Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

संक्रमित एचआईभी महिला तथा अल्पसंख्यक समुदायको स्वास्थ्यप्रति सरकार उत्तरदायी हुनुपर्ने

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
अशोज ५, २०८०
171 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
संक्रमित एचआईभी महिला तथा अल्पसंख्यक समुदायको स्वास्थ्यप्रति सरकार उत्तरदायी हुनुपर्ने
0 मिनेट पढ्ने
अपडेट: अशोज ५, २०८०
Advertisement

हेटौंडा। संक्रमित एचआईभी महिला तथा अल्पसंख्यक समुदायको स्वास्थ्यप्रति सरकार उत्तरदायी हुनुपर्ने बताएको छ । निल हिरा समाजले हेटौंडामा शुक्रबार आयोजना गरिएको प्रदेशमा भएका स्वास्थ्य नीतिको वकालत गर्न बहुसरोकारवालासँग संवाद कार्यक्रममा यस्तो बताएको छ ।

संवाद कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अवधारणा र शब्दावलीसम्बन्धी अधिकारकर्मी परशुराम चौधरीले सहजीकरण गर्नुहुँदै यस्तो बताउनुभएको छ । पहिचानको लागि अहिले पनि हाम्रो समुदाय नङ्गिनु पर्ने अवस्था रहेको जानकारी दिनुभयो । जुन त्यो मानव अधिकारको हनन् र अपराध हो । सहजै नागरिकता पाउने अवस्था छैन । पेट दुखेर हस्पिटल जचाउँन गयो पठेघर छैन अर्को ठाउँमा जानु भन्नुहुन्छ । शौचालयमा गएकै कारण पिटाइ खानुपर्ने अवस्था छ । महिला र पुरुषको लागि भनेर शौचालय तोकिएको हुन्छ । जसले गर्दा शौचालय जाने वातावरण हुँदैन । भएको संरचनालाई यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको लागि पनि व्यवस्थापन गरी उक्त समुदायको स्वास्थ्यप्रति उत्तरदायी हुन आग्रह गर्नुभयो ।

नागरिकता र पहिचानसँगै समान प्रतिनीधित्व र मतदाता अधिकारसँग सम्बन्धित मुद्धाको विषय चुनौति छ । वैवाहिक समानता, समान रोजगारी, सामाजिक सुरक्षा योजना, लाल्छना र भेदभाव, शिक्षा, स्वास्थ्य, जनगणन, खोज तथा अनुसन्धान र कार्यान्वयनको अभावमा पनि चुनौति रहेको बताउनुभयो । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश हेटौंडाका अधिकृत कृष्ण मिश्रले मानव अधिकार के हो ? कसरी उत्पत्ति भयो ? र कानुनी प्रावधानबारे सहजीकरण गर्नुभयो ।

सर्वोच्च अदालतले समलिङ्गी विवाहलाई अस्थायी अभिलेख हुने गरी विवाह दर्ताको प्रमाणपत्र दिनु भनि आदेश दिएको छ । तर अदालतमा विवाह दर्ता गर्न जाँदा विवाह दर्ताको प्रमाणपत्र नगरिएको भन्दै आयोगमा उजुरी आएको छ । उक्त विषयमा आयोगले छलफल गरिएको र दस्तावेज समेत तयार गरिरहेको जानकारी दिनुभयो । मानव अधिकार राष्ट्रिय कार्ययोजनाबारे कतिपय स्थानीय तहलाई थाहा छैन । ७ सय ५३ वटा पालिकामध्ये करिव ७ सय पालिकामा अझै आयोगको समिति बनाएको छैन । जुन दुखदायी विषय भएको बताउनुभयो । जसले गर्दा कानुनी कार्यान्वयनमा फितलो बन्दै गएको बताउनुभयो ।

यसैगरी बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय महिला विकास अधिकृत चन्दा व्यञ्जनकारले २०७९/८० मा उक्त समुदायका लागि प्रदेश सरकारले राखिएका कार्यक्रम तथा बजेटबारे सहजीकरण गर्नुभयो । यस्तै बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका जनस्वाथ्य अधिकृत नवीन ढकालले २०७९/८० मा मन्त्रालयको नीति तथा कार्यक्रमबारे सहजीकरण गर्नुभयो । कार्यक्रमका प्रमुख आतिथि राष्ट्रिय स्वतन्त्र पार्टी तथा प्रतिनिधीसभा सदस्य विन्दावासीनी कंसाकारले यौनि तथा लैंगिक अल्पसंख्यक समुदायको पीडा एसिड पीडितको भन्दा बढी रहेको बताउनुभयो । उक्त समुदायका लागि आवाज उठाइरहेको जानकारी दिनुहुँदै भावी दिनमा पनि उठाउने प्रतिबद्धता जनाउनुभयो ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6047 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2440 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

हेटौंडालाई ‘वास्तविक राजधानी’ बनाउनुपर्नेमा वडाध्यक्ष नवीन सिग्देलको जोड
2 minutes पहिले
मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय: धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति…
18 minutes पहिले
एक्सेस प्लानेटको आयोजनामा पुस्तक अध्ययन तालिम सुरु
28 minutes पहिले
संसद् बैठकमा मोबाइल प्रयोगमा कडाइ गर्ने प्रस्ताव, नियमावली…
2 hours पहिले
टेक पाइला इनोभेसनमा चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टर नियुक्त,…
2 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौंडालाई ‘वास्तविक राजधानी’ बनाउनुपर्नेमा वडाध्यक्ष नवीन सिग्देलको जोड

2 minutes पहिले 0 views

मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय: धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठनदेखि तीन विधेयक संसद्मा पेश गर्ने स्वीकृति

18 minutes पहिले 27 views

एक्सेस प्लानेटको आयोजनामा पुस्तक अध्ययन तालिम सुरु

28 minutes पहिले 46 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya