Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

मलद्वारमा लुकाएर सुन तस्करी गर्ने गिरोहमा मन्त्री तीर्थ लामा नै जोडिए, पोल खुलेपछि तरुण दलका नेता फरार

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
भदौ २९, २०८०
55 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
मलद्वारमा लुकाएर सुन तस्करी गर्ने गिरोहमा मन्त्री तीर्थ लामा नै जोडिए, पोल खुलेपछि तरुण दलका नेता फरार
1 मिनेट पढ्ने
अपडेट: भदौ २९, २०८०
Advertisement

 

काठमाडौं । त्रिभुवन विमानस्थलबाट भइरहेको सुन तस्करी सञ्जालको प्रारम्भिक अनुसन्धानमा बाग्मती प्रदेशका खानेपानी तथा सिंचाइमन्त्री तीर्थ लामाको संलग्नता खुल्ने आधार भेटिएका छन् ।

काठमाडौं प्रहरी परिसरको टोलीले विमानस्थल बाहिरबाट भदौ २५ गते बाबुलाल दोङसहितबाट बरामद गरेको मलद्वारमा लुकाइ ल्याएको सुन प्रकरणमा काभ्रे कांग्रेसका सभापतिसमेत रहेका तीर्थ लामाको कनेक्सन देखिएको हो ।

मन्त्री लामाको विशेष सहयोगी मानिने विकास लामाले विगतमा दुबई बसेकै बेलादेखि सुन तस्करीको काम गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनलाई कांग्रेसबाट समानुपातिक उम्मेदवार बनाउनसमेत जिल्ला सभापति तीर्थ लामाले सिफारिस गरेका थिए ।

पछिल्लो पटक बरामद भएको १ किलो सुन प्रकरणमा हालसम्म प्रहरीले काभ्रेको खानीखोला गाउँपालिका- ३ घर भई पनौती नगरपालिका- ५ बस्ने बालुलाल दोङ, रोशी गाउँपलिका- ३ घट्टेखोलाका जगत लामा र महाभारत गाउँपालिका- ३ सानो पोखराका मिङ्मा दोर्जे स्याङतानलाई पक्राउ गरेको छ ।

सोही गिरोहमा संलग्नता खुलेका तरुण दलका केन्द्रीय सदस्य विकास लामा भने प्रहरीले खोजेपछि फरार भएका छन् । कांग्रेस जिल्ला सभापति तथा प्रदेशमन्त्री तीर्थ लामाका निकट सहयोगी विकास कांग्रेसको बाग्मती प्रदेश प्रचार तथा प्रसार विभागमा समेत मनोनीत भएका थिए ।

यसअघि यही गिरोहले पटकपटक ठूलो मात्रामा सुन तस्करी गर्ने गरेको अनुसन्धानमा खुलेको छ । विकास विगतमा पनि आपराधिक काममा संलग्न रहेर जेल बसेपछि छुटेका व्यक्ति हुन् । पक्राउ परेकाहरुले सुन तस्करीमा विकास लामाको नाम पोलेपछि तीर्थको समेत संलग्नता खुल्ने भएकाले काभ्रे कांग्रेसमा खैलाबैला मच्चिएको छ ।

पक्राउ परेकामध्ये एकजना बाबुलाल दोङ माओवादी केन्द्रका सांसद सूर्यमान दोङ निकट रहेको बताइएको छ । अभियुक्तबाट बरामद भएको क्रेटा गाडीबाट मन्त्री तीर्थ लामाले काटेको चेकसमेत भेटिएपछि उनको भने संलग्नता देखिएको बताइएको छ ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा काभ्रेको महाभारत गाउँपालिका गोकुलेस्थित विकास योञ्जन (लामा)को व्यवसायिक साझेदारका रुपमा मन्त्री तीर्थ र भुम्लु गाउँपालिकाका उपाध्यक्ष जीतेन्द्रमान तामाङसमेत देखिएका छन् । जीतेन्द्र पनि नेपाली कांग्रेसका नेता हुन् ।

एक प्रहरी अधिकारीले भने, ‘विकास लामाको गिरोहले पटक पटक सुन तस्करी गरेको पाइयो । उनीहरुको सीधै कनेक्सन तीर्थ लामामार्फत भएको देखिन्छ । तीर्थ लामाले एयरपोर्ट सेटिङ गरेकोसमेत भन्नेछ । तर, विकासलाई पक्राउ नगरी तीर्थ लामाको थप संलग्नता पुष्टि गर्न सकिएको छैन । अहिले पक्राउ परेकाहरुबाट विकाससम्म पुगिएको छ ।’

विकाससँग तीर्थको राजनीतिक निकटतामात्र नभएर व्यवसायिक र करोडौंको आर्थिक कारोबारसमेत पुष्टि हुने आधारहरु भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको बाग्मती प्रदेश ०१ २७ च ९९६० नम्बरको क्रेटा गाडीबाट बरामद भएको चेक तीर्थ लामाको नाममा उनकै खाताबाट काटिएको छ ।

विकास र तीर्थको गिरोहले विगत दुई वर्षदेखि सुन तस्करी गरिरहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । लामाले तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको आडमा धन्दा चलाएका थिए ।

पक्राउ परेका बाबुलालले सुरुमा सुन आफ्नो रहेको बताए पनि विकास र तीर्थका लागि बोक्ने गरेको खुल्दैछ । यो गिरोहले मासिक १० किलोसम्म सुन विमानस्थलबाट सेटिङमै बाहिर निकाल्ने गरेको पाइएको छ ।

तीर्थ र विकास तथा पक्राउ परेका तीन जना भरियाको खातामा प्रारम्भिक अनुसन्धानबाट पनि वार्षिक ५० करोडभन्दा धेरै कारोवार हुने गरेको देखाएको छ ।

पक्राउ परेका बाबुलाल, जगत लामा र मिङमा दोर्जे स्याङतान भने विकास र तीर्थका भरियामात्र रहेको बुझिएको छ ।

दुबईबाट हिमालयन एयरलाइन्सको उडानमा आएका बाबुलालले मलद्वारमा लुकाएर ल्याएको सुन बरामद गरिएको थियो । यो गिरोहसँगै बरामद भएको गाडीसमेत तीर्थ लामाले प्रयोग गर्ने गरेको पाइएको छ ।

पटक–पटक अपहरण, लुटपाट र चोरीमा पक्राउ परी सजाय भोगेका विकासको अस्वाभाविक आर्थिक अवस्था रहेको कांग्रेस नेताहरु बताउँछन् । काभ्रे, मकवानपुर तथा विभिन्न जिल्लामा भएका अपराधमा उनी संलग्न रहेको र अपराधको रेकर्ड निकालेर हेर्ने काम भइरहेको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

निर्वाचनका समयमा विकासले तीर्थलाई एक करोड चुनावी खर्च उपलब्ध गराएको कांग्रेस नेताहरु बताउँछन् । तीर्थ काभ्रे १ को प्रदेशसभा (क) बाट एमालेका चन्द्र लामालाई ३ मतले हराएर प्रदेश सांसद भएका थिए ।

विकास बनेपा- ९ मा बसोबास गर्दै आएका थिए । तस्करीबाट ल्याएको सुन बनेपामा ल्याएर गाल्ने गरेका थिए । बनेपामा रहेको एउटा सुन गाल्ने पसलमा भारतीय मजदुरलाई त्यसको जिम्मेवारी दिएका थिए ।

साताको दुई केजी सुन दुबईबाट नेपाल ल्याइ नेपाल र भारतका विभिन्न स्थानमा पुर्‍याउने अभियानमा उनीहरुको समूह सक्रिय रहेको खुलेको छ । विमानस्थलमा राजनीतिक सेटिङ गराई दुबईबाट हरेक दिन नेपाल ल्याउने गरेको सुन बोक्ने भरिया हुन् पक्राउ परेका तीन जना बाबुलाल, जगत र मिङमा । उनीहरु तीनै जना विकासको घरमा बस्दै आएका छन् ।

विकासका भाइ निरज योञ्जन अर्का सहयोगी र योजनाकार हुन् । उनीहरुको समूहले सुनका अलावा आईफोन, हुण्डी कारोबारलगायतका अवैध कारोबार गरिरहेको छ । पछिल्लो समय तीर्थको राजनीतिक संरक्षणमा उनीहरुले तस्करीलगायत आपराधिक गतिविधि गरिरहेको काभ्रे प्रहरीको उच्च स्रोतले जनाएको छ ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6054 लेख
व्यू
आजको मिति
23
April 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2444 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1079 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 887 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 832 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 758 views

नयाँ समाचार

पर्शा राष्ट्रिय निकुञ्जलाई पर्यटन गन्तव्य बनाउने पहल, चार…
15 minutes पहिले
हर्क साम्पाङको फेसबुक आइडी पुनः सञ्चालनमा, ‘विरोधीहरूलाई धन्यवाद’
1 hour पहिले
अपाङ्गता भएका महिलाको सशक्तीकरणका लागि २० दिने झोला…
17 hours पहिले
राइड सेयरिङ चालकद्वारा अपशब्दसहितका भिडियो पोष्ट नगर्न प्रहरीको…
18 hours पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

पर्शा राष्ट्रिय निकुञ्जलाई पर्यटन गन्तव्य बनाउने पहल, चार स्थानीय तहबीच समन्वय बैठक सम्पन्न

15 minutes पहिले 2 views

हर्क साम्पाङको फेसबुक आइडी पुनः सञ्चालनमा, ‘विरोधीहरूलाई धन्यवाद’

1 hour पहिले 22 views

अपाङ्गता भएका महिलाको सशक्तीकरणका लागि २० दिने झोला तथा ब्याग बनाउने तालिम सम्पन्न

17 hours पहिले 44 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya