Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

नेप्सेमा एकल अंकको गिरावट, कारोबार रकम डेढ अर्बमा झर्‍यो

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
अशोज ८, २०८०
53 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
नेप्सेमा एकल अंकको गिरावट, कारोबार रकम डेढ अर्बमा झर्‍यो
0 मिनेट पढ्ने
अपडेट: अशोज ८, २०८०
Advertisement

काठमाडौं । सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक ५.८९ अंकले घटेर २००४.४५ को विन्दुमा बन्द भएको हो ।

आइतबार २०१०.३५ को विन्दुमा बन्द भएको नेप्से सोमबार ०.२९ प्रतिशतले गिरावट भएको थियो । गत बिहीबार ४४.३४ अंकको उच्च वृद्धि भएको बजार परिसूचक नेप्से आइतबार १९.४२ अंकले गिरावट भएको थियो । सोमबार लगातार दोस्रो कारोबार दिन पनि गिरावट भएको हो ।

नेप्सेमा गिरावट भएपनि सोमबार हाइड्रोपावर र म्युचुअल फण्ड उपसूचक भने बढेका छन् । बजारलाई लिड गर्ने बैंकिङ सहित अधिकांश उपसूचकमा गिरावट हुँदा हाइड्रोपावर उपसूचक ०.९२ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.३८ प्रतिशतले वृद्धि भएको छ ।

लगानी उपसूचक सर्वाधिक ०.९५ प्रतिशतले गिरावट हुँदा जीवन बीमा उपसूचक ०.७३ प्रतिशत र बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि ०.३५ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गत बिहीबार ३ अर्ब नाघेको कारोबार रकम आइतबार पनि २ अर्ब माथि थियो । तर, सोमबार भने कारोबार रकम डेढ अर्बमा झरेको हो ।

सोमबार ७८ हजार ४२१ वटा कारोबारमा ६५ लाख १६ हजार ६ कित्ता सेयर कारोबार हुँदा १ अर्ब ५६ करोड ५६ लाखको कारोबार भएको हो । जसमध्ये सन् नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ७ करोड ६९ लाखको कारोबार हुँदा रिलायबल लाइफ इन्स्योरेन्सको ६ करोड ५९ लाख र एनआईसी एशिया बैंकको ४ करोड ६३ लाखको कारोबार भएको हो ।

सोमबार नेप्सेमा कुल २३१ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १२९ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ९२ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । १० कम्पनीको सेयरमूल्य स्थिर छ । सोमबार कारोबार भएकामध्ये माइखोला हाइड्रोपावर कम्पनकिो सेयरमूल्य १० प्रतिशतले वृद्धि हुँदा एशियन हाइड्रोपावरर मन्दाकीनी हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।

यस्तै इस्टन हाइड्रोपावर र हिमालयन लघुवित्तको सेयरमूल्य ९.९७ प्रतिशत र हिमालयन ऊर्जा विकास कम्पनीको सेयरमूल्य ९.९६ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लेभलमा बन्द भएको हो ।

यता शुभम् पावर कम्पनी र थ्री स्टार हाइड्रोपावरको सेयरमूल्यमा १९० प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट लेभलमा बन्द हुँदा नेप्सेमा सूचीकृत भएर सोमबार कारोबार सुरु भएको अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.९० प्रतिशतले गिरावट भएको हो ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6047 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2441 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

हेटौंडालाई ‘वास्तविक राजधानी’ बनाउनुपर्नेमा वडाध्यक्ष नवीन सिग्देलको जोड
5 hours पहिले
मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय: धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति…
5 hours पहिले
एक्सेस प्लानेटको आयोजनामा पुस्तक अध्ययन तालिम सुरु
5 hours पहिले
संसद् बैठकमा मोबाइल प्रयोगमा कडाइ गर्ने प्रस्ताव, नियमावली…
6 hours पहिले
टेक पाइला इनोभेसनमा चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टर नियुक्त,…
7 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौंडालाई ‘वास्तविक राजधानी’ बनाउनुपर्नेमा वडाध्यक्ष नवीन सिग्देलको जोड

5 hours पहिले 59 views

मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय: धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठनदेखि तीन विधेयक संसद्मा पेश गर्ने स्वीकृति

5 hours पहिले 37 views

एक्सेस प्लानेटको आयोजनामा पुस्तक अध्ययन तालिम सुरु

5 hours पहिले 57 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya