Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

मानसिक स्वास्थ्य सामाजिक समावेशीकरण सम्बन्धि प्रदेशस्तरीय छलफल

जमुना थिङ
रिपोर्टर: जमुना थिङ
अशोज १०, २०८०
121 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
मानसिक स्वास्थ्य सामाजिक समावेशीकरण सम्बन्धि प्रदेशस्तरीय छलफल
0 मिनेट पढ्ने
अपडेट: अशोज १०, २०८०
Advertisement

हेटौंडा । सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशको अयोजना तथा राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन(कोशिश) को सहयोगमा बुधबार मानसिक स्वास्थ्य वा मनोसामाजिक सम्बन्धि प्रदेशस्तरीय छलफल भएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय, हेटौंडा, मकवानपुर, माइती नेपाल मकवानपुर, मामाघर नेपाल मकवानपुर, मानवसेवा आश्रम, गैरसरकारी संस्था मकवानपुर, हिमराईट्स मकवानपुर, अपाङ्ग सरोकार केन्द्र मकवानपुर, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेश, पत्रकार र कोशिश लगायत सरोकारवाला निकायबीच छलफल भएको हो ।

छलफलमा माइती नेपाल मकवानपुरका अध्यक्ष माया लामाले ९४ प्रतिशतले स्वतन्त्र रुपमा हिँडडुल गर्न पाइँदैन भन्ने विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशले दिएको प्रस्तुतीकरणमा ध्यानाकर्षण भएको उहाँको भनाई छ । अर्काको बच्चा राख्नुपर्छ र कहीँ भागेमा त्यसको जिम्मेवारी पनि संघ संस्थाको नै हुन्छ । घरबाट भाग्नु र संस्थाबाट भाग्नुमा फरक हुन्छ । जब कि क्रिकेट खेलाडी सन्दीप लामिछानेकै विषयमा कस्तो अवहा फैलायो । संघ संस्थाले स्वतन्त्र रुपमा हिँडडुल गर्ने वातावरण सिर्जना गरेन भन्दै गर्दा न्यूनतम मापदण्डअनुसार कसरी स्वतन्त्र रुपमा हिँडडुल गर्न सकिन्छ भन्ने मापदण्ड सरकारले निर्माण गर्न आग्रह गर्नुभयो ।

यसैगरी राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशका व्यवस्थापक सीता मल्ल ठकुरीले अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र बनाउन नै कठिनाई रहेको जानकारी दिनुभयो । बाल हेल्पलाइन मकवानपुरका मनोसामाजिक परामर्शदाता सम्झना अधिकारी, अपाङ्ग सरोकार केन्द्र मकवानपुरका अध्यक्ष गणेश दवाडी, हिमराईट्स मकवानपुरका संयोजक कुमारी वाईबा लगायतले छलफलमा आआफ्ना धारणा राख्नुभएको थियो । परिवारको पुनस्र्थापनाका लागि सरकारले कोष स्थापनालाई सहज बनाउन सहभागीहरुले आग्रह गरेका छन । अनुगमन फितलो बन्दै गइरहेको अवस्थामा अनुगमनलाई निरन्तरता दिन समेत आग्रह गरेका छन ।

यस्तै बागमती प्रदेश सरकारको सडक मानवमुक्त अभियानको अवस्था र मनोसामाजिक समस्या÷अपाङ्गता रहेका व्यक्तिहरुलाई सामाजिक समावेशीकरण सम्बन्धी सरकारको नीति तथा कार्यक्रमबारेमा छलफल गरिएको छ । मानसिक स्वास्थ्य समस्या र मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक समावेशीकरणको लागि प्रदेश सरकारले गरेका प्रयास, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धि तथा बागमती प्रदेशमा उक्त महासन्धिको कार्यान्वयनको अवस्थाबारे छलफल गरिएको छ ।

मानसिक स्वास्थ्य समस्या र मनोसामाजिक समस्या÷अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक समावेशीकरण कार्यक्रमकोबारे कार्ययोजना बनाउने लगायतका विषयमा छलफल गरिएको छ । बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा अधिकृत चन्दा व्यञ्जनकारले हालसम्म बनेका ऐन, नीति, कार्यविधि, बागमती प्रदेशको नीति तथा कार्यक्रम २०८०/८१, गत आर्थिक वर्ष २०७६/२०७७ लैंगिक हिंसाबाट प्रभावितहरुको लागि संचालित सेवा केन्द्रहरुबारे सहजीकरण गर्नुभयो । जसमा ९ वटा सेवा केन्द्रहरुलाई अनुदान दिएको छ । यस्तै बालबालिका खोजतलास, उद्धार, परामर्श, पुनस्र्थापना र परिवारमा पुनएकिरण १०९८ कार्यक्रम अन्तर्गत बागमती प्रदेशले सिविन काठमाडौं र मकवानपुरलाई प्रत्येक वर्ष ६ लाख रुपैयाँ अनुदान दिने गरिएको जानकारी दिनुभयो । दियालो परिवार चितवनलाई पनि प्रत्येक वर्ष ३ लाख रुपैयाँ अनुदान दिने गरिएको बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरुको हकअधिकार संरक्षण तथा प्रवद्र्धनको लागि अपाङ्गता भएका व्यक्तिद्धारा संचालित संघसंस्थालाई प्रत्येक वर्ष ४० लाख रुपैयाँ अनुदान दिने गरिएको छ ।

आनन्द निकेतन आश्रम ललितपुरलाई २ करोड ८५ लाख रुपैयाँ, देविघाट ज्येष्ठ नागरिक प्रतिष्ठान निर्माण तथा मर्मतका लागि १० लाख रुपैयाँ लगायत ज्येष्ठ नागरिक लगायत संघसंस्थालाई बजेट विनियोजन गरिएको उहाँको भनाई छ । यसैगरी राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय, हेटौंडा, मकवानपुरका अधिकृत रेवा रेग्मीले मानसिक स्वास्थ्य र मनोसामाजिक अपाङ्गतामा रहेका व्यक्तिहरुको मानवअधिकारमा आयोग भन्ने विषयमा सहजीकरण गर्नुभयो । जसमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार संरक्षणमा आयोगको प्रयासहरु, मानव अधिकार भनेको के हो ?, मानवअधिकार संरक्षण सम्बन्धि मुख्य कार्यहरु, संरक्षण र प्रवर्धनमा राज्यको दायित्व, मानवअधिकारका सिद्धान्तबारे सहजीकरण गर्नुभयो । यस्तै अपाङ्गता भएको व्यक्तिहरुको अधिकारमा संवैधानिक प्रत्यभूति, कानुनी प्रत्यभूति, अपाङ्गता संरक्षणमा रहेका राष्ट्रिय कानुनहरु, अन्र्तराष्ट्रिय कानुन तथा नीतिहरुबारे सहजीकरण गर्नुभयो ।

यसैगरी सहजकर्ता तथा अनुसन्धानकर्ता लोकनाथ घिमिरेले न्युन प्रतिनिधित्व रहेका अपाङ्गता भएका व्यक्तिहरुको संस्थागतीकरण र मानव अधिकारको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन—२०८० बारे सहजीकरण गर्नुभयो । मकवानपुर, चितवन र काठमाडौं जिल्लामा संचालित पुनस्र्थापना केन्द्रहरुमा २०८० सालमा अनुगमन गरिएको जानकारी दिनुभयो । जसमा किन परिचय पत्र प्राप्त गरेन भन्ने विषयमा ४८ प्रतिशतले अपाङ्गता परिचय पत्रबारे नै जानकारी नभएको, १९ प्रतिशत पहुँचको अभाव, ७ प्रतिशत आवश्यक कामले परिचय पत्र बनाउन नपाएको र ५ प्रतिशतले थाहा छैन र एक प्रतिशतले अन्य कारणले बताएको जानकारी दिनुभयो । यस्तै ९४ प्रतिशत स्वतन्त्र हिँडडुल गर्नबाट बञ्चित रहेको र ६ प्रतिशतले मात्र स्वतन्त्त रुपमा हिँड्डुल गर्न पाएको छ । संस्थामा बस्दा ७८ प्रतिशतले अपहेलना भोग्नुपरेका छैन भने ३२ प्रतिशतले भोग्नु परिरहेको जानकारी दिनुभयो । सरकारबाट प्राप्त अधिकारको उपभोगबारे ९७ प्रतिशतलाई जानकार नै नभएको र ३ प्रतिशतलाई मात्र जानकार भएको उहाँले जानकारी दिनुभयो ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

जमुना थिङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6047 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2440 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

हेटौंडालाई ‘वास्तविक राजधानी’ बनाउनुपर्नेमा वडाध्यक्ष नवीन सिग्देलको जोड
2 hours पहिले
मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय: धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति…
2 hours पहिले
एक्सेस प्लानेटको आयोजनामा पुस्तक अध्ययन तालिम सुरु
2 hours पहिले
संसद् बैठकमा मोबाइल प्रयोगमा कडाइ गर्ने प्रस्ताव, नियमावली…
3 hours पहिले
टेक पाइला इनोभेसनमा चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टर नियुक्त,…
4 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौंडालाई ‘वास्तविक राजधानी’ बनाउनुपर्नेमा वडाध्यक्ष नवीन सिग्देलको जोड

2 hours पहिले 56 views

मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय: धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठनदेखि तीन विधेयक संसद्मा पेश गर्ने स्वीकृति

2 hours पहिले 35 views

एक्सेस प्लानेटको आयोजनामा पुस्तक अध्ययन तालिम सुरु

2 hours पहिले 53 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya