Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

सरकारी अस्पतालमा चिकित्सकको आन्दोलन, प्राइभेटमा बिरामीको भिड

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
भदौ ३१, २०८०
99 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
सरकारी अस्पतालमा चिकित्सकको आन्दोलन, प्राइभेटमा बिरामीको भिड
0 मिनेट पढ्ने
अपडेट: भदौ ३१, २०८०
Advertisement

चितवन । भरतपुर अस्पतालको ओपीडी टिकट काट्ने लाइन बिहान ७ नबज्दै भीड हुन्छ । चितवन र यसआसपासका १३ भन्दा बढी जिल्लाको रेफरल अस्पताल हो यो ।

आइतबार बिहान पनि ७ नबज्दैदेखि बिरामीहरु अस्पतालको ओपीडि टिकट काट्ने लाइनमा पुगिसकका थिए ।

८ बजेपछि मात्रै काउन्टर खुल्ने भएकोले उनीहरु केहीबेर लाइनमा उभिए । आठ बज्यो तर काउन्टर खुलेन । बरु त्यहाँका कर्मचारीले आज हड्ताल भनिदिए ।

फेसबुक नचलाउने भूमि श्रेष्ठलाई आजको हड्तालबारे थाहा थिएन । ७१ वर्षकी उनी मुटुको जाँच र ढाड दुखेको उपचार गर्न अस्पताल पुगेकी थिइन् ।

अस्पतालको टिकट काउन्टरमा भीडभाड कम देखिन् । यद्यपि लाइनमा पुगेकी उनी मान्छे कोही नदेखेपछि अलमलमा परिन् ।

‘फेसबुक हेरेर आको भए दुःख नहुने रैछ, उनले भनिन्, ‘बुढी मान्छे एक्लै अस्पताल आउन दुःख मात्रै भयो ।’

उनीमात्रै होइन भरतपुर अस्पताल उपचार गराउन आएर फर्किने बिरामी धेरै थिए ।

हेटौँडाकी एक बिरामीको उपचारको क्रममा ज्यान गएपछि डाक्टर कुटिएको घटनालाई लिएर आज देशभरका चिकित्सकले आकस्मिक बाहेकका बिरामीलाई उपचार नगरि स्वास्थ्य संस्था ठप्प बनाएका छन् ।

तर, यहि कारणले सरकारी अस्पतालमा जाने बिरामीले उपचार नपाएपनि निजी भने चलिरहेका छन् । भरतपुर अस्पतालमा उपचार नहुने भएपछि एक बिरामीलाई यहिँको नारायणी सामुदायिक आउन भनेका रहेछन् ।

नजिकै आएर उनले नारायणी सामुदायिक अस्पतालको बाटो सोधिन्, ‘नियमित चेकजाँचमा आएको यता बन्द रैछ, डाक्टर नारायणी सामुदायिक हुनुहुन्छ रे अब उतै जाने ।’

भरतपुर अस्पतालको ओपीडी जाँचमा दैनिक दुई हजार पाँच सय जानासम्म बिरामीले उपचार गराउने तथ्यांक छ । लगातारको सार्वजनिक बिदा भएकोले बीचको एक दिन पनि हड्ताल हुँदा आफूहरु कम खर्चमा उपचार गराउनबाट बञ्चित भएको गुनासो बिरामीहरुको छ ।

भरतपुर १६, बाट उपचारको लागि गएकी सर्मिला थापाले भनिन्, ‘बच्चा लिएर जँचाउन आएको ४ दिन कुर्नुपर्ने भयो । बरु, प्राइभेटमै उपचार गराए सजिलो होला !’

भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले सरकारी मान्यता प्राप्त चिकित्सक संघमार्फत डाक्टरहरूले नै उपचार नगर्ने भन्ने आधिकारिक जानकारी गराएकोले प्रशासनले टिकट नकाटेको बताए ।

उनले कुनै डाक्टरले सरकारीमा हड्ताल गरेर निजीमा बिरामी सिफारिस गरेको पाइएमा कारबाही गर्ने पनि जानकारी दिए ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6047 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2440 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

हेटौंडालाई ‘वास्तविक राजधानी’ बनाउनुपर्नेमा वडाध्यक्ष नवीन सिग्देलको जोड
2 minutes पहिले
मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय: धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति…
19 minutes पहिले
एक्सेस प्लानेटको आयोजनामा पुस्तक अध्ययन तालिम सुरु
29 minutes पहिले
संसद् बैठकमा मोबाइल प्रयोगमा कडाइ गर्ने प्रस्ताव, नियमावली…
2 hours पहिले
टेक पाइला इनोभेसनमा चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टर नियुक्त,…
2 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौंडालाई ‘वास्तविक राजधानी’ बनाउनुपर्नेमा वडाध्यक्ष नवीन सिग्देलको जोड

2 minutes पहिले 0 views

मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय: धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठनदेखि तीन विधेयक संसद्मा पेश गर्ने स्वीकृति

19 minutes पहिले 27 views

एक्सेस प्लानेटको आयोजनामा पुस्तक अध्ययन तालिम सुरु

29 minutes पहिले 46 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya