Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

मुख्यमन्त्री शाहले मन्त्रिपरिषद विस्तार गर्नुअघि कर्मचारी सरुवा

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
चैत्र ५, २०७९
58 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
मुख्यमन्त्री शाहले मन्त्रिपरिषद विस्तार गर्नुअघि कर्मचारी सरुवा
0 मिनेट पढ्ने
अपडेट: चैत्र ५, २०७९
Advertisement

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह मन्त्रिपरिषद विस्तार गर्नुअघि कर्मचारी सरुवामा सक्रिय देखिएका छन् । आफ्नै कार्यविधिलाई लत्याउँदै प्रदेश तहमा समायोजन भइ कार्यरत कर्मचारीहरुको सरुवामा मुख्यमन्त्री शाहले सक्रियता देखाएका हुन् । खासगरी सामाजिक विकास मन्त्रालय मातहतका निकाय तथा कार्यालयमा कार्यरत कर्मचारीहरुको सरुवा गरिएको छ । मन्त्रालय स्रोतका अनुसार सामाजिक विकास मन्त्रालयमा कार्यरत गगनदेव भटट्लाई सोही मन्त्रालय मातहतको सामाजिक विकास कार्यालय कैलालीमा सरुवा गरिएको छ ।

प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीका डाक्टर खगेन्द्र बमलाई बझाङ सरुवा गरिएको छ । कञ्चनपुरमा कार्यरत शिवराज सुनारलाई कैलाली ल्याइएको छ भने उनको ठाउँमा मन्त्रालयमा कार्यरत दयाकृष्ण पन्तलाई कञ्चनपुर सरुवा गरिएको छ । प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा कार्यरत गजेन्द्र कुश्वाहालाई कञ्चनपुर सरुवा गरिएको बताइएको छ । सामाजिक विकास कार्यालयमा कार्यरत कूलराज सोतीलाई पनि सरुवा गरिएको छ । तर आफूलाई कहाँ पठाइएको भन्नेबारे जानकारी समेत नपाएको सोतीले बताए । सोती हाल बिदामा छन् ।

प्रदेश सरकारले जारी गरेको प्रदेश निजामती कर्मचारी सरुवा तथा काज सम्बन्धी कार्यविधि, २०७७ (तेस्रो संशोधन)का दफा ४ अनुसारको कर्मचारी सरुवाको समय तालिका र अवधि निर्धारण गरिएको छ । जस अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रत्येक वर्षको साउन १ गतेदेखि साउन मसान्तसम्म र मन्त्रालयले प्रत्येक वर्षको भदौ १ गतेदेखि भदौ मसान्तसम्ममा कर्मचारी सरुवा गरिसक्नुपर्ने उल्लेख छ । तर कुनै कार्यालयमा रिक्त भएको पदमा तोकिएको समयतालिका बाहेकको समयमा सरुवा गर्नु परेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सहमति लिएर सरुवा गर्न सकिने व्यवस्था छ ।

सो व्यवस्थामा उल्लेख कर्मचारी सरुवाको समय तालिका र अवधिको धज्जी उडाउँदै बिना समय कर्मचारी सरुवा गरिएको हो । यतिबेला कर्मचारी सरुवा गरिनुमा नेतृत्वको नियत सफा नभएको एक कर्मचारीले दुखेसो सुनाए । उनले भने, ‘मेरो स्थानमा मभन्दा वरिष्ठ कर्मचारी आएको हकमा ठिकै हो । तर त्यसो पनि नभएको र बिना समयमा सरुवा गरिनुमा नियत सफा नभएको स्पष्ट देखिन्छ । जसले इमानदार कर्मचारीको मनोबल गिराउने काम भएको छ ।’ सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी भुवन जोशीले कर्मचारी सरुवा गरिएको पुष्टि गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सहमति र प्रदेश निजामती सेवा ऐन २०७९ अनुसारको माग र आवश्यकता अनुसार आवश्यक प्रक्रिया पु¥याएर सरुवा गरिएको दाबी गरे ।

हालसम्म सामाजिक विकास मन्त्रालयमा सचिव र मन्त्री समेत आइनसकेको र हाल बजेट निर्माणको तयारी चलिरहँदा कर्मचारी सरुवा गरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सत्ता साझेदार दलबीच मन्त्रिपरिषद विस्तार तथा मन्त्रालय बाँडफाँटको रस्साकस्सी चलिरहेको बेला सामाजिक विकास मन्त्रालयको जिम्मेवारी माओवादी केन्द्रले पाउने करिब–करिब पक्कापक्की जस्तै रहेको स्रोतको दाबी छ । मन्त्रालयको जिम्मेवारी तोकिनु पहिले, त्यो पनि बजेट निर्माणको बेला कार्यविधि विपरीत कर्मचारीहरुको सरुवा गर्ने कार्यले गलत सन्देश जाने कर्मचारीहरुको भनाइ छ ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6042 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2440 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

सरकारी विज्ञापनमा विभेदको विरोध गर्दै नेपाल पत्रकार महासङ्घको…
6 minutes पहिले
हेटौडा–१५, १६ र १७ मा ४०० केभी ढल्केवर–दुहबी…
24 minutes पहिले
महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
21 hours पहिले
“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री…
21 hours पहिले
“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन”…
21 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

सरकारी विज्ञापनमा विभेदको विरोध गर्दै नेपाल पत्रकार महासङ्घको देशव्यापी दबाब कार्यक्रम घोषणा

6 minutes पहिले 0 views

हेटौडा–१५, १६ र १७ मा ४०० केभी ढल्केवर–दुहबी प्रसारण लाइन विस्तार: स्थानीयमा त्रास, कानुनी संघर्षको तयारी

24 minutes पहिले 0 views

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली गर्न अन्तिम चेतावनी, अटेर गरे कानुनी कारबाही हुने

21 hours पहिले 97 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya