै पनि उद्योग, पैसा वा राजनीतिक स्वार्थ हुन सक्दैन,” उनले भनेका छन्।

आन्दोलनका कार्यक्रमअन्तर्गत संघर्ष, प्रतिकार र घेराउका कार्यक्रम अघि बढाइने जानकारी दिँदै उनले नगरपालिका, वातावरण शाखा, उद्योग मन्त्रालयलगायत सम्बन्धित निकायलाई दबाब सिर्जना गर्न सबै सरोकारवालाहरूलाई एकजुट हुन आह्वान गरेका छन्।

“अति गर्नु अत्याचार हो, अब अत्याचार सहिन्न,” भन्दै उनले जनताको स्वास्थ्यसँग खेलवाड गर्नेहरूलाई जवाफदेही बनाइने चेतावनी दिएका छन्। “यो चेतावनी होइन—यो संघर्षको घोषणा हो,” महतले उल्लेख गरेका छन्।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6115 लेख
व्यू
आजको मिति
05
May 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2459 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1092 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 901 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 847 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 769 views

नयाँ समाचार

हावाहुरीले उडायो विद्यालयको छाना, मकवानपुरको लिक्चेमा पठनपाठन प्रभावित
2 hours पहिले
शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने प्रधानमन्त्री बालेन्द्र…
2 hours पहिले
सुकुम्बासी बस्तीमा डोजर चलाएकोप्रति एमाले मकवानपुरको आपत्ति, ‘राज्य…
14 hours पहिले
इन्द्र बानियामाथि छापामारीप्रति कांग्रेस मकवानपुरको आपत्ति, राजनीतिक पूर्वाग्रहको…
15 hours पहिले
साइबर ब्युरोको नाम दुरुपयोग गरी अनलाइन ठगी गर्ने…
15 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हावाहुरीले उडायो विद्यालयको छाना, मकवानपुरको लिक्चेमा पठनपाठन प्रभावित

2 hours पहिले 30 views

शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा

2 hours पहिले 43 views

सुकुम्बासी बस्तीमा डोजर चलाएकोप्रति एमाले मकवानपुरको आपत्ति, ‘राज्य आतंक’ को आरोप

14 hours पहिले 47 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya