Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

गण्डकी सरकारबाट बाहिरिन माओवादीलाई प्रचण्डको निर्देशन

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
चैत्र ९, २०७९
109 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
गण्डकी सरकारबाट बाहिरिन माओवादीलाई प्रचण्डको निर्देशन
1 मिनेट पढ्ने
अपडेट: चैत्र ९, २०७९
Advertisement

पोखरा – गण्डकमा केन्द्रको निर्णय पर्खिएर बसेको माओवादी संसदीय दललाई अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन् । प्रचण्डको निर्देशनपछि बिहीबार नै बैठक बसेर निर्णय गर्ने तयारी गरेको माओवादी संसदीय दलले सांसदहरु पोखरा बाहिर भएकाले शुक्रबार बैठक बोलाएको छ ।

एमाले लगायतका दलको समर्थनमा पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले राष्ट्रपति कांग्रेसलाई दिएर सत्ता समीकरण फेरेपछि सोमबार दोस्रो पटक विश्वासको मत लिएसँगै प्रदेश सरकारको पनि पुनर्गठनको कसरत भएको हो । चुनावकै बेला मुख्यमन्त्री बनाउने वचन दिएका नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्न केन्द्रमा शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् ।

माओवादी भने अहिले एमालेका खगराज अधिकारी नेतृत्वको सरकारमा २ मन्त्रीसहित सहभागी छ । अघिल्लो सरकारकै पालादेखि मुख्यमन्त्रीको दाबी गरिरहेका हरिबहादुर चुमानले यसपटक माओवादीले नेतृत्व पाउनुपर्ने बताउँदै नयाँ सरकार गठनको प्रक्रियाका निम्ति केन्द्रको निर्देशन कुरिरहेको बताएका थिए । चुमानले सरकारबारे टुंगो लगाउन केन्द्रको निर्देशन आएसँगै बैठक डाकिएको जानकारी दिए । ‘दलको बैठक बस्नुस् भनेर केन्द्रबाटा निर्देशन आएको छ,’ चुमानले भने, ‘साथीहरु बाहिर रहेछन्, धेरैजसो नत्र आजै बैठक बस्थ्यौं । त्यसैले शुक्रबारका लागि बैठक बोलाइएको छ ।’

शुक्रबार बस्ने बैठकले खगराज अधिकारी नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिँदै राजीनामा दिनेबारे छलफल गर्ने छ । ‘मुख्यमन्त्रीबारे केन्द्रले प्याकेजमै निर्णय गर्ला, त्योभन्दा अघि माओवादीले सरकारबाट समर्थन फिर्ता लिएर २ मन्त्रीले राजीनामा लिने कुरा छ,’ माओवादीका एक सांसदले भने, ‘अबको मुख्यमन्त्रीका प्रावधानबारे पनि केही दुविधा पनि छन् ।’कांग्रेस नेतृत्वमा सरकार बनाएर मुख्यमन्त्री बन्ने योजनामा रहेका सुरेन्द्रराजले पाण्डेले माओवादीले समर्थन फिर्ता लिएसँगै नयाँ सरकार गठनको प्रदेशमा पनि छलफल र तयारी अगाडि बढ्ने बताएका छन् ।

माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री खगराज अधिकारीले १ महिनाभित्र संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने हुन्छ । गोरखामा मंगलबार आफ्नै निर्वाचन क्षेत्रको सडक शिलान्यासको क्रममा प्रचण्डले सबै प्रदेशमा आलोपालो प्रणालीबाट सरकार बन्ने बताएका थिए । एमालेबाट खगराजलाई पूरै कार्यकालका लागि मुख्यमन्त्री दिइएको केन्द्रले बताउँदा पनि गण्डकीका चुमानले भने आलोपालो नै हुने बताउँदै आएका थिए । गोरखामा प्रचण्डले आलोपालो भनेपछि पछाडिभन्दा अघिल्लो पटक नै मुख्यमन्त्री हुन चुमान लालायित छन् । तर, पाण्डेले भने चुमानले दाबी गर्नु स्वभाविक रहे पनि गण्डकीमा पहिले कांग्रेस नेतृत्वमै सरकार बन्ने बताएका छन् ।

२७ सिटसहित गण्डकीमा कांग्रेस सबैभन्दा ठूलो दल छ । २२ सिटसहित एमाले दोस्रो, ८ सिटसहित माओवादी तेस्रो र त्यसपछि २ सिट जितेको राप्रपा छ । मनाङबाट सर्वसम्मत स्वतन्त्र सांसद बनेका राजीव गुरुङ (दीपक मनाङे) प्रवेश गरेपछि नेकपा एकीकृत समाजवादीको पनि गण्डकीमा प्रतिनिधित्व छ । ६० प्रदेश सभा सदस्य रहेको गण्डकीमा सरकार बनाउन कांग्रेस–माओवादीको सहज बहुमत पुग्छ ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6047 लेख
व्यू
आजको मिति
22
April 2026
Wednesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2441 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

हेटौंडालाई ‘वास्तविक राजधानी’ बनाउनुपर्नेमा वडाध्यक्ष नवीन सिग्देलको जोड
7 hours पहिले
मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय: धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति…
7 hours पहिले
एक्सेस प्लानेटको आयोजनामा पुस्तक अध्ययन तालिम सुरु
7 hours पहिले
संसद् बैठकमा मोबाइल प्रयोगमा कडाइ गर्ने प्रस्ताव, नियमावली…
8 hours पहिले
टेक पाइला इनोभेसनमा चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टर नियुक्त,…
9 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौंडालाई ‘वास्तविक राजधानी’ बनाउनुपर्नेमा वडाध्यक्ष नवीन सिग्देलको जोड

7 hours पहिले 60 views

मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय: धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठनदेखि तीन विधेयक संसद्मा पेश गर्ने स्वीकृति

7 hours पहिले 37 views

एक्सेस प्लानेटको आयोजनामा पुस्तक अध्ययन तालिम सुरु

7 hours पहिले 61 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya