Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

युनिभर्सल शिक्षण अस्पताल तीन सातादेखि अस्तव्यस्त

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
कार्तिक १३, २०८०
148 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
युनिभर्सल शिक्षण अस्पताल तीन सातादेखि अस्तव्यस्त
0 मिनेट पढ्ने
अपडेट: कार्तिक १३, २०८०
Advertisement

भैरहवा । प्रिन्सिपलको राजीनामासहित सातबुँदे माग राख्दै भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका विद्यार्थी तीन सातादेखि आन्दोलित छन् । प्रिन्सिपल प्राडा लक्ष्मी पाठकले राजीनामा दिनुपर्ने वा उनलाई अन्यत्र स्थानान्तरण नगरिएसम्म वार्तामा नबस्ने पनि आन्दोलनरत विद्यार्थीको अडान छ ।

आन्दोलनका कारण कलेजमा अध्ययनरत एमबीबीएस र बीडीएसका विभिन्न तह गरेर ७ सय विद्यार्थीको पढाइ ठप्प छ भने अस्पतालमा आकस्मिकबाहेकको उपचार सेवा पनि रोकिएको छ । अस्पतालमा एक सय इन्टर्नसिप र डेढ सय जना रेजिडेन्स चिकित्सक छन् । असोज २२ देखि विद्यार्थीले कलेजका सबै विभागमा तालाबन्दी गरेका छन् ।

आइतबार २३ औं दिन पनि उनीहरूले अस्पतालको ओपीडी कक्ष परिसरमा रिले अनशन जारी राखेका छन् । ‘पहिलो माग भनेकै कलेज प्रिन्सिपलको राजीनामा वा जिम्मेवारीबाट स्थानान्तरण गर्नु हो,’ अस्पतालका इन्टर्नसिप एक चिकित्सकले भने, ‘अन्य मागबारे वार्ताका लागि पनि पहिलो सर्त भनेकै प्रिन्सिपलको राजीनामा हो ।’ दसैंका लागि घर गएका विद्यार्थी तथा चिकित्सक पनि फर्केकाले आइतबारदेखि आन्दोलन थप सशक्त बनाइएको उनले बताए ।

‘आन्दोलनमा सहभागीको संख्या बढेकाले आन्दोलनको पक्षमा नाराबाजी र र्‍यालीजस्ता विरोध कार्यक्रम पनि समावेश गरेका छौं,’ उनले भने ।

आन्दोलनरत विद्यार्थी समूहले प्रिन्सिपल पाठकले अभिभावकत्व बहन गर्नुको सट्टा आफ्ना माग लिएर गएका विद्यार्थीलाई उल्टै अपमानजनक व्यवहार गर्दै आएकाले आन्दोलन गर्नुपरेको बताउँदै आएका छन् । असोज दोस्रो साता कलेज प्रशासनले ड्रेसकोड (पोसाक) लागू गर्न खोजेको विषयबाट विद्यार्थी र प्रिन्सिपलबीच उत्पन्न विवादले आन्दोलनको रूप लिएको हो । कलेजले आफूहरूसँग परामर्श नगरी ड्रेसकोड लागू गरेको भन्दै असोज १९ देखि विद्यार्थीले आन्दोलन सुरु गरेका थिए । आन्दोलनमा अस्पतालमा कार्यरत सबै इन्टर्नसिप र रेजिडेन्ट (आवासीय) चिकित्सक पनि सहभागी छन् ।

आन्दोलनरत इन्टर्नसिप चिकित्सक अशोक पाण्डेले विद्यार्थीले भोग्दै आएका विभिन्न माग सम्बोधनका लागि प्रिन्सिपलसमक्ष जाँदा कुनै सुनुवाइ नगरी उल्टै विद्यार्थीलाई अपमानजनक व्यवहार गरेको आरोप लगाए । आन्दोलनरत विद्यार्थीले कक्षा र प्रयोगात्मक अभ्यास नियमित नभएको, पुस्तकालय अपडेट नभएको, इन्टर्नसिपका चिकित्सकलाई त्रिभुवन विश्वविद्यालय अन्तर्गतका अन्य अस्पतालमा दिने गरिएको पारिश्रमिक समान नभएको, बढी समय ड्युटीमा लगाउने गरिएको, मौका परीक्षाबाट वञ्चित गराएको, मन नपरेका विद्यार्थीलाई प्राक्टिकलमा फेल गरिएको लगायतका आरोप लगाउँदै समाधानको माग गरेका छन् ।

केही दिनअघि प्रिन्सिपल पाठकले फेसबुकमा विद्यार्थीले आफूलाई साता दिनसम्म अफिसमै बन्धक बनाएको स्टाटस सार्वजनिक गरेकी थिइन् । विद्यार्थीले कार्यकक्षमै नियन्त्रणमा राखेका प्रिन्सिपल पाठकलाई प्रहरीले गत असोज २८ मा नियन्त्रणबाट बाहिर निकालेको थियो । आन्दोलनरत विद्यार्थीले भने आफ्नो माग पूरा गराउन दबाबस्वरूप पाठकको कार्यकक्षमा धर्ना दिएको तर उनको कुनै पनि अधिकार हनन हुने खालको क्रियाकलाप नगरिएको दाबी गरेका छन् ।

यो अवधिमा जिल्ला प्रशासन कार्यालय रूपन्देहीले कलेजको विवाद टुंग्याउन आन्दोलनरत र व्यवस्थापन पक्षबीच पटक–पटक वार्ता गरे पनि समाधान निस्केको छैन । दैनिक सरदर १ हजारभन्दा धेरै बिरामी उपचारका लागि आउने उक्त अस्पतालमा आन्दोलनका कारण उपचार सेवा प्रभावित हुँदै आएको छ । कलेजका सूचना अधिकारी सुशील गुरुङले ड्रेसकोडकै विषयबाट उत्पन्न विवाद सुल्झाउन कलेज प्रशासनले ड्रेसकोड लागू नगर्ने भनेपछि विद्यार्थीले नमानेको बताए । ‘कतिपय माग पूरा गर्न खोजे पनि विद्यार्थीले नमानेर आन्दोलन जारी राखेका छन्,’ गुरुङले भने, ‘प्रिन्सिपलकै राजीनामा चाहिने विद्यार्थीको अडानले कुरा नमिलेको हो ।’

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6047 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2441 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

हेटौंडालाई ‘वास्तविक राजधानी’ बनाउनुपर्नेमा वडाध्यक्ष नवीन सिग्देलको जोड
4 hours पहिले
मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय: धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति…
4 hours पहिले
एक्सेस प्लानेटको आयोजनामा पुस्तक अध्ययन तालिम सुरु
4 hours पहिले
संसद् बैठकमा मोबाइल प्रयोगमा कडाइ गर्ने प्रस्ताव, नियमावली…
5 hours पहिले
टेक पाइला इनोभेसनमा चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टर नियुक्त,…
6 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौंडालाई ‘वास्तविक राजधानी’ बनाउनुपर्नेमा वडाध्यक्ष नवीन सिग्देलको जोड

4 hours पहिले 56 views

मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय: धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठनदेखि तीन विधेयक संसद्मा पेश गर्ने स्वीकृति

4 hours पहिले 35 views

एक्सेस प्लानेटको आयोजनामा पुस्तक अध्ययन तालिम सुरु

4 hours पहिले 54 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya