Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

पिपल क्याम्पसमा अनेरास्ववियु तथा नेपाल क्याम्पसमा अखिल क्रान्तिकारी विजयी

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
चैत्र ६, २०७९
50 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
पिपल क्याम्पसमा अनेरास्ववियु तथा नेपाल क्याम्पसमा अखिल क्रान्तिकारी विजयी
0 मिनेट पढ्ने
अपडेट: चैत्र ६, २०७९
Advertisement

त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा हिजो भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको नतिजा आउन थालेको छ । काठमाण्डौका ठूला क्याम्पसमध्ये केन्द्रीय क्याम्पस कीर्तिपुर, शंकरदेव, पद्मकन्या, पब्लिक युथ र थापाथली इञ्जिनियरिङ क्याम्पस नेविसङ्घ विजयी भएको छ । महेन्द्ररत्न क्याम्पस ताहाचल, पुल्चोक इञ्जिनियरिङ, महाराजगञ्ज मेडिकल कलेज, महाराजगञ्ज नर्सिङ क्याम्पस र पिपल क्याम्पसमा अनेरास्ववियु तथा नेपाल क्याम्पसमा अखिल क्रान्तिकारी विजयी भएका छन्।

नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका विष्णु ढुङ्गेल निर्वाचित हुनुभएको छ। नेविसङ्घबाट शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा सुशान्त बस्नेत, नेविसङ्घबाट पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा ज्योति पनेरु, केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापतिमा श्यामराज ओझा, थापाथली इञ्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा विक्रम शाही, पब्लिक युथ क्याम्पसको स्ववियु सभापतिमा नविन पाण्डे विजयी हुनुभएको छ ।

अनेरास्ववियुको तर्फबाट काठमाण्डौको महेन्द्ररत्न क्याम्प्स ताहाचलको स्ववियु सभापतिमा ईश्वर थापा, अनेरास्ववियुको तर्फबाट काठमाण्डौको पुल्चोक इञ्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा विराज अर्याल र पिपुल क्याम्पसको स्ववियु सभापतिमा रञ्जित भण्डारी विजयी हुनुभएको छ ।महाराजगञ्ज मेडिकल कलेज र महाराजगञ्ज नर्सिङ कलेजमा अनेरास्ववियुको पूरै प्यानल निर्वाचित भएको छ । मेडिकल कलेजको स्ववियु सभापतिमा आनन्दकुमार सिंह नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा नोविना बस्नेत विजयी भएकी हुनुभएको हो ।

काठमाण्डौबाहिर अनेरास्ववियुले मकवानपुरको हेटौँडा क्याम्पस र निर्मल बहुमुखी क्याम्पस, झापाको कन्काई बहुमुखी क्याम्पस, कैलालीको लम्की बहुमुखी क्याम्पस र चौमाला बहुमुखी क्याम्पस, सर्लाही क्याम्पसमा जित हासिल गरेको छ । यस्तै, कपिलवस्तुको बुद्ध भूमि क्याम्पस, फलारी बाबा बहुमुखी क्याम्पस र नेपाल आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी भएको हो । मोरङको लेटाङ बहुमुखी क्याम्पस, नर्सिङ क्याम्पस, रमाइलो क्याम्पस कानेपोखरी र स्नातकोत्तर क्याम्पस विराटनगरमा पनि अनेरास्ववियुले जितेको छ ।

यस्तै पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस धरान, कञ्चनपुरको कृष्ण बैजनाथ बहुमुखी क्याम्पस, कपिलवस्तु बहुमुखी क्याम्पस, तनहुँको जनज्योति क्याम्पस, गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसमा नेविसङ्घ विजयी भएको छ । रुपन्देहीका ६ वटामध्ये पाँच क्याम्पसको नतिजा सार्वजनिक भएको छ । पाँच वटामध्ये तीन वटामा नेविसङ्घ र दुई वटामा अनेरास्ववियु विजयी भएका छन् ।

सिरहाको सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसमा जनमत पार्टी निकट जनमत विद्यार्थी सङ्घको प्यानल नै विजयी भएको छ । पश्चिम नवलपरासीको रामग्राम ४ जितपुरमा रहेको पाल्ही बहुमुखी क्याम्पसमा पनि जनमत विद्यार्थी सङ्घको पूरै प्यानल विजयी भएको छ । दाङको नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पसमा अखिल संयुक्तका हेमन्त बञ्जाडेसहितको प्यानल विजयी भएको छ ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6044 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2440 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

संसद् बैठकमा मोबाइल प्रयोगमा कडाइ गर्ने प्रस्ताव, नियमावली…
59 minutes पहिले
टेक पाइला इनोभेसनमा चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टर नियुक्त,…
1 hour पहिले
सरकारी विज्ञापनमा विभेदको विरोध गर्दै नेपाल पत्रकार महासङ्घको…
2 hours पहिले
हेटौडा–१५, १६ र १७ मा ४०० केभी ढल्केवर–दुहबी…
2 hours पहिले
महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
22 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

संसद् बैठकमा मोबाइल प्रयोगमा कडाइ गर्ने प्रस्ताव, नियमावली संशोधनको तयारी

59 minutes पहिले 34 views

टेक पाइला इनोभेसनमा चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टर नियुक्त, डिजिटल भविष्यमा नयाँ ऊर्जा थपिने अपेक्षा

1 hour पहिले 38 views

सरकारी विज्ञापनमा विभेदको विरोध गर्दै नेपाल पत्रकार महासङ्घको देशव्यापी दबाब कार्यक्रम घोषणा

2 hours पहिले 27 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya