Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

जनप्रतिनिधिहरुलाई स्थानीय सुशासन प्रवर्द्धन र योजना तर्जुमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

रेडियो भराेसा अनलाइन
रिपोर्टर: रेडियो भराेसा अनलाइन
जेष्ठ १२, २०८०
120 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
जनप्रतिनिधिहरुलाई स्थानीय सुशासन प्रवर्द्धन र योजना तर्जुमा अभिमुखिकरण कार्यक्रम सम्पन्न
0 मिनेट पढ्ने
अपडेट: जेष्ठ १२, २०८०
Advertisement

हेटौंडा । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा भएको स्थानीय तहका जनप्रतिनिधिहरुलाई स्थानीय सुशासन प्रवर्द्धन र योजना तर्जुमा तथा क्षमता अभिबृद्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम प्रेस चौतारी मकवानपुरको सभाहलमा समापन भएको हो ।

शुक्रबार योजना तर्जुमा र सुशासन प्रर्वद्वन अभिमुखीकरण तथा छलफल कार्यक्रममा मन्तव्य राख्नुहुँदै हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले भनिन संघीय र प्रदेश सरकारले पनि प्रदेशको राजधानीलाई कस्तो बनाउने भन्ने विषयमा भिजन लिनुपर्रने हुन्छ । लुम्बिनी प्रदेशले मार्गचित्र बनाउँदा बागमती प्रदेशले मार्गचित्रको निर्णय समेत लिन सकेको छैन् ।कर्मचारीलाई तलब वितरणदेखि २५ मिटर भत्काउने विषयमा समस्या रहेको छ । १० पालिकाकै सदरमुकाम कसरी जोड्ने भन्ने विषयमा स्थानीय तहले मात्र सहकार्य गर्नुपर्ने अवस्था छ । जब २५ मिटर क्लियर हुँदैन तब अन्य पालिकाहरुमा भएका विकास पनि हेटौंडा जस्तै हुने बताउनुभयो । जसको लागि जिल्ला समन्वय समितिले समन्वयको भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

कैलाश गाउँपालिका प्रमुख लोकबहादुर मोक्तानले १ सय १९ पालिकामा सुचाङ्कको आधारमा योजना जान्छन् । तर कैलाश जस्तो विकट क्षेत्रमा कसरी योजना जान्छन् भन्ने विषयमा प्रदेश सरकारको ध्यानाकर्षण हुन जरुरी रहेको उल्लेख गर्नुभयो । सदरमुकामसँग जोड्ने सडकलाई कालोपत्रे गर्ने विषय आफूले उठान गरिएपनि कुनै सुनुवाई नभएको उहाँको भनाइ छ । नीति कार्यक्रमको कार्यान्वयन छैनन् र सुनुवाई हुने ठाउँ पनि नहुँदा विकराल समस्या लिइरहेको बताउनुभयो ।

राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले प्रदेश र स्थानीय तहबीच दोहोरोपना योजना धेरै रहेको बताउनुभयो । तर कर्मचारी व्यवस्थापन अन्तर्गत एक विद्यालय एक नर्स कार्यक्रम कार्यान्वयनमा समस्या छन् । पशुमा रोगहरु फैलिरहेको अवस्था छ र धेरै किसान गाउँमा हुन्छन् भन्ने विषयहरुको गहन रुपमा छलफल हुनुपर्ने उहाँको भनाइ छ । कयौं गिट्टी बलुवा बन्द रहेकाले विकासले दिगोपना लिन नसक्ने बताउनुभयो । जिल्ला प्रशासन कार्यालय प्रमुख राजेन्द्रदेव पाण्डेले स्थानीय तहले सर्वस्वीकार्य डकुमेन्ट बनाउनुपर्ने बताउनुभयो । योजना कार्यान्वयन नभइरहेको अवस्था छन् । जसले गर्दा स्रोत साधनले कतिको भ्याउँछ भन्ने विषयमा स्थानीय तहले सर्वस्वीकार्य डकुमेन्ट बनाउन जरुरी हुन्छन् । ढुंगा गिट्टीको समस्या समाधानमा चुनौति छन् । संविधानले दिएको अधिकारको सदुपयोग गर्नुपर्ने हुन्छ । प्रदेश र संघीयको बजेट मात्र भर नपर्न स्थानीय तहलाई ध्यानाकर्षण गराउनुभयो । आफू कसरी आत्मनिर्भर बन्ने विषयमा विशेष ध्यान दिनुपर्ने उहाँको धारण छ ।

पालिकाहरुबाट ढुंगा गिट्टी निर्माणका लागि आवश्यक मापदण्ड विपरीत खनेर लाग्ने गरेको गुनासो प्रशासनलाई आउने गरेको जानकारी दिनुभयो । नक्कली रसिद बनाउने र रसिद समेत नबनाई ढुंगा, गिट्टी खन्ने गरिएको बताउनुभयो । नागरिकता सिफारिसमा समेत जोखिम लिनुपर्ने अवस्था रहेको बताउनुभयो । वैदेशिक रोजगार लगायत विभिन्न कारण दुई वटा नागरिकता लिने दर बढेका छन् । स्थानीय तहले गरेका सिफारिसका आधारमा काम बन्ने भएकाले उक्त विषयमा प्रशासनलाई द्विवीत्मक रहेको उहाँको भनाइ छ । जाखिम छ या छैन् भन्ने कुरालाई मध्यनगर गरी सेवाग्राहीलाई सेवा दिन समेत आग्रह गर्नुभयो । जसले योजना दिगोपनमा समेत समस्या आइरहेको छ । उहाँले नेपाल सरकार प्रचलित ऐन कानुन बमोजिम कार्य गर्न स्थानीय तहले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । अनुगमन र नियमनमा सहयोग गरिने प्रतिबद्वता जनाउनुभयो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको सभाध्यक्षतामा अभिमुखीकरण भएको हो । प्रध्यापक डाक्टर नरविक्रम थापाले स्थानीय तहको योजना तर्जुमा तथा अन्तर सरकार योजना समन्वय र अनुकुलताका पाटाहरुले सहजीकरण गर्नुभयो ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भराेसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6042 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2440 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

सरकारी विज्ञापनमा विभेदको विरोध गर्दै नेपाल पत्रकार महासङ्घको…
6 minutes पहिले
हेटौडा–१५, १६ र १७ मा ४०० केभी ढल्केवर–दुहबी…
24 minutes पहिले
महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
21 hours पहिले
“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री…
21 hours पहिले
“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन”…
21 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

सरकारी विज्ञापनमा विभेदको विरोध गर्दै नेपाल पत्रकार महासङ्घको देशव्यापी दबाब कार्यक्रम घोषणा

6 minutes पहिले 0 views

हेटौडा–१५, १६ र १७ मा ४०० केभी ढल्केवर–दुहबी प्रसारण लाइन विस्तार: स्थानीयमा त्रास, कानुनी संघर्षको तयारी

24 minutes पहिले 0 views

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली गर्न अन्तिम चेतावनी, अटेर गरे कानुनी कारबाही हुने

21 hours पहिले 97 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya