Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

राजनीति स्वार्थ केन्द्रित विद्यार्थी संगठनमा हाबी

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
चैत्र ९, २०७९
58 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
राजनीति स्वार्थ केन्द्रित विद्यार्थी संगठनमा हाबी
0 मिनेट पढ्ने
अपडेट: चैत्र ९, २०७९
Advertisement

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका केही आंगिक क्याम्पसहरूमा चैत ५ गते स्ववियु निर्वाचन हुन सकेन । उपत्यकाका ७ वटा क्याम्पसमा चुनाव हुन नसकेको हो । त्यस्तै उपत्यकाका बाहिरका ९ वटा आंगिक क्याम्पसमा पनि चुनाव हुन सकेको छैन । तालाबन्दीका कारण ती क्याम्पसहरूमा निर्वाचन हुन नसकेको हो । निर्वाचन हुन नसकेका उपत्यकाका आंगिक क्याम्पसहरूमा आयुर्वेद क्याम्पस, त्रिचन्द्र क्याम्पस, पाटन संयुक्त क्याम्पस, अमृत साइन्स क्याम्पस, नेपाल कमर्स क्याम्पस मीनभवन, विश्व भाषा क्याम्पस र रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस रहेका छन् ।

त्यस्तै उपत्यका बाहिर डोटीको डोटी क्याम्पस, पोखराको पृथ्वीनारायण क्याम्पस, पोखरा क्याम्पस (वन), पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, नर्सिङ क्याम्पस, चितवनको वीरेन्द्र क्याम्पस, चितवन इन्जिनियरिङ क्याम्पस रामपुर, कृषि क्याम्पस रामपुर खैरानी र बागलुङको धवलागिरि क्याम्पसमा निर्वाचन हुन बाँकी रहेको छ । तीमध्ये पोखराको पोखरा बन क्याम्पसमा चैत १२ गते, कीर्तिपुरमा रहेको आयुर्वेद क्याम्पस र कृषि क्याम्पस चितवनमा चैत १७ गते र धवलागिरि बहुमुखी क्याम्पस बागलुङमा चैत १८ गते निर्वाचन हुनेछ ।

ती क्याम्पसहरूमा निर्वाचनको प्रक्रिया समेत अगाडि बढिसकेको छ । तीबाहेक पोखराको पृथ्वीनारायण क्याम्पस र नर्सिङ क्याम्पस क्याम्पसमा अदालतका कारण अनिश्चित बनेको छ । ती दुवै क्याम्पसहरूमा उच्च अदालतले तत्काल निर्वाचन प्रक्रिया स्थगित गर्न अन्तरिम आदेश जारी गरेको छ । यस अदालतको फैसला नहुँदासम्म निर्वाचन प्रक्रिया अगाडि बढ्ने सक्ने अवस्था छैन ।

ठाकुरराम बहुमुखी क्याम्पस, रामपुर कृषि क्याम्पस, धौलागिरि बहुमुखी क्याम्पस, डोटी बहुमुखी क्याम्पस, सिद्धनाथ विज्ञान क्याम्पस, पाटन संयुक्त क्याम्पस, विश्व भाषा क्याम्पस र पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा नेविसंघले ताला लगाएको छ । त्यस्तै वीरेन्द्र बहुमुखी क्याम्पस, चितवन इन्जिनियरिङ क्याम्पस र अमृत साइन्स क्याम्पसमा अखिल (क्रान्तिकारी) ले ताला लगाएको छ । त्यस्तै त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुले र आरआरमा अनेरास्ववियूले ताला लगाएको छ ।

नेपाल कमर्स क्याम्पस मीनभवनमा क्याम्पस प्रशासनको कारण निर्वाचन रोकिएको छ । क्याम्पस प्रशासनले निर्वाचन प्रक्रिया नै अगाडि बढाउन सकेको छैन । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले तीन वटा विद्यार्थी संगठनका अध्यक्षले सहमति गरियो भनेर एक विज्ञप्ति निकाल्ने विक्तिकै निर्वाचन हुने बताए । ‘नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्षहरूले एक विज्ञप्ति मात्र निकालिदिने हो भने भोलि नै निर्वाचन हुन्छ । अनेक माग राखेर तालाबन्दी गर्ने अनि निर्वाचन भएन भनेर हिँड्न पाइन्छ ?’ उनले प्रश्न गरे ।

उपत्यका बाहिरका क्याम्पसहरूमा त्यति धेरै समस्या देखिएको छैन । विद्यार्थी संगठनहरूले उपत्यकाभित्रका क्याम्पसलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । जसले गर्दा अनावश्यक मागहरू राखेर विद्यार्थी संगठनहरूले तालाबन्दी गरेका हुन् । उनीहरूको माग भनेको फर्जी विद्यार्थी भर्ना गरिएको, कुनै एक संगठनको पक्षपोषण हुने गरी निर्वाचन अधिकृतले काम गरेको जस्तो आरोप लगाउँदै त्यसमा कारबाही हुनुपर्ने भन्ने छ । तर, भित्री कुरा हेर्दा सम्बन्धित क्याम्पसमा आफ्नो जनधार कमजोर देखिएपछि उनीहरूले निर्वाचन नहोस् भन्नका लागि तालाबन्दी गरेको देखिन्छ । त्यो कलेजमा अर्को विद्यार्थी संगठनले जित्ने आधार देखिएपछि वा अर्को संगठनको राम्रो जनधार देखिएपछि कमजोर जनधार देखिएको संगठनले तालाबन्दी गरेको देखिन्छ ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6047 लेख
व्यू
आजको मिति
22
April 2026
Wednesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2441 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 886 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

हेटौंडालाई ‘वास्तविक राजधानी’ बनाउनुपर्नेमा वडाध्यक्ष नवीन सिग्देलको जोड
8 hours पहिले
मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय: धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति…
9 hours पहिले
एक्सेस प्लानेटको आयोजनामा पुस्तक अध्ययन तालिम सुरु
9 hours पहिले
संसद् बैठकमा मोबाइल प्रयोगमा कडाइ गर्ने प्रस्ताव, नियमावली…
10 hours पहिले
टेक पाइला इनोभेसनमा चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टर नियुक्त,…
10 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौंडालाई ‘वास्तविक राजधानी’ बनाउनुपर्नेमा वडाध्यक्ष नवीन सिग्देलको जोड

8 hours पहिले 75 views

मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय: धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठनदेखि तीन विधेयक संसद्मा पेश गर्ने स्वीकृति

9 hours पहिले 38 views

एक्सेस प्लानेटको आयोजनामा पुस्तक अध्ययन तालिम सुरु

9 hours पहिले 65 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya