Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

महिलाको मृत्यु भएपछि शव मेडिकल पसल अगाडि राखेर स्थानीयहरुले गरे प्रदर्शन

Radio Bharosa
रिपोर्टर: Radio Bharosa
भदौ २६, २०८०
59 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
महिलाको मृत्यु भएपछि  शव मेडिकल पसल अगाडि राखेर स्थानीयहरुले  गरे प्रदर्शन
0 मिनेट पढ्ने
अपडेट: भदौ २६, २०८०
Advertisement

मोरङ । मोरङको लेटाङ तनावग्रस्त बनेको छ। एक जना महिलाको मृत्यु भएपछि उनको शव मेडिकल पसल अगाडि राखेर स्थानीयहरुले प्रदर्शन गरेका छन्।

लेटाङ नगरपालिका–४ की ३० वर्षीया विना भनिने विनिता तामाङको मृत्यु भएपछि आफन्त र स्थानीय विरोध प्रदर्शनमा उत्रेपछि लेटाङ बजार क्षेत्रमा तनाव बढेको हो।

मंगलबार दिउँसो २ बजेदेखि सोही ठाउँको जनप्रिय मेडिकल अगाडि शव राखेर परिवारका सदस्य र स्थानीय विरोधमा उत्रेपछि अवस्था असामान्य भएको मोरङ प्रहरीले जनाएको छ।

तामाङ बिरामी परेपछि उपचारका लागि भदौ २२ गते शुक्रबार लेटाङ–४ कै जनप्रिय मेडिकलमा पुगेकी थिइन्। मेडिकलमा सामान्य उपचारपछि औषधि लिएर पुनः तामाङ घर फर्किन्। तामाङ स्वास्थ्य अवस्था सुधार नआई झन् बिगिँदै गएपछि सोमबार दिउँसो ११ बजेतिर पुनः मेडिकलमा परिवारले लगेका थिए।

दिउँसो मेडिकल पुगेका उनीहरुलाई मेडिकलले उनको अवस्था खराब रहेको र थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजान भनेर रेफर गरिदियो। मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार मेडिकल सोमबार रेफर गरेपछि सोही दिन विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका लागि भर्ना भएकी थिइन्।

उपचारकै क्रममा मंगलबार बिहान ६ बजेतिर तामाङको मृत्यु भएको बताउँदै, डिएसपी दाहालले भने, ‘शुक्रबार जनप्रिय मेडिकलमा गएर औषधि लिएको र स्वास्थ्यमा सुधार नआएपछि पुनः सोमबार मेडिकल पुगेकी उनलाई थप सुविधा सम्पन्न अस्पताल रेफर गरेपछि विराटनगर ल्याइएको थियो। उनका परिवार र आफन्तले शव लगेर मेडिकल अगाडि राखेर प्रदर्शनमा उत्रेपछि लेटाङको अवस्था असामान्य बनेको हो।’

उनीहरुले मेडिकल सञ्चालकलाई कारबाही गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शन गर्दै आएका छन्। परिवारका सदस्य र आफन्तहरु प्रदर्शनमा उत्रेपछिको भीडले मेडिकल पसल तोडफोड गर्ने प्रयास गरेपछि सुरक्षा व्यवस्था कडाइ गरेको बताउँदै, डिएसपी दाहालले भने, ‘समयमै रोग पत्ता नलगाएको र उपचारका नाममा अल्झाएका कारण मृत्यु भएको हुँदा कडा कारबाही हुनुपर्ने माग राखेका छन्। पीडितका आफन्त, मेडिकल सञ्चालक, जनप्रतिनिधि, स्थानीय र प्रहरी बसेर वार्ता भइरहेको छ।’

स्थितिलाई नियन्त्रणमा लिन र अवस्था थप तनावग्रस्त हुन नदिन पथरी, बेलबारी र विराटनगरबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

RA

Radio Bharosa

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6044 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2440 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

संसद् बैठकमा मोबाइल प्रयोगमा कडाइ गर्ने प्रस्ताव, नियमावली…
3 minutes पहिले
टेक पाइला इनोभेसनमा चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टर नियुक्त,…
22 minutes पहिले
सरकारी विज्ञापनमा विभेदको विरोध गर्दै नेपाल पत्रकार महासङ्घको…
46 minutes पहिले
हेटौडा–१५, १६ र १७ मा ४०० केभी ढल्केवर–दुहबी…
1 hour पहिले
महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
22 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

संसद् बैठकमा मोबाइल प्रयोगमा कडाइ गर्ने प्रस्ताव, नियमावली संशोधनको तयारी

3 minutes पहिले 0 views

टेक पाइला इनोभेसनमा चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टर नियुक्त, डिजिटल भविष्यमा नयाँ ऊर्जा थपिने अपेक्षा

22 minutes पहिले 32 views

सरकारी विज्ञापनमा विभेदको विरोध गर्दै नेपाल पत्रकार महासङ्घको देशव्यापी दबाब कार्यक्रम घोषणा

46 minutes पहिले 24 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya