Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

२८ बर्ष देखि बन्दा रहेको हेटौंडा कपडा उद्योग कहिले होला संचालन ?

अम्बिका बस्नेत
रिपोर्टर: अम्बिका बस्नेत
जेष्ठ १२, २०८०
409 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
२८ बर्ष देखि बन्दा रहेको हेटौंडा कपडा उद्योग कहिले होला संचालन ?
0 मिनेट पढ्ने
अपडेट: जेष्ठ १२, २०८०
Advertisement

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको हेटौंडा कपडा उद्योग २८ बर्ष देखि बन्द रहेको छ । संसदमा पटक पटक यस बिषयमा पटक पटक कुरा उठे पनि सरकारको ध्यान अझै जान सकेको छैन । चिनियाँ सरकारको सहयोगमा २० करोड लगानीमा २०३२ सालमा हेटौंडा कपडा उद्योग स्थापना भएको थियो। यसले २०३५ सालबाट उत्पादन शुरू गरेको थियो । २०५७ फागुन १ गते तत्कालीन सरकारले उद्योग बन्द गर्ने निर्णय गर्नुअघि यो उद्योग सञ्चालनमा थियो।

हेटौंडाको औद्योगिक क्षेत्रभित्र रहेको पुरानो कपडा उद्योगमा अहिले शसस्त्र प्रहरीको क्याम्प खडा गरिएको छ । करिब आठ सय ५० रोपनी क्षेत्रफलमा फैलिएको उद्योग दुई सय ५६ आफ्नै स्वामित्वको र बाँकी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको हो । यस क्षेत्रमा साना–ठूला गरी झन्डै ३० घरटहरा छन्।

उद्योग शुरूआती केही समय नाफमा रहे पनि बिस्तारै घाटामा जान थालेको थियो। यसको क्षमता बढाउने, निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने बनाउने प्रयास पनि भएका थिए। तर, लगातार घाटामै गएपछि मन्त्रिपरिषद्ले बन्द गर्ने निर्णय गरेको थियो।

त्यति वेला वार्षिक दुई हजार तीन सय मेट्रिक टन धागो, दुई करोड ५० लाख मिटर कपडा उत्पादन हुन्थ्यो। दिनमा करीब ६९ हजार मिटर कपडा उत्पादन गर्ने क्षमता रहेको व्यवस्थापन कार्यालयले जनाएको छ। यो उद्योगले सुती कपडामा मुलुकलाई आत्मनिर्भर बनाएको थियो। झण्डै एक हजार दुई सय कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका थिए। अहिले पनि उद्योगमा ४८६ वटा कपडा बुन्ने तान र १४ हजार ६८८ वटा स्पिन्डल छन्। उद्योग सञ्चालन हुदा १५ सयभन्दा बढीलाई रोजगारी दिएको थियो।

अहिले हेटौंडा औद्योगिक क्षेत्रका धेरै जस्तो उद्योगहरु बन्द भएको र बन्द हुने क्रममा रहेको छ ।भारत बंगलादेशबाट पनि रोजगारीको लागि यहाँ मानिसहरु आउने गर्दथे । भवन जिर्ण अवस्थामा रहेको छ ।
उद्योगका कमचारीहरु बोक्न प्रयोग गरिने बस ३ वटा अझै पनि रहेको छ । ना १ ख २४० र अर्को ना।घ। ३२९ लेखिएको दुई वटा बसको नम्बर स्पष्ट देख्न सकिन्छ भने एउटा बसको नम्बर मेटिसकेको छ ।

लामो समयदेखि बन्द रहेका हेटौँडा कपडा उद्योग, गोरखकाली टायर कारखाना र उद्योग बुटवल धागो उद्योग सरकारले सञ्चालन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उद्योग सञ्चालनमा आवश्यक व्यवस्थापनको विषयमा अध्ययन गर्न एक उच्चस्तरीय अनुगमन समिति गठन गरिने बताएका हुन् ।
बन्द भएका उद्योग कलकारखानाहरु पुर्ण रुपले सञ्चालनमा आउन सक्यो भने धेरैले स्वदेशमै रोजगारी पाउन सक्छन् । त्यसैले यस विषयमा सम्बन्धित निकायको ध्यान आकर्षण हुन जारुरी रहेको छ ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

अम्बिका बस्नेत

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6042 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2440 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

सरकारी विज्ञापनमा विभेदको विरोध गर्दै नेपाल पत्रकार महासङ्घको…
7 minutes पहिले
हेटौडा–१५, १६ र १७ मा ४०० केभी ढल्केवर–दुहबी…
25 minutes पहिले
महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
21 hours पहिले
“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री…
21 hours पहिले
“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन”…
21 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

सरकारी विज्ञापनमा विभेदको विरोध गर्दै नेपाल पत्रकार महासङ्घको देशव्यापी दबाब कार्यक्रम घोषणा

7 minutes पहिले 0 views

हेटौडा–१५, १६ र १७ मा ४०० केभी ढल्केवर–दुहबी प्रसारण लाइन विस्तार: स्थानीयमा त्रास, कानुनी संघर्षको तयारी

25 minutes पहिले 0 views

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली गर्न अन्तिम चेतावनी, अटेर गरे कानुनी कारबाही हुने

21 hours पहिले 97 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya