Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

घृणा फैलाउनेलाई अब कारबाही गर्नुपर्छः भारतीय सर्वोच्च अदालत

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
मंसिर १४, २०८०
98 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
घृणा फैलाउनेलाई अब कारबाही गर्नुपर्छः भारतीय सर्वोच्च अदालत
0 मिनेट पढ्ने
अपडेट: मंसिर १४, २०८०
Advertisement

नयाँदिल्ली। भारतको सर्वोच्च अदालतले जुनसुकै किसिमका घृणा फैलाउने भाषण दिनेलाई कारबाही गर्नु पर्ने जनाएको छ ।

अदालतको यो टिप्पणी घृणायुक्त भाषणको मुद्दामा मानिसहरू र समूहहरूले दायर गरेको निवेदनको सुनुवाई गर्दा आएको हो। अदालतले फेब्रुअरीमा घृणायुक्त भाषण रोक्न संयन्त्र स्थापना गर्न धेरै याचिकाहरू सुनुवाइ गर्न सहमत भएको छ।

न्यायमूर्ति सञ्जीव खन्नाको नेतृत्वमा रहेको इजलासले भने, ‘हामी देशभर घृणायुक्त भाषणको समस्यालाई निगरानी गर्न सक्दैनौं, भारतजस्तो ठूलो देशमा समस्या अवश्य होलान् तर त्यसलाई सम्बोधन गर्ने प्रशासनिक प्रणाली हामीसँग छ कि छैन भन्ने प्रश्न सोध्नु पर्छ ।’

सुनुवाइको इजलासमा न्यायाधीश एसभीएन भट्टी पनि थिए । अर्को वर्ष फेब्रुअरीमा मुद्दाको सुनुवाईको लागि पीठले भन्यो, ‘कोही कानून उल्लङ्घन भएमा कारबाही हुन्छ भन्ने समाजलाई थाहा हुनुपर्छ, हामीले राष्ट्रव्यापी आधारमा यो कारबाही गर्न सक्दैनौं, अन्यथा आवेदनहरू हरेक दिन आइ रहनेछन् ।’

२०१८ मा तेहसीन पूनावाला केसमा सर्वोच्च अदालतले राज्यहरू र केन्द्र शासित प्रदेशहरूलाई निर्देशन दिएको थियो र उनीहरूलाई घृणित अपराधहरू रोक्न र अपराध दर्ता गर्न जिम्मेवार नोडल अधिकारी नियुक्त गर्न निर्देशन दिएको थियो।

अप्रिलको सुरुमा देशको धर्मनिरपेक्ष चरित्रको संरक्षणको महत्त्वमा जोड दिँदै अदालतले सबै राज्य र केन्द्र शासित प्रदेशका प्रहरी प्रमुखहरूलाई कुनै पनि धर्मका मानिसहरूले घृणा गर्ने भाषणहरू विरुद्ध स्वोमोटो मुद्दा दर्ता गर्न निर्देशन दिएको थियो। निर्देशन पालना नगरे अवहेलना कारबाही गर्ने चेतावनीसमेत  दिइएको छ ।

सर्वोच्च अदालतले यो पनि भन्यो कि यो उल्लङ्घनको व्यक्तिगत मामलाहरुलाई सम्बोधन गर्दैन। अदालतले स्पष्ट गर्‍यो कि यसको उद्देश्य घृणायुक्त भाषणका मुद्दाहरू सम्बोधन गर्न पूर्वाधार वा संयन्त्र सिर्जना गर्ने हो। अदालतले व्यक्तिगत मुद्दाको फैसला क्षेत्राधिकार भएको अदालतले गर्नुपर्ने बताएको छ ।

न्यायमूर्ति सञ्जीव खन्ना र न्यायमूर्ति बेला एम त्रिवेदीको इजलासले घृणायुक्त भाषणको मुद्दामा १७ वटा याचिकाको सुनुवाइ गरिरहेको थियो।

न्यायमूर्ति खन्नाले भने कि सर्वोच्च अदालतले व्यक्तिगत उल्लङ्घनका मुद्दाहरू सम्बोधन गर्न अव्यावहारिक हुनेछ । यसका लागि अधिवक्ता विष्णु शंकर जैनले सनातन धर्म विरुद्धको टिप्पणीको लागि तमिलनाडुका मन्त्री उदयनिधि स्टालिन विरुद्ध दायर गरिएको अवहेलना याचिकालाई सन्दर्भ जोडेर भनेका हुन । जसका सम्बन्धमा न्यायमूर्ति खन्नाले व्यक्तिगत मुद्दालाई विचार गर्न सकिँदैन भन्ने आफ्नो अडान दोहोर्याए ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6061 लेख
व्यू
आजको मिति
26
April 2026
Sunday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2449 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1084 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 893 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 838 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 763 views

नयाँ समाचार

बागमती प्रदेशमा हाजिरी विवरण ३ दिनभित्र बुझाउन कडाइ,…
2 days पहिले
एक्काइस दृष्टिविहीन बने मुद्रित पुस्तक पढ्न सक्षम
2 days पहिले
सार्वजनिक खरिद प्रणाली ह्याक प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डे…
2 days पहिले
खोला किनारका बस्ती सुरक्षित स्थानान्तरण गरिने: प्रधानमन्त्री बालेन्द्र…
2 days पहिले
हेटौँडामा जनजाति संग्रहालय सञ्चालनको तयारी अन्तिम चरणमा, असार…
3 days पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

बागमती प्रदेशमा हाजिरी विवरण ३ दिनभित्र बुझाउन कडाइ, विद्युतीय प्रणाली अनिवार्य

2 days पहिले 49 views

एक्काइस दृष्टिविहीन बने मुद्रित पुस्तक पढ्न सक्षम

2 days पहिले 110 views

सार्वजनिक खरिद प्रणाली ह्याक प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

2 days पहिले 46 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya