< मकवानपुरका १३ ‘४ जीपीए’ विद्यार्थीलाई हेटौंडा उपमहानगरपालिका द्वारा सम्मान | Radio Bharosa मकवानपुरका १३ ‘४ जीपीए’ विद्यार्थीलाई हेटौंडा उपमहानगरपालिका द्वारा सम्मान – Radio Bharosa
२०८३ असार १
Radio Bharosa
Advertisement Space (728x90)

मकवानपुरका १३ ‘४ जीपीए’ विद्यार्थीलाई हेटौंडा उपमहानगरपालिका द्वारा सम्मान

सशान्त तामाङ
२०८३ बैशाख ३१, बिहीबार १३:३९

हेटौंडा,बैशाख ३१ गते । हेटौंडा उपमहानगरपालिकाले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्दै ४ जीपीए ल्याउने मकवानपुर जिल्लाका १३ जना विद्यार्थीलाई सम्मान गरेको छ।

उपमहानगरपालिकाले आयोजना गरेको सम्मान कार्यक्रममा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका विद्यार्थीलाई जनही ६ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूको मेहनत, अनुशासन र लगनशीलताले मकवानपुरको शैक्षिक क्षेत्रलाई गौरवान्वित बनाएको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्न शुभकामना व्यक्त गरिएको थियो।

सम्मानित विद्यार्थीहरूमा नवोदय शिक्षा सदनका वृष्टि जयस्वाल, परजन्य कुशवाह र पूर्णता गोर्खाली, जी.एस. निकेतनका एलेक्स घिमिरे, समीक्षा यादव र रौनक भण्डारी, बालजागृति अंग्रेजी माध्यम विद्यालयका देविना सञ्जेल र रेनिसा सापकोटा, ब्रह्मदिक विद्यालयका कुष्मा लौडारी र आभास घिमिरे, आधुनिक विद्यालयका प्रशान्त यादव, बालज्योति विद्यालयका शुभम खनाल तथा फ्याम्कल विद्यालयका कृष्ण रिजाल रहेका छन्।

उपमहानगरपालिकाले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहन गर्दै जिल्लाको शैक्षिक गुणस्तर अभिवृद्धिमा सकारात्मक वातावरण निर्माण गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको जनाएको छ।

Radio Bharosa

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार गुरु AI (भ्वाइस मिक्स)

नेपालभरिको समाचार समष्टिगत केन्द्र

नमस्कार! म **समाचार गुरु AI**। 🙏 देशैभरिका १५+ मिडियामा प्रकाशित एउटै प्रकृतिका समाचारहरूलाई एकीकृत (Merge) गरी **आधिकारिक आइकन** र **आवाज (Voice)** सहित प्रस्तुत गर्न म तयार छु।

तलको बटन थिचेर एकीकृत समाचार र भित्री कुरा सुन्नुहोस्!