Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

मन्त्रालयका सचिव भन्छन्,स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ हेर्नुपर्ने !

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
चैत्र २, २०७९
78 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
मन्त्रालयका सचिव भन्छन्,स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ हेर्नुपर्ने !
0 मिनेट पढ्ने
अपडेट: चैत्र २, २०७९
Advertisement

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोख्रेलले स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ हेर्नुपर्ने बताएका छन्। राष्ट्रिय सरोकार तथा समन्वय समितिद्वारा बिहीबार आयोजित ‘स्वास्थ्य क्षेत्रको समग्र सुधार’सम्बन्धी छलफल कार्यक्रममा सचिव पोख्रेलले स्वास्थ्य क्षेत्रमा जनशक्ति व्यवस्थापन गर्न प्रमुख कठिनाइ रहेकाले सेवा सुविधा वृद्धि गरी दुर्गम क्षेत्रमा जनशक्ति टिकाउन स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न जरुरी रहेको बताएका हुन् ।

’जनशक्ति व्यवस्थापन हुन नसक्नु प्रमुख समस्या हो। सबै कर्मचारी केन्द्रीकृत हुन चाहन्छन्। दुर्गम क्षेत्रमा कर्मचारी जान नमान्दा स्वास्थ्य सेवा प्रवाहमा समस्या देखा परेको छ,’ सचिव पोख्रेलले भने। स्वास्थ्य क्षेत्रका जनशक्ति चौबिसै घण्टा तयार रहनुपर्ने भएकाले स्वास्थ्य क्षेत्रको समग्र सुधारका लागि दुर्गम क्षेत्रमा कर्मचारीको आकर्षण बढाउन पारिश्रमिकलगायत अन्य सुविधालाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।

कार्यक्रममा समितिका सभापति दिलकुमारी रावल थापाले समग्र स्वास्थ्य क्षेत्रको सुधार गर्दै सुदृढ बनाउन तीनै तहबीच नीतिगत, कानुनी व्यवस्थामा स्पष्ट हुनुपर्ने बताए। उनले कानुन निर्माणमा तीनै तहबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे। नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच वृद्धि गर्न र विद्यमान स्वास्थ्य प्रणालीको सुधारका लागि मन्त्रालयले तहगत रूपमा समन्वय गरी अघि बढ्न आवश्यक रहेको सभापति थापाले बताइन्।

उनले कोभिड सङ्क्रमणकालमा मन्त्रालयले गरेको जनचेतना कार्यक्रम प्रभावकारी भएकाले स्वास्थ्य क्षेत्रमा यस्ता कार्यक्रम आवश्यक रहेको औँल्याइन्। मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले स्वास्थ्य क्षेत्रमा सुधारका लागि तीन तहको समन्वयमा कार्ययोजना तयार गरेको बताउँदै विगतको तुलनामा हाल स्वास्थ्य क्षेत्रमा सुधार हुँदै गएको जानकारी दिइन्। निःशुल्क प्राप्त गर्ने औषधिको अनुगमन गर्न, सबै सरकारी अस्पतालबाट बीमा सेवा प्राप्त गर्न, सबैको स्वास्थ्य क्षेत्रमा पहुँच पुर्‍याउन, सरकारी अस्पताललाई सुदृढ बनाउन, म्याद नाघेका औषधि बिक्री वितरणमा रोक लगाउने गरी नियमन गर्नेलगायत विषयमा छलफल भएको थियो।

आवश्यकताअनुसार कर्मचारी व्यवस्थापन गर्न नीतिगत रुपमा प्रष्ट व्यवस्था गर्न, स्वास्थ्यमा हानिकारक वस्तुबाट उठेको राजस्व स्वास्थ्य क्षेत्रमा नै लगानी गर्नुपर्ने, अस्पतालमा आवश्यक उपकरण उपलब्ध गराउनुपर्ने, जारी गरेको निर्देशन कार्यान्वयनमा अनुगमन गर्नुपर्नेलगायत विषयमाथि पनि छलफल भएको थियो। कार्यक्रममा सभापति थापाले कोभिड सङ्क्रमणकालमा समितिले दिएका निर्देशन मन्त्रालयले प्रभावकारी ढङ्गले कार्यान्वयन गरेको बताउँदै आज छलफलमा उठेका विषयमाथि विश्लेषण गरी आवश्यक निर्देशन दिने जानकारी दिइन्।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6047 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2441 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

हेटौंडालाई ‘वास्तविक राजधानी’ बनाउनुपर्नेमा वडाध्यक्ष नवीन सिग्देलको जोड
3 hours पहिले
मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय: धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति…
3 hours पहिले
एक्सेस प्लानेटको आयोजनामा पुस्तक अध्ययन तालिम सुरु
3 hours पहिले
संसद् बैठकमा मोबाइल प्रयोगमा कडाइ गर्ने प्रस्ताव, नियमावली…
5 hours पहिले
टेक पाइला इनोभेसनमा चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टर नियुक्त,…
5 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौंडालाई ‘वास्तविक राजधानी’ बनाउनुपर्नेमा वडाध्यक्ष नवीन सिग्देलको जोड

3 hours पहिले 56 views

मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय: धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठनदेखि तीन विधेयक संसद्मा पेश गर्ने स्वीकृति

3 hours पहिले 35 views

एक्सेस प्लानेटको आयोजनामा पुस्तक अध्ययन तालिम सुरु

3 hours पहिले 53 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya