Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

तारकेश्वर–१० मा शंकास्पद तरल पदार्थ छरिँदा स्थानीय त्रसित, स्वास्थ्य समस्या देखिन थाल्यो

रेडियो भरोसा अनलाईन
रिपोर्टर: रेडियो भरोसा अनलाईन
बैशाख १८, २०८३
64 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
तारकेश्वर–१० मा शंकास्पद तरल पदार्थ छरिँदा स्थानीय त्रसित, स्वास्थ्य समस्या देखिन थाल्यो
0 मिनेट पढ्ने
अपडेट: बैशाख १८, २०८३
Advertisement

काठमाडौं,बैशाख १८ गते । काठमाडौंको तारकेश्वर नगरपालिका–१० स्थित शुभम अस्पताल अगाडि बिहीबार दिउँसो एकाएक फैलिएको दुर्गन्ध र शंकास्पद तरल पदार्थका कारण स्थानीय बासिन्दा त्रसित बनेका छन्।

गएको वैशाख १७ गते भएको उक्त घटनामा निलो रङको एक सवारी साधनबाट अज्ञात तरल पदार्थ सडकमा छरिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। सो पदार्थबाट उत्पन्न तीव्र दुर्गन्धका कारण स्थानीयवासीहरूमा सास फेर्न गाह्रो हुने, आँखामा जलन, टाउको दुख्ने तथा बान्ता हुने जस्ता समस्या देखिन थालेको बताइएको छ।

घटनालाई गम्भीर रूपमा लिँदै तारकेश्वर नगरपालिकाले तत्काल नगर प्रहरी तथा नेपाल प्रहरीलाई घटनास्थलमा खटाई शंकास्पद सवारी साधनको खोजी तथा घटनाको यथार्थ पत्ता लगाउने कार्य तीव्र बनाएको जनाएको छ। साथै, सम्बन्धित प्राविधिक तथा स्वास्थ्य निकायहरूसँग समन्वय गरी उक्त पदार्थको प्रकृति, प्रभाव तथा सम्भावित जोखिमबारे परीक्षण र मूल्याङ्कन कार्य पनि अघि बढाइएको छ।

नगरपालिकाले नागरिकलाई स्वास्थ्यमा कुनै समस्या देखिएमा नजिकको स्वास्थ्य संस्था, वडा कार्यालय वा प्रहरी कार्यालयमा तुरुन्त सम्पर्क गर्न आग्रह गरेको छ। साथै, अपुष्ट वा भ्रामक सूचनामा विश्वास नगरी आधिकारिक स्रोतबाट प्राप्त जानकारी मात्र अनुसरण गर्न समेत अनुरोध गरिएको छ।

नगरपालिकाले घटनाको यथार्थ विवरण छिट्टै सार्वजनिक गर्ने तथा संलग्न व्यक्ति वा समूहको पहिचानका लागि आवश्यक समन्वय गरिरहेको जनाएको छ। सार्वजनिक सुरक्षा र स्वास्थ्यप्रति नगरपालिका पूर्ण रूपमा संवेदनशील रहेको बताउँदै नगरवासीहरूलाई संयमित, सचेत र सतर्क रहन आग्रह गरिएको छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाईन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6115 लेख
व्यू
आजको मिति
05
May 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2459 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1092 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 901 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 847 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 769 views

नयाँ समाचार

हावाहुरीले उडायो विद्यालयको छाना, मकवानपुरको लिक्चेमा पठनपाठन प्रभावित
2 hours पहिले
शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने प्रधानमन्त्री बालेन्द्र…
2 hours पहिले
सुकुम्बासी बस्तीमा डोजर चलाएकोप्रति एमाले मकवानपुरको आपत्ति, ‘राज्य…
14 hours पहिले
इन्द्र बानियामाथि छापामारीप्रति कांग्रेस मकवानपुरको आपत्ति, राजनीतिक पूर्वाग्रहको…
15 hours पहिले
साइबर ब्युरोको नाम दुरुपयोग गरी अनलाइन ठगी गर्ने…
15 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हावाहुरीले उडायो विद्यालयको छाना, मकवानपुरको लिक्चेमा पठनपाठन प्रभावित

2 hours पहिले 30 views

शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा

2 hours पहिले 43 views

सुकुम्बासी बस्तीमा डोजर चलाएकोप्रति एमाले मकवानपुरको आपत्ति, ‘राज्य आतंक’ को आरोप

14 hours पहिले 47 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya