Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

वन डिभिजनद्वारा हैसियत बिग्रेको सामुदायिक वन सुध्रिन हुँदै , यसबाट स्थानीयले लाभ लिन मिल्ने

उत्सव काफ्ले
रिपोर्टर: उत्सव काफ्ले
असार १४, २०८०
179 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
वन डिभिजनद्वारा हैसियत बिग्रेको सामुदायिक वन सुध्रिन हुँदै , यसबाट स्थानीयले लाभ लिन मिल्ने
0 मिनेट पढ्ने
अपडेट: असार १४, २०८०
Advertisement

हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–४ मा रहेको मनकामना सामुदायिक वन उपभोक्ता समुह हैसियत बिग्रेको सामुदायिक वनलाई सधैका लागि हरियाली र सुन्दर बनाउने योजनाका साथ यहाँका उपभोक्ताहरु खटिएका छन् । सामुदायिक वनका अध्यक्ष सकेलाल लो को नेतृत्वमा बिग्रेको वन क्षेत्रलाई अहिले सुधार गर्ने प्रयास भईरहेको छ ।

यस वन क्षेत्रमा झाडीको फडानी गर्ने , वरपर रहेका लहरा काट्ने र वन क्षेत्रमा रहेका थाकलका बुट्यानहरु उखलेर फाल्ने जस्ता कार्यहरु भई रहेको छ । सामुदायिक वन उपभोक्ता समुहका उपभोक्ताहरु यस काममा निरन्तर रुपमा खटिएका छन् । जङ्गललाई सफा र सुन्दर बनाएको, बाँसको घेराबारा गरेर विभिन्न जातका विरुवाहरु रोपिएको छ । बाँसको घेराबारा भित्र बाँस, सजिवन लगायतका ३ हजार ६ सय बिरुवा रोपिएको सामुदायिक वनका अध्यक्ष सकेलाल लो ले बताए । उनले भने–‘हामी वनका उपभोक्ता मिलेर दिनहुँ काम पनि गरयौ र केही मेहनतको पैसा पनि उपभोक्ताहरुले श्रम गरेवापत पाए यो रोपिएका विरुवा अब हामी जोगाउँछौ र वनलाई हराभरा बनाउँछौं ।’यहाँको हैसियत बिग्रेको सामुदायिक वनलाई अहिलेको अवस्थामा ल्याउनका लागि डिभिजन वन कार्यालय मकवानपुरले पाँच लाख रुपैयाँ सहयोग गरेको छ । भिजिन वनले विभिन्न वनलाई पुनरुत्थान गर्ने कार्यक्रम अन्तरगत यहाँको काममा पनि सहयोग गरेको हो ।

यसैगरी मकवानपुरको पूवी गाउँपालिका वकैया–७ मा रहेको हात्तिचरण सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा पनि हैसियत बिग्रेको सामुदायिक वनलाई
पनि पुनरुत्थान गरिने कार्य भई रहेको छ । यस वन क्षेत्रको झाडी फडानी तथा ट्याक्टर लगाएर फाडीएको झाडीमा जोतिएको छ । करिब ३ हेक्टर क्षेत्रफलको यस क्षेत्रमा पहिलेको तुलनामा निकै फरक देखिने बनाइएको वनका अध्यक्ष पोस बहादुर घिमिरे बताए । यस क्षेत्रमा खाली रहेको जमिनमा चाँप, टाँकी, काभ्रो, सजिवन, अमला लगायतका ३ हजार वटा विरुवा रोपिएको उनले बताए । नर्सरी लगायतका स्थानबाट विरुवा ल्याएर उपभोक्ताहरुकै सक्रियतामा रोपिएको हो । यस कामका लागि डिभिजन वन कार्यालय मकवानपुरले ६ लाख रुपैयाँ सहयोग गरेको र अहिले काम पनि सकिएको अध्यक्ष घिमिरेले बताए । यस क्षेत्रमा बाँसले पुरै घेराबारा लगाएर विरुवा रोपिएको हो । स्थानीय उपभोक्ताहरुको सक्रियतामा सबै काम सकेर अब यो क्षेत्रलाई थप संरक्षण गर्दै नमुना वन बनाउन लागिएको उनले बताए ।

यी दुई वटा सामुदायिक वन उदाहरण मात्र हो । मकवानपुरमा हैसियत बिग्रेको सामुदायिक वन मध्य ११ वटा सामुदायिक वनलाई पुनरुत्थान गरिएको जिल्ला वन कार्यालय मकवानपुरका प्रमुख शिब सापकोटाले बताए । यस कामका लागि डिभिजन वन कार्यालय मकवानपुरले ५३ लाख ७० हजार रुपैयाँ ११ वटा सामुदायिक वन समुहलाई विभिन्न कामका लागि सहयोग गरिर
हेको छ । चालु आर्थिक वर्षमा मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–६ मा रहेको सल्लेडाँडा सामुदायिक वन उपभोक्ता समुह, सोही वडामा रहेको नमोबुद्ध सामुदायिक वन उपभोक्ता समुह, भैरब सामुदायिक वन उपभोक्ता समुह, वडा नम्बर–७ मा रहेको शक्तिाशाली सामुदायिक वन उपभोक्ता समुह, बागमतीकै वडा नम्बर–१ मा रहेको त्रिबेणि सामुदायिक वन उपभोक्ता समुह, वडा नम्बर–२ मा रहेको बेलघारी सामुदायिक वन उपभोक्ता समुह, बकैया गाउँपालिका वडा नम्बर–२ मा रहेको कल्याण सामुदायिक वन उपभोक्ता समुह, बकैयाँ–७ मा रहेको प्रतिभा सामुदायिक वन उपभोक्ता समुह र बकैयाँ–८ मा रहेको कालेश्वर सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा हैसियत बिग्रेको वन क्षेत्रलाई पुनरुत्थान गरिएको डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत बसन्तराज गौतमले जानकारी दिए ।

डिभिजन वन कार्यालयले लगानी गरेको वनमा सबै सर(सफाइ गरेर घेराबारा समेत गरेको, चरिचरण नियन्त्रण गर्दै बृक्षा रोपण गरेर भविस्यमा आमदानी लिन सक्ने वातावरण तयार गर्न लागिएको गौतमले बताए । हैसियत बिग्रेको वन क्षेत्रको संरक्षणका लागि वन हेरालु राख्ने र भइरहेका अतिक्रमणहरुलाई रोक्नका लागि मधत पनि पुग्ने उनले बताए । यो सबै काम गर्दा स्थानीय श्रोत साधनको भरपुर उपयोग गरेर काम गरिएको बताउदै उनले भने –‘स्थानीय वन समितिका उपभोक्तालाई यो कार्यक्रम लैजाँदा अस्थायी प्रकृतिको रोजगारी पनि भयो र आफ्नै वन पनि व्यवस्थापन भएको छ ।’

मकवानपुरका विभिन्न वन समूहमा आबद्ध गरिब किसानले हैसियत बिग्रेका वन व्यवस्थापन गरी पछी राम्रो आम्दानी गर्न समेत सक्ने भएका छन् । यहाँको हैसियत बिग्रेको वन व्यवस्थापन गरेर नयाँ बिरुवा हुर्केपछी भने गरिब किसानको आयआर्जनमा सहयोग पुग्ने लक्ष राखिएको छ । यो वनमा विभिन्न जातका रुख, फलफूल, जमिन मलिलो गराउने विभिन्न जातका बोटबिरुवा, घाँस, डालेघाँस लगाउने कार्य भएको छ ।

घाँसले पशुपालन गर्नेतिर किसानलाई उन्मुख गराएको छ । यहाँ अम्रिसाका बिरुवा, कुचो, घाँससमेतमा आमदानी गर्न सहज भएको छ । यो वनको पुनरुत्थान गरेपछी वन सबैका लागि वरदान साबित हुने भएको छ । यसले कर्मशील भएर काम गर्न सिकाउने छ । गाउँमै बसेर आम्दानी गर्न किसानहरुका लागि थप सहयोग पुग्ने उपभोक्ताहरु बताउदछन् । उनीहरूलाई अझ प्रोत्साहन गरी लगनशील बनाउन यो कामले सहयोग गरेको पनि छ । हैसियत बिग्रेको वनलाई पुनरुत्थान गर्दा जलवायु परिवर्तनका असरहरुलाई पनि न्यूनीकरण गर्नमा सहयोग पुग्ने छ । स्थानीयहरुकै सक्रियतामा वन पनि हराभरा हुने र जलवायु परिवर्तनबाट हुने असरलाई न्यूनीकरणमा पनि सहयोग पुग्ने छ ।

समुदायमा आधारित वन व्यवस्थापनको अभ्यास वन स्रोतको संरक्षण तथा व्यवस्थापनका लागि एक सफल प्रणाली सावित भएको छ । यसलाई वन विनाश कम गर्ने, वनको हैसियत सुधार गर्ने, तथा गरिबी घटाउने एक माध्यमका रूपमा लिन थालिएको छ । यसलाई सामुदायीक संरक्षणको मोडेलको रूपमा पनि लिइन्छ । वन समूहहरूले व्यवस्थापन गर्दै आएका वन क्षेत्रसँग हजारौं स्थानीय विपन्नहरूको जीविकोपार्जन उकास्न सक्ने सम्भावना रहेको छ । विभिन्न अध्ययनरूहरूले ग्रामीण क्षेत्रका सम्पन्न मानिसहरूभन्दा विपन्न तथा सीमान्तकृत मानिसहरू सामुदायिक वनमा उपलब्ध स्रोतहरूमा बढी आश्रित छन् भन्ने देखाएको छ ।

वन समूहमा आबद्ध घरधुरीहरूको जीविकोपार्जनको सम्पूर्ण आधारहरू उक्त वन स्रोतमा आधारित भए तापनि निर्णय गर्ने प्रक्रियामा समूहका सबैको समान भूमिका तथा वनबाट प्राप्त लाभ समान रूपमा पाउन सकेका छैनन्। नेपालमा वन क्षेत्रको व्यवस्थापनमा वन विकास गुरुयोजना र त्यसपछि लागू भएको वन ऐन, २०४९ र नियमावली, २०५१ ले वन उपभोक्ताहरूलाई सामुदायिक वन उपभोक्ता समूह गठन गर्न पाउने कानूनी अधिकारको पूर्णप्रत्याभूति गर्ने काम गर्यो ।

जसले गर्दा स्थानीय स्तरमा आफूलाई पायक पर्ने वन क्षेत्रका उपभोक्ताहरूले उपभोक्ता समिति गठन गरी वनको संरक्षण संवर्धन गर्नका लागि जिल्ला वन कार्यालयबाट आफ्नो समूहलाई हस्तान्तरण गर्न लगाउने प्रक्रियाको एक अभियानको रूपमा अगाडि बढ्यो। उक्त अभ्यासले तीव्र रूपमा बढ्दै गएको वन फडानी रोकियो। सामुदायिक वन हाम्रा लागि हो भन्ने सामूहिक भावनाको विकास जागृत हुँदै गयो।

साथै स्थानीय समुदायहरू त्यसतर्फ अग्रसर समेत हँदै गए । यसको माध्यमबाट वातावरण एवम् जैविक विविधताको संरक्षणका साथै वन पैदावार उत्पादन गर्ने क्षमताको समेत उल्लेखनीय वृद्धि भयो। त्यसैगरी नेपाल सरकारले सामुदायिक वनको मार्गदर्शन, २००९ मा विपन्न वर्गको पहिचान, उपसमूह गठन र यसको विधि सम्बन्धी स्पष्टरूपमा उल्लेख गर्यो । उक्त व्यवस्थाले सावउसहरूमा उपसमूहहरूको गठन गरी सावउसका हैसियत बिग्रेका क्षेत्रहरूको व्यवस्थापन र उपयोगका निम्ति प्रदान गर्नका लागि कानूनी आधार समेत प्रदान गरेको छ । सामुदायिक वन पद्धतिलाई विश्व समुदायले पनि एउटा सफल मोडलका रूपमा अपनाउँदै गएको पाइन्छ ।

तथापि वनमा आश्रित अति गरिब र सीमान्तकृत समुदायको निर्णय प्रक्रिया तथा लाभांश वितरण प्रणालीमा पहुँच भने अझै पनि कम देखिन्छ । यस सन्दर्भमा सामुदायिक वनभित्र उपसमूहको गठन गर्ने अभ्यासलाई एउटा नवीनतम मोडलको रूपमा लिन सकिन्छ । यसको लक्ष्य भनेको जैविक विविधताको संरक्षण र गरिबी न्यूनीकरणमा सहयोग गर्नु हो। यस मोडलको अवधारणा अनुसार गरिबहरू सङ्गठित भई निश्चित समयका लागि सावउसको उजाड क्षेत्र वा हैसियत बिग्रिएका क्षेत्रहरूलाई कबुलियतीनामा गरी आयआर्जनका क्रियाकलापहरू गरी आयआर्जन बढाउने काम गर्दछन्। तसर्थ यस अध्ययनले सावउसहरूभित्र उपसमूह मोडलको विधि, प्रक्रिया तथा यस मोडलले वनको सुशासन र जीविकोपार्जनमा पारेको प्रभावहरू पारेका उदाहरण धेरै छन् ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

उत्सव काफ्ले

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6054 लेख
व्यू
आजको मिति
23
April 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2444 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1079 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 887 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 832 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 758 views

नयाँ समाचार

पर्शा राष्ट्रिय निकुञ्जलाई पर्यटन गन्तव्य बनाउने पहल, चार…
17 minutes पहिले
हर्क साम्पाङको फेसबुक आइडी पुनः सञ्चालनमा, ‘विरोधीहरूलाई धन्यवाद’
1 hour पहिले
अपाङ्गता भएका महिलाको सशक्तीकरणका लागि २० दिने झोला…
17 hours पहिले
राइड सेयरिङ चालकद्वारा अपशब्दसहितका भिडियो पोष्ट नगर्न प्रहरीको…
18 hours पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

पर्शा राष्ट्रिय निकुञ्जलाई पर्यटन गन्तव्य बनाउने पहल, चार स्थानीय तहबीच समन्वय बैठक सम्पन्न

17 minutes पहिले 15 views

हर्क साम्पाङको फेसबुक आइडी पुनः सञ्चालनमा, ‘विरोधीहरूलाई धन्यवाद’

1 hour पहिले 22 views

अपाङ्गता भएका महिलाको सशक्तीकरणका लागि २० दिने झोला तथा ब्याग बनाउने तालिम सम्पन्न

17 hours पहिले 44 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya