Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

२०८५ साल भित्र सरकारले अनिवार्य तथा नि:शुल्क शिक्षा दिने

रेडियो भराेसा अनलाइन
रिपोर्टर: रेडियो भराेसा अनलाइन
असार ७, २०८०
229 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
२०८५ साल भित्र सरकारले अनिवार्य तथा नि:शुल्क शिक्षा दिने
0 मिनेट पढ्ने
अपडेट: असार ७, २०८०
Advertisement

हेटौडा । पुर्वी मकवानपुरस्थित बागमती गाउँपालिकाले अनिवार्य तथा निस्शुल्क शिक्षा घोषणा गरेको छ । २०८५ साल भित्र सरकारले अनिवार्य तथा निस्शुल्क शिक्षा घोषणा गर्ने अभियान अन्तर्गत बुधबार बागमती गाँउपालिकाको परिसरमा बृहत कार्यक्रमको बीच कार्यक्रम गरिएको हो ।

घोषणा सभालाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले यो पालिका भौतिक तथा खेलकुद बिकासमा उल्लेखनीय फट्को मारे पनि शिक्षा क्षेत्रमा बामे सर्दै गरेको अबस्थमा अबको दिनमा अनिबार्य तथा निस्शुल्क शिक्षाको घोषणा पछि नयाँ चरणमा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो। अहिलेको शिक्षा प्रणालीमा प्रश्न उठिरहेको बेला अनिवार्य शिक्षा प्रदान गर्न चुनौतिका बीचमा पनि कार्यक्रम सफल गर्न सकेको उहाँको भनाई छ।

यस्तै बागमती प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामी छिन्तुुले कार्यक्रमको घोषणा भएपनि कार्यन्वयन गर्न चुनौतीहरुको चाङ हुने बताउनुभयो । हाल यस पलिकामा बिद्यालय बाहिर रहेको २ सय ५० जना बालबालिकालाई बिद्यालयसम्म ल्याउने बाताबरण तय गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनु भयो। अभिवाकको समस्या, आर्थिक, सामाजिक समस्या र भौगोलिक समस्या के हो भनी सबै कुराको खोजी गरेर समस्याको समाधान गर्नुपर्ने उहाँकाले भनाई छ ।

गरिबी र अशिक्षाले गर्दा यस क्षेत्र पछि परेको भन्दै शिक्षामा लगानी गर्न खुट्टा कमाउन नहुने बताउनु भयो। जनगणनाको तथ्याङ्कलाई मात्र आधार मानेर नहुने र समस्याको खोजी गर्न सबैजना घर घरमा पुग्न अनुरोध गर्नु भयो ।

यस्तै गाउँपालिका अध्यक्ष सर्केश घलानले अबको शिक्षा सीप र रोजगार संग जोडेर जनताको जीवन स्तर उकास्ने खालको योजना बन्ने बताउनु भएको छ। आम युवाहरूमा देखिएको नैरास्यता तथा बितृष्णालाई निर्मुल पार्न र बिदेश जानूपर्छ भन्ने मनाशिकतालाई युवा पिडिले हटाउन नसके देश गम्भीर मोडमा पुग्ने बताउनु भयो। अभिभावकले आफ्नो बालबालिकालाई सानो उमेरमा कमाउने भन्दा पढाउने सोचको विकास गर्नुपर्ने बताउनुभयो । आगामी दिनमा शिक्षा क्षेत्रको बिकासको लागि पालिका सदैब साथमा रहेकोले सबै शिक्षकहरुलाई कर्मनिष्ठ भएर बालबालिकालाई गुणस्तरिय शिक्षा प्रदान गर्न आह्वान गर्नु भएको छ ।

बागमती प्रदेश शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक पुर्णबहादुर दर्जीले गाउ टोल सम्म शिक्षा बिकासको अनिवार्य तथा निस्शुल्क शिक्षा पूर्ण लागु गर्न चुनौती रहेता पनि खोजीनीति गरेर समस्याहरु बुझौ, अभिभावक, सामाज, सबै क्षेत्रमा सर्बेक्षण गरौ अनि कर्यान्वयनमा सम्भब रहेको उहाको भनाई छ ।

विद्यार्थीहरुलाई मातृभाषालाई माध्यम बनाएर भएपनि शिक्षामा जोड्नुपर्ने बताउनुभयो। २०८५ साल भित्रमा अनिबार्य तथा निस्शुल्क शिक्षा पूर्ण कार्यन्वयन गर्ने सरकारको अभियान अनुसार बागमती प्रदेशको १ सय १९ स्थानीय तह मध्ये मकवानपुरको बागमती गाउँपालिका पहिलो गाउँपालिका भएको बताउनुभएको छ। यसभन्दा पहिले दोलखा जिल्लामा पूर्ण अनिवार्य तथा निस्शुल्क शिक्षा घोषणा भएको थियो।

पालिकाको शिक्षा शाखा अधिकृत प्रमोदकुमार राईले अनिवार्य तथा निस्शुल्क शिक्षाको सम्बन्धमा नीतिगत व्यवस्थाबारे जानकारी गराउनु भएको थियो।

पालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम अन्तर्गत् अभिमुखीकरण, घरधुरी सर्वेक्षण, विद्यालय बाहिर रहेका बालबालिकाहरूको तथ्यांक संकलन, अभिभावक चेतना कार्यक्रमअन्तर्गत् वडाहरुमा सडकनाटक प्रदर्शन समेत गरिएको थियो ।

पालिकामा ५० सामुदायिक विद्यालय रहेकोमा हाल ८ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । जसमध्ये पढाइ छाड्ने दर १० प्रतिशत र दोहोरिएर पढ्नेको दर ११ प्रतिशत रहेका छन् । बागमती प्रदेशको शिक्षा विकास निर्देशनालय र पालिकाबीच भएको सम्झौता अनुसार पालिकाले अनिवार्य तथा निस्शुल्क शिक्षा घोषणा गरेको हो ।

बागमती गाउँपालिकाको शिक्षा तथा युवा खेलकुद शाखा संयोजक एवं ३ नम्बर वडा अध्यक्ष कमान सिं पाख्रिनको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुर प्रमुख दिनानाथ गौतम, उपाध्यक्ष फणिन्द्र तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान, नेपाली कांग्रेसका शंकर पराजुली, बिद्यालय ब्यबस्थापन समिति महासघ बागमती गाउँपालिका अध्यक्ष बच्चु गोले खड्का, शिक्षक महासघ बागमती अध्यक्ष बसन्त राई, शैक्षिक जागरण मंचका अध्यक्ष बीरबहादुर राई लगायतको आतिथ्यता रहेको थियो ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भराेसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6044 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2440 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

संसद् बैठकमा मोबाइल प्रयोगमा कडाइ गर्ने प्रस्ताव, नियमावली…
1 hour पहिले
टेक पाइला इनोभेसनमा चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टर नियुक्त,…
1 hour पहिले
सरकारी विज्ञापनमा विभेदको विरोध गर्दै नेपाल पत्रकार महासङ्घको…
2 hours पहिले
हेटौडा–१५, १६ र १७ मा ४०० केभी ढल्केवर–दुहबी…
2 hours पहिले
महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
23 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

संसद् बैठकमा मोबाइल प्रयोगमा कडाइ गर्ने प्रस्ताव, नियमावली संशोधनको तयारी

1 hour पहिले 34 views

टेक पाइला इनोभेसनमा चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टर नियुक्त, डिजिटल भविष्यमा नयाँ ऊर्जा थपिने अपेक्षा

1 hour पहिले 38 views

सरकारी विज्ञापनमा विभेदको विरोध गर्दै नेपाल पत्रकार महासङ्घको देशव्यापी दबाब कार्यक्रम घोषणा

2 hours पहिले 28 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya