Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

शल्यक्रियासहितको उपचार सेवा अब रसुवामै

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
भदौ २७, २०८०
130 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
शल्यक्रियासहितको उपचार सेवा अब रसुवामै
0 मिनेट पढ्ने
अपडेट: भदौ २७, २०८०
Advertisement

रसुवा ।  बिरामी भई उपचारार्थ रसुवा अस्पताल पुग्ने बिरामीले अब स्थानीयस्तरमै उपचार पाउन थालेका छन्। जिल्ला अस्पताल धुञ्चेले बिरामीका लागि पहिलो चरणको रोग पत्ता लगाउन आकस्मिक कक्ष निर्माणका साथै रोगअनुसारका आवश्यक औषधि एवं दक्ष चिकित्सकको व्यवस्था गरेपछि बिरामीलाई अन्य अस्पताल सिफारिस गर्ने परिपाटी न्यून हुँदै गएको छ।

विगतमा स्रोत साधनको अभाव दर्शाउँदै बिरामीलाई काठमाडौँ लैजान सिफारिस गर्ने परिपाटी क्रमशः अन्त्य हुन थालेको छ। हाल यहाँ ओपिडीसमेतका संरचना तयार भएका छन्। जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमितकुमार शाहका अनुसार पछिल्लो समय ठूलै समस्या भएका बिरामीलाई मात्र उपचारका लागि काठमाडौँ पठाउने गरिएको छ। अधिकांश बिरामीलाई स्थानीयस्तरमै उपचार गरी घर फर्काउने गरिएको छ।

विगतमा अस्पतालमा दक्ष जनशक्तिको अभाव थियो। सघन उपचारकक्षको व्यवस्थापन हुन सकेको थिएन। जिल्ला अस्पतालमा विस्तारै सुधार हुँदै गएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए। प्रायः बिरामीलाई सिटामोल र सामान्य चक्की मात्र दिएर पठाउने अस्पतालले पछिल्लो समय शल्यक्रियाबाट प्रसूति सेवा प्रदान गर्दै आएको छ।

उपचार गराउन आउनेको सङ्ख्या बढ्दै गएको छ। गत आर्थिक वर्षको वैशाखदेखि चालु आवको भदौ २४ गतेसम्म बहिरङ्ग कक्षबाट दुई हजार आठ सय र अन्तरङ्ग कक्षबाट एक सय ४४ जनाले उपचार पाएका छन्। यसैगरी आकस्मिक सेवाअन्तर्गत पाँच महिनाको अवधिमा चार सय २० जनाको उपचार गरिएको डा. शाहले बताए।

उपचार गर्न आउने बिरामीमा दम, मधुमेह, उच्च रक्तचाप, बाथ, हाडजोर्नी, मानसिक समस्या, पेट दुख्नेजस्ता समस्या बढी रहेको पाइएको छ। जिल्ला अस्पतालबाट स्वास्थ्य बीमा गराउनेको सङ्ख्या भने ६१ जना मात्र रहेको छ। यसबारे जनचेतना जगाउने काम भइरहेको अस्पताल विकास समितिका अध्यक्ष दुर्गाप्रसाद आचार्यले बताए। रासस

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6044 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2440 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

संसद् बैठकमा मोबाइल प्रयोगमा कडाइ गर्ने प्रस्ताव, नियमावली…
6 minutes पहिले
टेक पाइला इनोभेसनमा चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टर नियुक्त,…
24 minutes पहिले
सरकारी विज्ञापनमा विभेदको विरोध गर्दै नेपाल पत्रकार महासङ्घको…
48 minutes पहिले
हेटौडा–१५, १६ र १७ मा ४०० केभी ढल्केवर–दुहबी…
1 hour पहिले
महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
22 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

संसद् बैठकमा मोबाइल प्रयोगमा कडाइ गर्ने प्रस्ताव, नियमावली संशोधनको तयारी

6 minutes पहिले 0 views

टेक पाइला इनोभेसनमा चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टर नियुक्त, डिजिटल भविष्यमा नयाँ ऊर्जा थपिने अपेक्षा

24 minutes पहिले 36 views

सरकारी विज्ञापनमा विभेदको विरोध गर्दै नेपाल पत्रकार महासङ्घको देशव्यापी दबाब कार्यक्रम घोषणा

48 minutes पहिले 24 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya