Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

तापक्रमको नयाँ रेकर्ड बनाउने चेतावनी दिइएको ‘अल निनो’ के हो ?

रेडियो भराेसा अनलाइन
रिपोर्टर: रेडियो भराेसा अनलाइन
जेष्ठ २६, २०८०
161 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
तापक्रमको नयाँ रेकर्ड बनाउने चेतावनी दिइएको ‘अल निनो’ के हो ?
0 मिनेट पढ्ने
अपडेट: जेष्ठ २६, २०८०
Advertisement

काठमाडौं । बिहीबार प्रतिनिधि सभामा शून्य समयमा नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले देशभर तापक्रम बढेको उल्लेख गर्दै सरकारको तयारीबारे प्रश्न गरे ।

विश्वव्यापी रुपमा तापक्रम बढ्ने आगामी वर्ष झन् बढेर जाने अवस्था रहेको उल्लेख गर्दै उनले सरकारलाई प्रश्न गरे, ‘यसको तत्कालीन र दीर्घकालीन समाधानका निम्त सरकारले के गरिरहेको छ ?

सांसद पौडेलले संसदमा प्रश्न उठाएजस्तै संसारभर चरम मौसम र उच्च तापक्रमको जोखिमबारे चेतावनी दिन थालिएको छ ।

विहीबार अमेरिकी राष्ट्रिय महासागरीय तथा वायुमण्डलीय (एनओएए) वैज्ञानिकहरूले अल निनो जलवायु परिवर्तन आउन लागेको चेतावनी दिएका छन् । यसले चरम मौसम र उच्च तापक्रमको जोखिम बढाएको उनीहरूको भनाइ छ ।

भूमध्यरेखा नजिकैको मध्य र पूर्वी प्रशान्त महासागरमा समुद्रको सतहको तापक्रम पछिल्लो पटक सन् २०१८–१९ मा औसतभन्दा बढी तात्दा मौसमको सामान्य ढाँचामा बदलाव आएको थियो । यो अवस्था औसतमा प्रत्येक २–७ वर्षमा देखिने गर्छ ।

‘यसको शक्तिको आधारमा, अल निनोले विश्वका केही स्थानहरूमा भारी वर्षा र खडेरीको जोखिम बढाउने जस्ता विभिन्न प्रभावहरू निम्त्याउन सक्छ,’ एनओएएका जलवायु वैज्ञानिक मिचेल लह्युरेक्सले भनेका छन्, ‘जलवायु परिवर्तनले अल निनोसँग सम्बन्धित केही प्रभावहरू बढाउन वा कम गर्न सक्छ ।’

उनी थप्छन्, ‘पहिले नै औसत भन्दा बढी तापक्रम अनुभव गर्ने क्षेत्रहरूमा विशेष गरी अल निनोको समयमा अल निनोले तापमानको नयाँ रेकर्डहरू निम्त्याउन सक्छ ।’

यसै साता, अस्ट्रेलियाले अल निनोले भीषण डढेलोको जोखिममा रहेको क्षेत्रमा अत्यधिक न्यानो र सुख्खा मौसम निम्त्याउने चेतावनी दिएको थियो । उता जापानले पनि अल निनोले वसन्तका लागि आंशिक रूपमा तापक्रम बढाउने बताएको थियो ।

‘गर्मीयाममा संयुक्त राज्य अमेरिकामा यो घटनाको प्रभाव कमजोर हुन्छ तर शरद ऋतुको अन्त्यदेखि वसन्त ऋतुसम्म बढी प्रतिकुल प्रभाव छोड्ने देखिएको छ,’ एनओएएले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

७ वर्ष अघि २०७३ वैशाखमा अल निनोको प्रभावले नेपालमा कडा खडेरी लम्बिएको थियो । यसैको प्रभावले हिउँदभर औसतभन्दा अति कम वर्षा भएको थियो भने औसतभन्दा निकै कम वर्षा भएको थियो ।

के हो ‘अल निनो’ ?

अल निनो एक प्राकृतिक मौसमी प्रक्रिया हो । प्रशान्त महाशाखाको सतहमाथिको तापक्रममा ०.५ डिग्रीभन्दा बढी तापक्रम वृद्धि कायम रहेको अवस्थामा त्यसको विश्वव्यापी असर पर्छ । यो असरले वायुको नियमित प्रणालीलाई खलबल्याउँदा पैदा हुने अवस्था नै अल निनो इफेक्ट हो ।

अल निनोले स्वास्थ्य, खाद्य सुरक्षा, पानी व्यवस्थापन र वातावरणमा दूरगामी असर गर्छ । यसका असर न्यूनीकरण गर्न पूर्वतयारी महत्वपूर्ण हुन्छ । वरिष्ठ मौसमविद मणिरत्न शाक्यका अनुसार दक्षिण एसियाली देशमा मनसुनलाई ठूलो असर गर्ने सिस्टम भनेको प्रशान्त महासागरमा देखिने अलनिनो र लानिनो गतिविधि हो । समुद्रको पानी सामान्यभन्दा बढी तातेको अवस्थालाई अलनिनो भनिन्छ । यसो हुँदा दक्षिण एसियामा कम वर्षा हुन्छ ।

अलनिनोको ठिक उल्टो लानिनो हो । अर्थात् समुद्रको पानी औसतभन्दा चिसो भयो भने त्यसलाई लानिनो भनिन्छ । यसो हुँदा औसतभन्दा बढी वर्षा हुन्छ र बाढी पहिरोको जोखिम बढी हुन्छ ।

नेपालमा अघिल्ला दुई वर्ष ला निनोको प्रभाव थियो । त्यसबाट अत्यधिक वर्षा र बाढी पहिरो आउँदा विपत्ती ल्याएको थियो । यस वर्ष अलनिनोको अवस्था छ ।

२ वा ७ वर्षमा आउने यस्तो समस्या नोभेम्बर र डिसेम्बर महिनामा सुरु भएर अप्रिलमा सकिन्छ । यो असरले सतहमाथिको भागलाई तताएर तलको चिसो पानीलाई माथि आउन दिंदैन । फलतः यसको असर जलचरमा समेत पर्छ ।

विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ)का अनुसार आउँदो पाँच वर्षमा विश्वव्यापी तापक्रम १.५ डिग्रीभन्दा माथि पुग्ने दाबी गरेको छ । डब्लूएमओले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार जलवायु परिवर्तनका कारण तापमान बढिरहेको बेला अल निनोले थप तापक्रम बढाउन सघाउँछ ।

अल निनोले स्वास्थ्य, खाद्य सुरक्षा, पानी व्यवस्थापन र वातावरणमा दूरगामी असर गर्ने डब्लूएमओले जनाएको छ । यसका असर न्यूनीकरण गर्न पूर्वतयारी महत्वपूर्ण हुन्छ ।

तापक्रम वृद्धिले सिर्जना गर्ने चरम मौसमी घटना तीव्र रूपमा बढाउँछ । हिमनदी पग्लने, समुद्री सतह बढ्ने, औसतभन्दा पनि कम वर्षा हुने, समुद्री तापक्रम असमान तरिकाले बढ्ने लगायतका मौसमी घटना बढ्न सक्छ । समग्रमा यसले नयाँ–नयाँ विपदको जोखिम बढ्छ ।

नेपालमा अहिले अत्यधिक गर्मीको अवस्था छ । नवलपुरको दुम्कौली, सुनसरीको धरान, इलामको कन्याम र ओखलढुंगामा रेकर्ड नै ब्रेक हुने गरी अधिकतम तापक्रम मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सबैभन्दा बढी नवलपुरको दम्कौलीमा अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन भएको छ ।

तराई मधेशका धेरैजसो जिल्लाहरुमा औसत ४० डिग्री सेल्सियस तापक्रम पुग्दा जनजीवन प्रभावित भएको छ । त्यसैले जल तथा मौसम विज्ञान विभागले अत्यधिक गर्मीका कारण स्वास्थ्यमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन विशेष बुलेटिन नै जारी गरेर आह्वान गरेको छ ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भराेसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6115 लेख
व्यू
आजको मिति
05
May 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2459 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1092 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 903 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 847 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 769 views

नयाँ समाचार

हावाहुरीले उडायो विद्यालयको छाना, मकवानपुरको लिक्चेमा पठनपाठन प्रभावित
8 hours पहिले
शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने प्रधानमन्त्री बालेन्द्र…
9 hours पहिले
सुकुम्बासी बस्तीमा डोजर चलाएकोप्रति एमाले मकवानपुरको आपत्ति, ‘राज्य…
21 hours पहिले
इन्द्र बानियामाथि छापामारीप्रति कांग्रेस मकवानपुरको आपत्ति, राजनीतिक पूर्वाग्रहको…
21 hours पहिले
साइबर ब्युरोको नाम दुरुपयोग गरी अनलाइन ठगी गर्ने…
21 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हावाहुरीले उडायो विद्यालयको छाना, मकवानपुरको लिक्चेमा पठनपाठन प्रभावित

8 hours पहिले 32 views

शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा

9 hours पहिले 46 views

सुकुम्बासी बस्तीमा डोजर चलाएकोप्रति एमाले मकवानपुरको आपत्ति, ‘राज्य आतंक’ को आरोप

21 hours पहिले 53 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya