Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

खोला किनारका बस्ती सुरक्षित स्थानान्तरण गरिने: प्रधानमन्त्री बालेन्द्र शाह

रेडियो भरोसा अनलाईन
रिपोर्टर: रेडियो भरोसा अनलाईन
बैशाख ११, २०८३
35 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
खोला किनारका बस्ती सुरक्षित स्थानान्तरण गरिने: प्रधानमन्त्री बालेन्द्र शाह
0 मिनेट पढ्ने
अपडेट: बैशाख ११, २०८३
Advertisement

काठमाडौँ, बैशाख ११ गते । खोला किनारमा जोखिमपूर्ण अवस्थामा बसोबास गर्दै आएका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी सरकारले अघि बढाएको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत यस विषयमा धारणा सार्वजनिक गर्दै वर्षौँदेखि दोहोरिँदै आएको बाढीजन्य जोखिमलाई अब अन्त्य गर्नुपर्ने बताएका हुन्।

उनले हरेक वर्ष बाढीका कारण काठमाडौँका नदी किनारमा बसोबास गर्ने हजारौँ नागरिकले ज्यान जोगाउन मात्र सफल हुँदै सम्पूर्ण सम्पत्ति छाडेर भाग्नुपर्ने अवस्था रहेको उल्लेख गरेका छन्। यस्तो अवस्था दोहोरिन नदिन अब सुरक्षित बसोबासको व्यवस्था अनिवार्य भएको उनले बताएका छन्।

प्रधानमन्त्री शाहले नागरिकको जीवनसँग खेलबाड गर्दै जोखिमपूर्ण स्थानमा बस्न बाध्य पार्ने अवस्थालाई निरन्तरता दिन नसकिने स्पष्ट पारे। “जोखिमरहित र व्यवस्थित बसोबास नागरिकको आधारभूत अधिकार हो,” उनले भनेका छन्।

उनका अनुसार नदी तथा खोला किनारमा अव्यवस्थित बस्तीका कारण ढल निकास प्रणालीमा समेत अवरोध पुगेको छ, जसले उपत्यकाका नदीहरू प्रदूषित र दुर्गन्धित बन्दै गएका छन्। यस्तो समस्याको समाधानका लागि स्थानान्तरण आवश्यक रहेको उनले जोड दिएका छन्।

थापाथली, गैरीगाउँ, मनोहरा क्षेत्रलगायत काठमाडौँ उपत्यकाका विभिन्न खोला किनारमा रहेका बस्तीहरूलाई मानवीय ढंगले, बल प्रयोग नगरी सुरक्षित स्थानमा सार्ने योजना अघि बढाइएको उनले बताएका छन्।

यसै सन्दर्भमा उनले आफ्नो राजनीतिक प्रतिबद्धता पनि दोहोर्‍याएका छन्। चुनावी वाचा, पार्टीको घोषणापत्र तथा सरकारका ‘१०० काम’ भित्र समेटिएको सुकुम्बासी व्यवस्थापन र सरकारी जग्गा अतिक्रमण रोक्ने योजनाअनुसार काम भइरहेको उनले उल्लेख गरे।

सरकारले वास्तविक सुकुम्बासी र अतिक्रमणकारीलाई छुट्याएर देशभरका वास्तविक पीडित परिवारलाई प्रक्रिया पूरा गरी यथाशीघ्र जग्गा वितरण गर्ने तयारी गरिरहेको पनि उनले बताएका छन्।

“वर्षौँ पुरानो समस्याको स्थायी समाधान यही सरकारले गर्नेछ,” भन्दै उनले नागरिकलाई ढुक्क रहन आग्रह गरेका छन्।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाईन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6058 लेख
व्यू
आजको मिति
24
April 2026
Friday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2445 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1081 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 889 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 834 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 760 views

नयाँ समाचार

खोला किनारका बस्ती सुरक्षित स्थानान्तरण गरिने: प्रधानमन्त्री बालेन्द्र…
2 hours पहिले
हेटौँडामा जनजाति संग्रहालय सञ्चालनको तयारी अन्तिम चरणमा, असार…
21 hours पहिले
राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार…
21 hours पहिले
धितोपत्र कसुरमा शेखर गोल्छा पक्राउ, सीआईबीद्वारा अनुसन्धान जारी
22 hours पहिले
पर्शा राष्ट्रिय निकुञ्जलाई पर्यटन गन्तव्य बनाउने पहल, चार…
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौँडामा जनजाति संग्रहालय सञ्चालनको तयारी अन्तिम चरणमा, असार अन्त्यसम्म खुल्ने

21 hours पहिले 42 views

राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया सुरु गर्‍यो

21 hours पहिले 30 views

धितोपत्र कसुरमा शेखर गोल्छा पक्राउ, सीआईबीद्वारा अनुसन्धान जारी

22 hours पहिले 30 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya