Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

क्यानडाको भिसा लागेका चार सय बढी विद्यार्थी प्रिडिपार्चर कार्यक्रममा सहभागी

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
मंसिर १२, २०८०
153 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
क्यानडाको भिसा लागेका चार सय बढी विद्यार्थी प्रिडिपार्चर कार्यक्रममा सहभागी
0 मिनेट पढ्ने
अपडेट: मंसिर १२, २०८०
Advertisement

काठमाडाैं । पछिल्लो समय अध्ययनका लागि क्यानडा जाने विद्यार्थीको संख्या बढेको छ । यही मेसोमा राजधानीको नयाँ बानेश्वरमा रहेको गोरेटो कन्सल्टेसीले क्यानडा उड्न ठिक्क परेका बिद्यार्थीहरुको आत्मविश्वास बढाउन र भिसा लागिसकेका बिद्यार्थीर्थीको सहजीकरणका लागि सहयोगी भूमिका खेलेको छ । गोरेटोले करिब ४ सय बढी भिसा लागिसकेका बिद्यार्थीहरुका लागि  एक भव्य कार्यक्रमको आयोजना नै गरेर  प्रिडिपार्चर शिर्षकमा नै कार्यक्रम गरेर क्यानडा जानु अघिको तयारी र गइसकेपछि कसरी त्यहाँको नयाँ वातावरणमा कसरी घुलमिल हुने भन्ने लगायतका विषयमा आफ्ना अनुभवी काउन्सलर र क्यानडाबाट नै आएका बिज्ञहरुले सजिलो तरिका सिकाएका थिए ।

सो अवसरमा बोल्दै गोरेटोका प्रमुख परामर्शदाता धिरज कँडेलले क्यानाडामा अध्ययन गर्न जाने विद्यार्थीहरूले जानुपूर्व नेपालमा गर्नुपर्ने तयारी तथा क्यानडा गएपछि प्राप्त हुने विभिन्न अवसरहरू र सामना गर्नुपर्ने चुनैतीको बारेमा जानकारी गराएका थिए । गोरेटोका सिइओ समेत रहेका कँडेलले क्यानडा जानुपूर्व नेपालमा गर्नुपर्ने तयारी, विषयगत विश्वविद्यालय तथा कलेजको छनौट, आवेदन प्रक्रिया, लागत र समयसँगै क्यानाडाको भूगोल, हावापानी, रहनसहन साथै क्यानडा  गएपछि सामना गर्नुपर्ने विभिन्न चुनौती तथा अवसरहरूको बारेमा जानकारी दिए । कँडेलले क्यानडा पुगिसकेपछि कलेज तथा विश्विद्यालयको पढाईको अवस्था, जागिरको अवसर र प्रकार लगायतका विषयमा पनि निकै चनाखो भएर लाग्नुपर्ने बताए । विद्यार्थीहरूले क्यानडा गएपछि सुरुवाती दिनहरूमा कामभन्दा पनि अध्ययनलाई बढी प्राथमिकतामा राख्न सुझाव दिँदै पढाइपछि  विद्यार्थीहरूले भविष्यमा आफ्नो करियरमा धेरै अवसरहरू प्राप्त गर्ने हुँदा आर्थिक उपार्जन पनि स्वतः राम्रो हुने बताए ।

सो अवसरमा अर्का परामर्शदाता सतिश भट्टले भोलीका दिनमा के के गर्ने रु कसरी अगाडी बढ्ने जस्ता समस्याको निधानका विषयमा प्रस्ट्याएका थिए । कार्यक्रममा राम खड्काले ओर्क परमिट पाउने तरिकाका विषयमा प्रस्ट्याएका थिए । क्यानडामा काम नै गरेर देखाउनु पर्ने भएकाले अध्ययनको शिलशिलामा आँफुले राम्रो काम पाउन र छिटो प्रगती गर्नका लागि टिम ओर्क गर्न खड्काले सुझाव दिए ।

त्यस्तै गोरेटोका अर्का परामर्शदाता प्रकाश रेग्मीले क्यानडा पुगेपछि त्यहाँको संघर्षलाई सहज बनाउने उपायहरुमा ध्यान दिएर लाग्न बिदार्थीहरुलाई आग्रह गरे । रेग्मीले आँफुले डेनमार्कमा गरेको संघर्षको बेलीविस्तार लगाउँदै भुलेर पनि ८० घण्टा भन्दा बढी काम गरेको खण्डमा भोली पिआर लिन अप्ठ्यारो हुने भएकाले पिआर नपाउन्जेली काम भन्दा पनि पढाईलाई विशेष ध्यान दिन अघि बढ्नु पर्ने बताए ।  सो अवसरमा क्यानडाका विभिन्न कलेजका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6040 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2439 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 884 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 827 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 755 views

नयाँ समाचार

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
16 hours पहिले
“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री…
16 hours पहिले
“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन”…
16 hours पहिले
दलित महिला सशक्तिकरण विधेयकमा जोड: हेटौंडाकी मेयर मिना…
18 hours पहिले
गृहमन्त्री माथि उठेका आरोपमा निष्पक्ष छानबिनको माग: जेन…
24 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली गर्न अन्तिम चेतावनी, अटेर गरे कानुनी कारबाही हुने

16 hours पहिले 90 views

“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री सुधन गुरुङ

16 hours पहिले 46 views

“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन” – गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरण

16 hours पहिले 39 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya