Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

डडेल्धुरामा मतदाता ओर्सान सरकारी गाडीको दुरुपयोग

Radio Bharosa
रिपोर्टर: Radio Bharosa
चैत्र ५, २०७९
48 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
डडेल्धुरामा मतदाता ओर्सान सरकारी गाडीको दुरुपयोग
0 मिनेट पढ्ने
अपडेट: चैत्र ५, २०७९
Advertisement

डडेल्धुरा बहुमुखी क्याम्पसमा भइरहेको स्ववियु निर्वाचनका क्रममा मतदाता ओर्सान सरकारी गाडीको दुरुपयोग भएको छ। आइतबार मतदाता ओर्सान अमरगढी नगरपालिकाको गाडी दुरुपयोग गरिएको हो। त्रिभुवन विश्वविद्यालयको आगिंक क्याम्पसका रूपमा रहेको डडेल्धुरा बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले मतदाता ओर्सान सरकारी सवारी साधनको दुरुपयोग गरिरहेको भन्दै चुनावी प्रतिस्पर्धामा रहेका विद्यार्थी संगठनहरूले आपत्ति जनाएका छन्। नगरप्रमुख र उपप्रमुखसहित नेपाली कांग्रेसको बहुमत रहेको अमरगढी नगरपालिकाको स्वामित्वमा रहेको से १ झ २३९ नम्बरप्लेटको बोलेरो जिप दुरुपयोग गर्दै मतदाता ओसारेको संयुक्त प्यानलबाट स्ववियु सभापतिका उम्मेदवार मदनबहादुर बोहराले बताए।

चुनावी प्रतिस्प्रर्धामा रहेका विद्यार्थी संगठनहरू अनेरास्ववियु र अखिल क्रान्तीकारीले पनि नेपाल विद्यार्थी संघले सत्ताको दुरुपयोगगर्दै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मतदाताहरु प्रभावित पार्न खोजेको भन्दै आपत्ति जनाएका छन्। जिल्ला प्रशासन कार्यालयले सो सम्बन्धमा विद्यार्थी नेताहरुबाट गुनासो आएकोले तत्काल अमरगढी नगरपालिकालाई सवारी साधनको दुरुपयोग रोक्न निर्देशन दिएको जनाएको छ। विषयमा अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीराज उपाध्यायले स्ववियु निर्वाचनका क्रममा नगरपालिकाका उपप्रमुख सवारी साधनमा चढेर क्याम्पस पुगेको र विद्यार्थीहरु बोक्ने काम नभएको जिकिर गरे। उनले उपप्रमुखले सवारीसाधन प्रयोग गरेको विषयलाई अन्यथा भन्न नमिल्ने बताए।

प्रत्येक्षदर्शी विद्यार्थीहरूले भने नेविसंघका उम्मेदवारहरुले अमरगढी नगरपालिकाको सवारी साधन दुरुपयोग गरेर मतदाता ओसार्ने काम भएको बताए। ‘एक पटक होइन, पटक–पटक नगरपालिकाको सवारीसाधनमा विद्यार्थीलाई बोकेर मतदानस्थलसम्म पुगाइएको छ,’ विद्यार्थी नेता करन साउँदले भने, ‘यसबाहेक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा स्ववियु निर्वाचन प्रभावित पार्न आचारसंहिताको धज्जी उडाउने काम भएको छ।’

डडेल्धुरामा जसरी पनि नेपाल विद्यार्थी संघलाई विजयी गराउनुपर्ने भन्दै क्याम्पस प्रशासनले पनि मतदाता प्रभावित पार्न खोजिरहेको भन्दै विद्यार्थी नेताहरुले आक्रोश व्यक्त गरेका छन्। स्ववियु निर्वाचन प्रभावित तुल्याउन निर्वाचनको मिति घोषणा भएपछि विद्यार्थी भर्ना गरिएको आरोप छ। नेविसंघबाट सभापतिमा दुर्गाप्रसाद भट्ट, सयुक्त प्यानलको तर्फबाट सभापतिमा नेपाल विद्यार्थी संघ (बिपि)का मदनबहादुर बोहरा र अखिलबाट गणेशबहादुर क्षेत्रीले प्यानलसहित उम्मेदवारी दर्ता गराएका थिए। निर्वाचन अधिकृत भुवनेश्वर पनेरुका अनुसार आज ४ बजेसम्म मतदान हुनेछ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

RA

Radio Bharosa

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6042 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2440 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

सरकारी विज्ञापनमा विभेदको विरोध गर्दै नेपाल पत्रकार महासङ्घको…
5 minutes पहिले
हेटौडा–१५, १६ र १७ मा ४०० केभी ढल्केवर–दुहबी…
23 minutes पहिले
महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
21 hours पहिले
“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री…
21 hours पहिले
“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन”…
21 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

सरकारी विज्ञापनमा विभेदको विरोध गर्दै नेपाल पत्रकार महासङ्घको देशव्यापी दबाब कार्यक्रम घोषणा

5 minutes पहिले 0 views

हेटौडा–१५, १६ र १७ मा ४०० केभी ढल्केवर–दुहबी प्रसारण लाइन विस्तार: स्थानीयमा त्रास, कानुनी संघर्षको तयारी

23 minutes पहिले 0 views

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली गर्न अन्तिम चेतावनी, अटेर गरे कानुनी कारबाही हुने

21 hours पहिले 97 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya