< हेटौंडा उपमहानगरपालिका–१३ स्थित श्री कालिका आधारभूत विद्यालयको १२ कोठे नयाँ भवन शिलान्यास | Radio Bharosa हेटौंडा उपमहानगरपालिका–१३ स्थित श्री कालिका आधारभूत विद्यालयको १२ कोठे नयाँ भवन शिलान्यास – Radio Bharosa
२०८३ असार १
Radio Bharosa
Advertisement Space (728x90)

हेटौंडा उपमहानगरपालिका–१३ स्थित श्री कालिका आधारभूत विद्यालयको १२ कोठे नयाँ भवन शिलान्यास

सशान्त तामाङ
२०८३ बैशाख ३१, बिहीबार २२:४३

ठूलोथली,बैशाख ३१ गते । ठूलोथली स्थित श्री कालिका आधारभूत विद्यालयको नयाँ विद्यालय भवन निर्माण कार्यको आज औपचारिक रूपमा शिलान्यास गरिएको छ।

भवनको शिलान्यास पूर्व माननीय सांसद तथा पूर्व जलस्रोत राज्यमन्त्री दिपक बहादुर सिंहले प्रमुख अतिथिका रूपमा गरेका हुन्। कार्यक्रममा बोल्दै उनले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि भौतिक पूर्वाधार अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै गुणस्तरीय शिक्षाका लागि आधुनिक र व्यवस्थित भवन आवश्यक रहेको बताए।

आर्थिक वर्ष २०८२/८३ मा पूर्व राज्यमन्त्री सिंहको पहल र सहयोगमा संघीय सरकारले विनियोजन गरेको ३ करोड रुपैयाँको बजेटबाट विद्यालयको १२ कोठे नयाँ भवन निर्माण हुन लागेको हो। आवश्यक प्रक्रिया पूरा गरी टेन्डर आह्वान भइसकेपछि निर्माण व्यवसायीले कार्यादेशसहित निर्माण कार्य अघि बढाएको विद्यालयले जनाएको छ।

भवन निर्माणका लागि आवश्यक स्थान व्यवस्थापन गर्न विद्यालय परिसरमा रहेका जीर्ण अवस्थाका शौचालय, पुस्तकालय तथा बालबालिका भवनलाई वडा कार्यालयको अनुमति लिएर हटाइएको विद्यालय प्रशासनले जानकारी दिएको छ। सोही स्थानमा नयाँ भवन निर्माण कार्य सुरु गरिएको हो।

शिलान्यास कार्यक्रममा विशेष अतिथिका रूपमा पेम्बा लामा तथा सभाध्यक्षका रूपमा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष संगीता वाइबाको उपस्थिति रहेको थियो। कार्यक्रममा शिक्षक–कर्मचारी, अभिभावक, विद्यार्थी तथा निर्माण व्यवसायीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको अन्त्यमा विद्यालय परिवारले भवन निर्माणका लागि आवश्यक सहयोग, समन्वय र बजेट विनियोजनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्ति तथा निकायप्रति धन्यवाद ज्ञापन गरेको थियो।

Radio Bharosa

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार गुरु AI (भ्वाइस मिक्स)

नेपालभरिको समाचार समष्टिगत केन्द्र

नमस्कार! म **समाचार गुरु AI**। 🙏 देशैभरिका १५+ मिडियामा प्रकाशित एउटै प्रकृतिका समाचारहरूलाई एकीकृत (Merge) गरी **आधिकारिक आइकन** र **आवाज (Voice)** सहित प्रस्तुत गर्न म तयार छु।

तलको बटन थिचेर एकीकृत समाचार र भित्री कुरा सुन्नुहोस्!