Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

रिक्त रहेका प्रतिनिधि सभाका ३ वटा क्षेत्रमा उपनिर्वाचन गर्दै

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
चैत्र ७, २०७९
55 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
रिक्त रहेका प्रतिनिधि सभाका ३ वटा क्षेत्रमा उपनिर्वाचन गर्दै
0 मिनेट पढ्ने
अपडेट: चैत्र ७, २०७९
Advertisement

निर्वाचन आयोगले यही वैशाख १० गते रिक्त रहेका प्रतिनिधि सभाका ३ वटा क्षेत्रमा उपनिर्वाचन गर्दैछ । यही चैत २० गते उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेको छ त्यसअघि चैत १६ गते सम्बन्धित निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यसूची रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता प्रकरणमा उनको सांसद पद गएपछि चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य रिक्त बनेको थियो । गत माघ २९ गते निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने निर्णय गरेको थियो ।

फागुन २५ गते राष्ट्रपतिको निर्वाचन र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचनपछि तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ पनि रिक्त बनेको छ । सो क्षेत्रमा पनि वैशाख १० गते नै निर्वाचन गर्ने निर्वाचन आयोगले निर्णय गरिसकेको छ । आयोगको सो निर्णयसँगै राजनीतिक दलहरूले बिस्तारै सक्रिय बन्न थालेका छन् । चितवन क्षेत्र नम्बर २ मा यसअघि पराजित भएकोले एमालेले चुनावका लागि सक्रियता बढाइरहेको छ । चितवन क्षेत्र नम्बर २ मा रहेका २८ वटा वडामा नै छलफल भेलाको काम सम्पन्न भएको र ती क्षेत्रमा पुन कार्यक्रम लिएर जाने एमालेले तयारी गरेको एमालेका पूर्व सांसद एवं कृष्णभक्त पोखरेलले बताए ।

उनले भने–‘नेकपा एमाले चितवनमा उम्मेदवारी दिन्छ, चुनाव लड्छ । यहाँ एमालेको जनआधार राम्रो छ । अघिल्लो पटक नयाँलाई दिने भन्ने एउटा परिस्थिति आयो तर वैकल्पिक शक्ति पनि त्यस्तै रहेछ, जता सत्ता त्यतै जाने रहेछ भनेर जनताले बुझेका छन् । सम्भावित उम्मेदवारको कुरा गर्दा मैले लगातार ३ पटक उम्मेदवारी दिएँ, २ पटक त चुनाव नै जितेँ । लगातार ३ पटक भन्दा कति पटक चुनाव लड्ने ? म उम्मेदवारको लागि मरिहत्ते गर्दिन । पार्टीले जे फैसला गर्छ त्यही मान्छु ।’उनले एमालेबाट चितवन क्षेत्र नम्बर २ मा हालका पार्टी अध्यक्ष रामप्रसाद न्यौपाने पनि उम्मेदवारको लागि सक्षम रहेको उनले बताए । यस्तै पूर्व मेयर गोपी श्रेष्ठ पनि सम्भावित उम्मेदवार रहेको बताउँदै पार्टीले जसलाई अघि बढाउने निर्णय गर्छ त्यसलाई पालना गरेर जाने पोखरेलले बताए ।

उनले चुनावको तयारी स्वरूप एमाले वडा–वडामा गइसकेको उनले बताए । प्रत्येक वडामा, टोल टोलमा चार पाँचवटा भेला सम्पन्न भइसकेको उनले बताए । एमालेले थालेको ग्रास रुट अभियान अन्तर्गत टोल टोलमा गएर कार्यक्रम गरिरहेको उनले बताए । अन्य पार्टीहरू जनस्तरसम्म नगएको बेला जनताका घर घरमा एमाले पुगिसकेको उनको भनाई छ । चितवन क्षेत्र नम्बर २ अन्तर्गत रहेका २८ वटा सबै वडामा पुगेर छलफल भेला कार्यक्रम गरिसकेको उनले बताए ।

यता चितवन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले नै उम्मेदवारी दिने भएको छ । केही दिनभित्रै काठमाडौँ आएर पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर उम्मेदवारबारे टुङ्गो लगाउने चितवन कांग्रेसको तयारी छ । यसअघिको निर्वाचनमा पराजित भएका उमेश श्रेष्ठले पुन टिकट नपाउने निश्चित जस्तै भएको छ । अव उम्मेदवार बनाउँदा जिल्ला स्तरीय नेताहरूलाई उम्मेदवार बनाउने योजना रहेको र २ जना उम्मेदवारको चर्चामा रहेका छन् । नौ–दश जनाले उम्मेदवार हुन इच्छा राखे पनि चितवन जिल्ला कांग्रेस सभापति राजेश्वर खनाल र निवर्तमान सभापति जीतनारण श्रेष्ठ उम्मेदवारका बढी सम्भावना रहेको चितवन कांग्रेसले जनाएको छ ।

२ जना बीचमा कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा पार्टी केन्द्रले निर्णय गर्ने जिल्ला सभापति खनालले रातोपाटीलाई बताए । उम्मेदवारको सम्भावित सूचीमा आफू १ नम्बरमा रहेको र दोस्रो नम्बरमा पूर्व सभापति श्रेष्ठ रहेको र केही दिनमा काठमाडौँ आएर पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेर उम्मेदवारी टुङ्गो लगाउने खनालको भनाई छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्टी सभापति रवि लामिछाने फेरी चुनावी मैदानमा उत्रिँदै छन् । महान्यायाधिवक्ताको कार्यालयले उनी विरुद्ध राहदानी कसुरमा मुद्दा चलाउने आधार नदेखिएको भन्दै सो बारेको मुद्दा नचलाउने निर्णय गरेपछि उनले चुनावको मुखमा राहत पाएका छन् ।

यता बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादीका पार्टी अध्यक्ष उपेन्द्र यादव चुनावमा उठ्ने तयारीमा छन् । यद्यपि पार्टीको बारा जिल्ला समितिले यसबारे निर्णय गरिनसकेको बारा जसपा नेता रमेश यादवले बताए । यस्तै बाराका कांग्रेस सभापति राजेशराय यादवले नेपाली कांग्रेसबाट कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा कुनै चर्चा नरहेको बताए । जबसम्म पार्टी केन्द्रले उम्मेदवारको सिफारिस माग्दैन तबसम्म यसबारे छलफल नहुने उनले बताए । पहिले नै यो यो व्यक्ति उम्मेदवारको आकाङ्क्षी रहेको बताउँदा पार्टीभित्र विवाद बढ्ने भएकोले अहिलेसम्म चुनावमा को उम्मेदवार हुने भन्ने विषयमा कुनै विषय अघि नबढेको तर बिस्तारै छलफल हुन सक्ने उनले बताए । लामिछाने पनि चुनाव केन्द्रित कार्यक्रम लिएर चितवन पुगिरहेका छन् ।

यता तनहुँ क्षेत्र नम्बर २ मा पनि सत्ता गठबन्धनको तर्फबाट कांग्रेसले नै उम्मेदवार उठाउने भएको छ । यो क्षेत्रमा उम्मेदवार बन्न ७ जना जतिले रुचि राखेको कांग्रेस तनहुँ जिल्ला सभापति जितप्रसाद आलेले बताए । उनले भने–‘पार्टीले हामीलाई सर्कुलर गरेको छैन, निर्णय गरेको छ रे भन्ने सुनेको छु तर हाम्रो पार्टीको प्रक्रिया छ । सुरुमा क्षेत्रीय समितिले सिफारिस गर्ने, त्यसपछि जिल्ला समितिले त्यसको राय सहित प्रदेश समितिमा पठाउने, प्रदेशले केन्द्रमा पठाउँछ । औपचारिक रूपमा यो प्रक्रिया सुरु भइसकेको छैन । केन्द्रले हामीलाई सर्कुलर गरेपछि हामी प्रक्रिया आरम्भ गर्छौँ ।’पार्टीले कसलाई उम्मेदवार बनाउन लागेको भन्नेबारेमा भने उनले केही खुलाउन चाहेनन् ।

तर उम्मेदवारका लागि ७ जनासम्मले रुचि देखाएको उनले बताए ।सभापति आलेले भने–‘पाँच सात जना साथीहरू चुनावमा उठ्न रुचि राख्नुभएको छ भन्ने कुरा आएको छ । उम्मेदवारी दिन इच्छुक साथीहरूलाई दरखास्त दिन हामी आह्वान गर्छौँ । दरखास्त दिएका साथीहरूबाट एक जनालाई छनौट गरेर सिफारिस गर्छौँ ।’ १६ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, चैत २० गते उम्मेदवारी दर्ता गर्ने लगायत वैशाख १० गते नै निर्वाचन गर्ने तदनुसार नै हाम्रो आन्तरिक तयारी भइरहेको छ ।’ निर्वाचन आयोगले तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ मा निर्वाचनमा भाग लिने दलहरूलाई दल दर्ताका लागि आह्वान समेत गरिसकेको छ ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6044 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2440 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

संसद् बैठकमा मोबाइल प्रयोगमा कडाइ गर्ने प्रस्ताव, नियमावली…
59 minutes पहिले
टेक पाइला इनोभेसनमा चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टर नियुक्त,…
1 hour पहिले
सरकारी विज्ञापनमा विभेदको विरोध गर्दै नेपाल पत्रकार महासङ्घको…
2 hours पहिले
हेटौडा–१५, १६ र १७ मा ४०० केभी ढल्केवर–दुहबी…
2 hours पहिले
महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
22 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

संसद् बैठकमा मोबाइल प्रयोगमा कडाइ गर्ने प्रस्ताव, नियमावली संशोधनको तयारी

59 minutes पहिले 34 views

टेक पाइला इनोभेसनमा चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टर नियुक्त, डिजिटल भविष्यमा नयाँ ऊर्जा थपिने अपेक्षा

1 hour पहिले 38 views

सरकारी विज्ञापनमा विभेदको विरोध गर्दै नेपाल पत्रकार महासङ्घको देशव्यापी दबाब कार्यक्रम घोषणा

2 hours पहिले 27 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya